काठमाडौं। कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज विश्वासको मत लिनेहुने भएको छ । सत्तारुढ गठबन्धनवाट बिद्रोही गरी नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री भएका कार्कीले आज बिश्वासको मत लिन लाग्नुभएको हो ।
गठबन्धन भन्दा बाहिर रहेको एमालेको समर्थनमा संविधानको धारा १६८ को उपधारा (५) बमोजिम उहाँ मुख्यमन्त्री नियुक्त हुनुभएको थियो। उनै नवनियुक्त मुख्यमन्त्री कार्कीले आज संविधानको धारा १६८ को उपधारा (४) बमोजिम विश्वासको मत लिन लाग्नुभएको हो। जसका लागि आज अपरान्ह प्रदेश सभामा बैठक आब्हान गरिएको छ ।
मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था रहेको भए पनि कार्कीले भने नियुक्त भएको एक हप्ता नबित्दै मुख्यमन्त्री पदका लागि बिश्वासको मत लिन लाग्नुभएको हो । कार्की असोज २७ गते मात्रै मुख्यमन्त्री पदमा नियुक्त हुनुभएको थियो।
उहाँलाई एमाले, उनको पार्टी नेपाली कांग्रेससहित नेकपा माओवादी केन्द्रले पनि विश्वासको मत दिने जनाएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच