काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) र इन्टरनेसनल सेन्टर फर हाइड्रोपावर (आइसिएच) को आयोजनमा दुईदिने दिगो वित्तीय उपकरण व्यवस्थापनसम्बन्धी तालिम सम्पन्न भएको छ । असोज २९ र ३० गते आयोजित उक्त कार्यक्रममा नवीकरणीय ऊर्जामा काम गरिरहेका २८ जना प्रशिक्षार्थीको सहभागिता थियो ।
सो अवसरमा इप्पान अध्यक्ष गणेश कार्कीले ऊर्जा उद्यमीको क्षमता वृद्धिका लागि आइसिएच र आइएफसीसँगको सहकार्यमा आयोजना गरिएको दिगो वित्तीय उपकरणसम्बन्धी तालिमले नवीकरणीय ऊर्जाको क्षेत्रमा वित्त व्यवस्थापनमा ठूलो सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो । आइसिएचकी प्रबन्ध निर्देशक लिने अम्लुन्ड हेगनले नवीकरणीय ऊर्जाको दिगो वित्त व्यवस्थापनका लागि तालिम आयोजना गरिएको बताउनुभयो ।
यसैबीच इप्पान र आइसिएचकै सहकार्यमा नवीकरणीय ऊर्जा परियोजनामा सामाजिक-पर्यावरण द्वन्द्व व्यवस्थापनसम्बन्धी पाँचदिने तालिम पनि सम्पन्न भएको छ । चन्द्रागिरि हिल्स रिसोर्टमा आयोजित तालिममा स्थानीय र पर्यावरणसम्बन्धी द्वन्द्व व्यवस्थापनबारेमा आइसिएचतर्फबाट दर्जनौँ कार्यपत्र प्रस्तुत भएका थिए ।
तालिममा नेपालको ऊर्जा क्षेत्रमा सक्रिय १५ जना र फिलिपिन्सका तीन ऊर्जा उद्यमीको सहभागिता थियो । सहभागीलाई इप्पानकी सचिव कविता पोखरेलले प्रमाणपत्र प्रदान गर्नुभएको थियो । इप्पान र आइसिएचबीच विगत डेढ दशकदेखि नवीकरणीय ऊर्जा क्षेत्रका विविध विषयमा सहकार्य हुँदै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच