मेरो नाम दिपेश हो । म हाल कक्षा सातमा पढ्छु । म शहरको एउटा निजी विद्यालयमा पढ्छु । मलाई धेरै पीर परेको छ । विवेकी र बुद्धिमान मानिसले हामीजस्ता साना मान्छेका पीरमर्का सुन्छन् होला भन्ने लागेको थियो । सरहरूलाई भनेँ, दाइहरूलाईभनेँ, ड्याडी ममीलाई भनँे तर मेरो समस्यालाई बहाना मानेर उल्टो मैले गाली खाएँ । यो लोकमामेरो व्यथा सुन्ने र बुझ्ने प्रयासकसैले नगरेपछि आज म बाध्य भएर तपाइँ भगवान्को शरणमा परेको छु । मलाई तपाईंप्रति भरोसा छ । मलाई विश्वास छ कि मेरो कथाव्यथा सुनेर तपाईंले अवश्य न्याय गर्नुहुनेछ । अब म लामो कुरा नगरी मेरो कथा सुरु गर्छु ।
आजभन्दा आठ वर्षअगाडि म यसै विद्यालयको नर्सरी कक्षामा भर्ना भएको थिएँ । मेरो ड्याडीममीले हजुरबुबा र हजुरआमासँग छुट्टिएर मलाई लिएर शहरमा आउनुभएको थियो । सहरमा बस्ने ठाउँ र मेरो स्कुलको व्यवस्था गरेर केही समयमा बाबा पैसा कमाउन विदेश जानुभयो । मैले जीवनमा पहिलो दिन स्कुलको अनुभव गरेँ । पहिलो दिन म स्कुलमा गएपछि ममी फर्किनुभयो । मलाई घर नै जान मन थियो तर मलाई त्यहाँबाट निक्लन दिइँदैनथ्यो । केही बेर त म घर जान्छु भनेर रोएँ तर केही उपाय नभएपछि म स्कुलमै बस्न बाध्य भएँ ।
मैले पढ्ने कोठाको भुँइमा हरियो रङको कार्पेट बिछ्याइएको थियो । एउटा कुनामा सुत्नका लागि भनेर ससानो खाट पनि राखिएको थियो । भित्तामा एक-दुईवटा के के चित्र भएका पोस्टरहरू पनि टाँसिएका थिए । मलाई पढाउने एकजना रञ्जिता भन्ने मेडम हुनुहुँदो रहेछ । म घर र ममी सम्झँदै रोएको देखेर मेडम रिसाउनुभएको थियो । त्यसदिन ममी छिटो आउनुभयो र म खुशी हुँदै स्कुलबाट भागेँ । भोलिपल्ट पनि स्कुल जाने मेरो मन थिएन, तर ममीले जसरी पनि लैजानुहुन्छ भन्ने थियो । एकछिन अनेक वाहना गरे पनि आखिर स्कुल जानै प¥यो । एवं रीतले दिनहरू बित्दै गए ।
म गणितमा अलिकति कमजोर छु । गणित पढाउने ध्रुव सरले सूत्र घोक्न नसके कुखुरा बनाएर सबै साथीको अगाडि एउटा पिरियडभरि राखिदिनुहुन्छ । रञ्जिता मेडमकाझैँ लठ्ठीले नपिटे पनि ध्रुव सरले कहिले कान नजिकैका कपालका रौं छालै आउला जस्तो गरी उखेल्नुहुन्छ ।
मलाई स्कुलमा कहिलेकाँही ममीको दुध खान पनि मन लाग्थ्यो । तर ममी मसँग हुनुहुन्थेन । घरमा ममीले दिएको लिटो खानुको स्वाद बेग्लै हुन्थ्यो तर स्कुलमा दिने लिटो भने मीठो हुन्थेन । मीठो भएन भनौं भने पनि मेडमले गाली गर्नुहुन्छ कि भन्ने डर हुन्थ्यो । मलाई कोठाभित्रमात्र थुनिएर बस्नुपर्दा असाध्यै गाह्रो महसुस हुन थालेको थियो । म कोठाबाट निस्केर बाहिरी सुन्दर संसारमा विचरण गर्न चाहन्थँे तर प्रत्येक दिन चार घण्टा मैले त्यो कोठामा निरस लाग्दो तरिकाले बिताउनु पथ्र्याे । एकदिन मैले पाइन्टमै पिसाब फेरिदिएछु, त्यसपछि मेडमले मलाई सानो छडीले हानेको मलाई अहिले पनि सम्झना छ ।
मेडमको छडीले मेरो दिमागमा त्यतिबेला करेन्ट लागेजस्तो के के सननन्न भएको थियो । त्यसपछि मेडमसँग मलाई अझै डर लाग्न थाल्यो । म भोलिपल्टबाट स्कुल जान्न भनेर ममीसँग झगडा गरेँ, लुक्ने प्रयास गरेँ, तर ममीले मेडमले तेरो लागि पिट्नुभएको हो भनेर उल्टै मलाई गाली गरेपछि मलाई स्कुल नगई सुखै भएन । एवम् रितले मैले मेरो अध्ययनलाई आजका दिनसम्म कक्षा सातसम्म तन्काउन सफल भएको छु ।
अहिले म अलि बुझ्ने भएको छु । रञ्जना मेडम अहिले पनि यही स्कुलमा हुनुहुन्छ । उहाँलाई देख्दा मलाई अहिले पनि त्यही नर्सरी कक्षाको लठ्ठीको याद आउँछ । अहिले म ठूलो भए पनि र रञ्जना मेडमले नपढाए पनि मेरो पिटाइ खाने क्रम भने रोकिएको छैन । म गणितमा अलिकति कमजोर छु । मलाई गणित राम्रो आउँदैन । गणित पढाउने ध्रुव सरले सूत्र घोक्न नसके कुखुरा बनाएर सबै साथीको अगाडि एउटा पिरियडभरि राखिदिनुहुन्छ । रञ्जिता मेडमकाझैँ लठ्ठीले नपिटे पनि ध्रुव सरले कहिले कान नजिकैका कपालका रौँ छालै आउला जस्तो गरी उखेल्नुहुन्छ ।
कन्सिरीका रौँ तान्दा मलाई यति दुख्छ, त्यो म यहाँ अहिले शब्दमा वर्णन गर्न पनि सक्दिन । पिटाइ त अरू सरहरूको पनि खाइन्छ तर ध्रुव सरको यातना दिने स्टाइलले म थरथर काप्ँछु । म सरलाई देख्ने बित्तिकै डराउँछु, अनि नजानेको कुरा सोध्न त कहाँ सक्नु र । त्यसैले म गणितमा झनै कमजोर भइरहेको छु । हे परमात्मा ! म तपाईँलाई मेरो आजभोलिको दिनचर्या पनि बताउँछु, क्रिपया, एकै छिन ध्यान दिएर सुनिदिनुहोला । म बिहान ६ बजे उठेर गणित पढाउने अर्काे एक जना सरसँग उहाँकै घरमा ट्युशन पढ्न जान्छु । म दुई घण्टा त्यहाँ ट्युशन पढ्छु ।
त्यसपछि म हतारहतार गरी घर फर्किन्छु । अनि राति अबेरसम्म पनि नसकेर बाँकी रहेको ‘होमवर्क’ गर्छु । ‘होमवर्क’ गर्दागर्दै स्कुल जाने बेला भइहाल्छ । हतारमै खाना खाएर लगभग २० किलोभन्दा बढी गह्रुङ्गो झोला बोकेर स्कुल जान्छु । स्कुलमा पसेपछि स्कुलको नियमानुसार चार बजेसम्म कतै जान पाइँदैन । ‘हाफ टाइम’ मा एकैछिन खाजा खाने ‘ब्रेक’ बाहेक लगभग सबैजसो समय म स्कुलको कोठाभित्रै निस्सासिएर बस्नुपर्छ ।
चर बजेपछि पनि कहाँ सुख छ र । चार बजेबाट ६ बजेसम्म फेरि ‘साइन्स’ को ट्युशन पढ्नुपर्छ । बाबाले ‘फुर्सद भयो भने छोरो बिग्रन्छ’ भनेर सरलाई फोन गरेर मलाई ट्युशन राखिदिनुभएको हो रे । ६ बजे ट्युशन सकिएपछि त्यही बिस किलोको झोला पिठ्युमा भिरेर भारी दिमाग र गह्रुगो मन लिएर म घर फर्किन्छु । घर गएपछि खाजा खाएर फेरि ‘होमवर्क’ मा जुटिहाल्नुपर्छ नत्र भोलि फेरि ‘कुखुरा’ बन्नुपर्छ ।
आजभोलि कहिलेकाहीँ स्कुल, सरहरू, पढाइ, होमवर्क, यातना सबै सम्झँदा साँच्चै विरक्त लागेर आउँछ । मेरो जिन्दगीमा खुशी कहिल्यै आएन जस्तो लाग्छ । आजभोलि त कतै केही कुरामा पनि चाख लाग्न छाडिसक्यो । आकाशमा उडिरहेको त्यो उन्मुक्त पक्षीलाई देखेर रुन मन लाग्छ ।
मैले पढ्नुपर्ने विषय जम्माजम्मी नौवटा छन्, नौवटाकै होमवर्क हुन्छ, । सम्झनुहोस् त, नौवटा विषयको ‘होमवर्क’ गर्न कति समय लाग्ला । ममीले स्कुलमा गएर सरहरूसँग सबै विषयको बढीबढी होमवर्क दिनुहोला भन्नुभएको रहेछ । त्यसपछि त मेरो दिमागले काम गर्न छाड्ला जस्तो भएको छ । साँच्चै म खाजा खाने बित्तिकै ‘होमवर्क’ गर्न बसेको मान्छे एकछिन खाना खाने बाहेक राति १२ बजेसम्म ‘होमवर्क’ गर्नुपर्छ । ‘होमवर्क’ छोडौँ भने फेरि स्कुलको पिटाइ र कन्सिरीका रौं तान्ने ध्रुव सरको मुखाकृति स्मृतिमा आइहाल्छ । कहिलेकाहीँ त होमवर्क गर्दा राति एक पनि बज्छ । फेरि बिहान ६ बजे ट्युशनमा कुदिहाल्नु पर्ने बाध्यता त छँदैछ । हे परमात्मा ! यसरी नै मेरो दैनिकी बितिरहेको छ ।
कहिलेकाँही त लाग्छ, स्कुल नै छाडेर कतै हिँडौँ । मेरो घरभन्दा अलिकति दायाँपट्टि एउटा खेल मैदान छ, जहाँ म जस्ता थुप्रै साथीहरूले विभिन्न खेलहरू खेलेर रमाइलो गरिरहेका हुन्छन् । म झ्यालबाट उनीहरूलाई हेरेर टोलाइरहन्छु । उनीहरू खेलेको, रमाइलो गरेको देख्दा मेरो मन अमिलो हुन्छ । मुटुमा भक्कानो पर्छ । लाग्छ, ईश्वरले मेरो भाग्यमा रमाइलो भन्ने चिज दिनुभएकै रहेनछ । कहिलेकाहीँ यो पढाइ भन्ने कुरा कसले बनाइदिएको होला, किन पढ्नुपरेको होला जस्तो लाग्छ । यतिमात्र कहाँ हो र फेरि शनिबार बिदाको दिनमा पनि म घर बस्न पाउँदिन । प्रत्येक शनिबार स्कुलको ‘टेस्ट’ हुन्छ ।
शनिबार परीक्षाका लागि स्कुलमै पढेर बस्नुपर्छ । फेरि ९/९ वटा विषयका छुट्टाछुट्टै ‘नोट’ बनाउनुपर्छ । गएको दशैँ-तिहारका बीचमा हाम्रो स्कुल छुट्टी थियो । तपाईंले सोच्नुभयो होला यत्रो छुट्टी भएपछि त आनन्द भयो होला । कहाँ त्यसो हुनु र ? सरहरूले ‘फेष्टिभल भ्याकेसन होमवर्क’ भनेर फेरि सबै विषयको नोट तयार गर्ने, परीक्षाका प्रश्नपत्रहरूको उत्तर गरेर आउनेलगायत दशैँमा र तिहारमा टीका लगाउने दिन बाहेक अरू दिन ब्यस्त हुने तरिकाले ‘होमवर्क’ ‘प्रोजेक्ट वर्क’ को भारी नै बोकाइदिनु भएको थियो । अरूलाई चाड आयो होला तर साँच्चै मलाई चाड आएन । मलाई ‘होमवर्क’ को तनावले चाडको रमाइलो पनि महसुसै भएन । न कतै घुम्न जान पाएँ, न त खेल्न नै ।
आजभोलि कहिलेकाहीँ स्कुल, सरहरू, पढाइ, होमवर्क, यातना सबै सम्झँदा साँच्चै विरक्त लागेर आउँछ । मेरो जिन्दगीमा खुशी कहिल्यै आएनजस्तो लाग्छ । आजभोलि त कतै केही कुरामा पनि चाख लाग्न छाडिसक्यो । आकाशमा उडिरहेको त्यो उन्मुक्त पक्षीलाई देखेर रुन मन लाग्छ । मैले अघिल्लो जन्ममा पाप गरेको भएर नै यस्तो सजाय भोग्नु परेको होला भनेर चित्त बुझाउँछु । अनि कक्षा पाँचको सामाजिक विषयमा देखेको भारी बोकेको गधाको चित्रको याद आउँछ । अनि भन्न मन लाग्छ, तँलाई नि दुःख छ, यत्रो भारी बोकेर दिनभरी भोकभोकै हिँड्नुपर्छ । तैलेँ त बरू निश्चित ठाउँमा भारी पुर्याएपछि आराम गर्न पाउँछस् नि ।
राति सुत्दा त तँलाई कुनै जिम्मेवारी छैन नि । तँलाई त ‘होमवर्क’ सक्ने पीर पनि छैन । हुन त तँ पनि दुःखी नै होस्, तैपनि मेरो दुःखको अगाडि तेरो दुःख केही दुःख होइन । तैँले त बाटोमा हिँड्दा कम्तीमा विभिन्न प्राकृतिक मनोरम दृश्य हेर्न त पाएको छस् नि । भारी बोके पनि प्रकृतिमा रम्न पाउनु तेरो भाग्य भयो, प्रकृतिसँग खेल्न नपाउनु मेरो दुर्भाग्य भयो । यद्यपि तँ पनि अभागी नै होस् । तैँले गल्ती गरिस् भने साहुले कोर्राले त तँलाई पनि हान्छ ।
यातना भोग्ने सवालमा तँ र मँमा धेरै नै समानता छ । मलाई सरले पिट्नुहुन्छ, तँलाई साहुले पिट्छ, फरक त्यति हो । त्यसैले अन्तिममा भन्न मन लाग्छ, हे ईश्वर ! मलाई अर्काे जन्ममा मान्छे नबनाइदिनोस्, मलाई अब फेरि जन्मने रहर छैन । यदि मान्छे नै बनाउनु छ भने पनि स्कुल नभएको र पढ्न नपर्ने संसारमा मात्र जन्माइदिनुहोस् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच