जबलियामा इजरायाली आक्रामणवाट अहिलेसम्म झन्डै २ सयको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

गाजा । जबलियामा इजरायली बम विष्फोटमा परी अहिलेसम्म झण्डै २०० जनाको मृत्यु भएको छ भने सयभन्दा बढी बेपत्ता भएका छन् । गाजाको सरकारी मिडिया कार्यालयले प्रकाशित गरेको पछिल्लो रिपोर्ट अनुसार २४ घण्टाभन्दा कम अवधिमा जबलिया शरणार्थी शिविरमा पहिलो र दोस्रो इजरायली बम विष्फोटका पीडितको संख्या १ हजार नाघेको छ।

अलजजिराका अनुसार सो आक्रामणमा परी हालसम्म १ सय ९५ जना मारिएका पुष्टि भएका छ भने १२० जना अझै बेपत्ता रहेका छन् । कम्तिमा पनि ७७७ जना घाइते हुन पुगेका छन । संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले जबलियामा मङ्गलबार र बुधबार भएको इजरायली हमलाहरूलाई ‘भयानक’ भनेका छन् ।

उता, मानव अधिकारका लागि संयुक्त राष्ट्र उच्चायुक्तले ‘असमान आक्रमणहरू युद्ध अपराध’ हुन सक्ने बताएको छ । इजरायलले भने हमासका एक कमाण्डरलाई निशाना बनाएर आक्रमण गरेको बताएको छ । न्युज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?