काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले पश्चिम नेपालमा गएको भूकम्प प्रभावितको उद्धार र राहतका लागि राहत व्यवस्थापन कोषबाट ५/५ करोड तत्काल पठाउने निर्णय भएको बताउनुभएको छ ।
शनिवार गृह मन्त्रालयमा बसेको सम्बन्धित सरोकारवालासहितको बैठकले सो निर्णय गरेको उपप्रधानमन्त्री श्रेष्ठले बताउनु भयो । उहाँले सरकारले घाईतेहरुलाई शिघ्र उपचार गर्ने क्रमलाई उच्च प्राथमिकतामा राखेको बताउनु भयो । उहाँले घाईते कतिपयलाई स्थानीय अस्पताल र कतिपयलाई आवश्यकता हेरेर सुर्खेत र नेपालगञ्जमा उपचारका लागि पठाइएको बताउनु भयो ।
उहाँले सुर्खेतलाई मुल बेस र सहायक बेस नेपालगञ्जलाई बनाएर रहात वितरण कार्य एकद्वार प्रणालीमा अघि बढाएको बताउनु भयो । उहाँले भूकम्पका कारण केही सडक अवरुद्ध भएकाले खुलाउने प्रयास जारी रहेको पनि बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘घाईतेहरुलाई शिघ्र उपचार गर्ने क्रमलाई उच्च प्राथमिकतामा राखेका छौँ । अहिले सम्माननीय प्रधानमन्त्रीज्यु त्यसतर्फ प्रस्थान गरिसक्नुभएको छ । उहाँकै निर्देशनमा घाईतेको उपचारको व्यवस्थालाई पहिलो प्राथमिकतामा राखिएको छ । कतिपयलाई स्थानीय अस्पतालमै र कतिपय सुर्खेत, कतिपय नेपालगञ्जमा उपचारको व्यवस्था गरेका छौँ । यहाँ पनि हामीले ट्रमा सेन्टर लगायत कतिपय ठाउँमा आवश्यक परे उपचारका लागि तयार गरेका छौँ । सर्च, रेस्क्यु र रिलिफलाई बनाएका छौँ । त्यसअन्तर्गत हामीले सुर्खेतलाई मुल बेस र सहायक बेस नेपालगञ्ज बनाउने भनेर त्यहाँ आवश्यक जनशक्ति, सरसामग्री र अरु सबै आवश्यक व्यवस्थापन त्यहाँबाट हुने केन्द्र आधार निर्माण गरेका छौँ । स्वास्थ्य सामग्री र स्वास्थ्यकर्मी त्यहाँ जानुभएको छ । अन्य आवश्यक परे स्वास्थ्य मन्त्रालयले तत्काल व्यवस्था गर्ने निर्णय गरिएको छ । शव व्यवस्थापनको लागि विशेष टिम गइसकेको छ । थप म्यानपावर पठाउँदै छौँ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएको छ । तीन प्रदेशकै सरकारसँग समन्वय गरेर काम गरिरहेका छाँै । राहत व्यवस्थापन कोषबाट ५÷५ करोड तत्काल पठाउने निर्णय भएको छ । राहतका काम एकद्वारा प्रणालीबाट पठाउने निर्णय गरेका छौँ । भूकम्पका कारण केही सडक अवरुद्ध भएको छ, त्यसलाई खुलाउन सडक विभागले आज नै सम्पूर्ण सडक खुलाउनेछ । आजको आवश्यकताअनुसार हेरेर आजको सामग्री खानेकुरा, कम्बलहरु लैजान निर्देशन दिइएको छ । विदेशी देशले पनि सहयोगको लागि तयार भएको बताएको छ ।’
उहाँले आजको आवश्यकताअनुसार हेरेर राहत सामग्री थप पठाइएको र सुरक्षा दल पनि पठाइएको बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच