नवलपरासी । सुनवल नगरपालिका वडा नम्बर १२ भुमहीमा रहेको सिद्धार्थ बहुउद्देश्यीय सहकारी संस्थाले गत आर्थिक वर्षमा पाँच करोड २९ लाख ६६ हजार छ सय ४८ रुपैयाँ आम्दानी गरेको छ । तीन करोड ७१ लाख ६२ हजार तीन सय ३९ रुपैयाँ खर्च गर्दै शुद्ध नाफा एक करोड ४१ लाख ८१ हजार पाँच सय २३ रुपैयाँ कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षभन्दा ३५.५३ प्रतिशत बढी हो ।
सेयर पुँजी चार करोड ८२ लाख २८ हजार तीन सय रुपैयाँ, जगेडा तथा अन्य कोष पाँच करोड १४ लाख ७३ हजार दुई सय ९३ रुपैयाँ, जोखिम कर्जा कोषमा ९४ लाख २९ हजार एक सय नौ रुपैयाँ, कुल निक्षेप ३२ करोड ५१ लाख ४८ हजार ३५ रुपैयाँ रहेको छ । कुल सम्पत्तिमा ४३ करोड ६५ लाख ३७ हजार पाँच सय ७२ रुपैयाँ र ऋण लगानीमा ३५ करोड ९७ लाख एक हजार नौ सय १० रुपैयाँ रहेको सहकारीले जनाएको छ ।
शनिबार भएको सहकारीको २८औँ साधारणसभामा बोल्दै सुनवल नगरपालिकाका नगर उपप्रमुख सूर्य दुबेले सहकारीले ब्राण्डका नाममा लगानीकर्तालाई राम्रो प्रतिफल नदिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘लगानी गरेको ठाउँमा नाफा चाहिन्छ । समयसापेक्ष लगानीअनुसार प्रतिफल दिनुपर्छ । वित्तीय कारोबार गर्ने संस्थाले लाभांश दिन नसक्नु आर्थिक शोषण हो ।’
कतिपय सहकारीमा समस्या आएकोतर्फ इंगित गर्दै उहाँले सहकार्य गर्ने भनेर स्थापना गरेका सहकारीले सहकार्य छाडेर काठमाडौं बस्ने कर्णालीका मानिसलाई कमिसन र अन्य लोभका कारण लगानी गर्ने सहकारी समस्यामा पर्ने बताउनुभयो ।
सहकारी अध्यक्ष यमलाल पाण्डेले वार्षिक प्रतिवेदन, सचिव रमेश पराजुलीले नीति तथा कार्यक्रम, कोषाध्यक्ष देवु भट्टराईले आर्थिक प्रतिवेदन तथा अनुमानित आयव्यय प्रतिवेदन तथा आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण प्रतिवेदन लेखा सुपरीवेक्षण समिति संयोजक रमेश बरालले प्रस्तुत गरेका थिए । सो अवसरमा जनता सम्झौता सहकारीका अध्यक्ष डोलराज भण्डारी, लुम्बिनी सुनवल सकोसका अध्यक्ष लेखनाथ खरेल, रजत जयन्ती स्मारिका समिति संयोजक श्यामप्रसाद न्यौपाने, राष्ट्रिय सहकारी बैंक बर्दघाट शाखा प्रमुख परिक्षित ठाकुर, पूर्वअध्यक्ष पेउनारायण न्यौपानेलगायतको उपस्थिति रहेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच