जुम्लामा अटो दुर्घटनाः दुई जनाको मृत्यु,एक घाईते

विजय रावत जुम्ला, संवाददाता
Read Time = 1 min

जुम्ला । जुम्लाको हिमा गाउँपालिका– १ स्थित बड्कीमा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । घटनामा परी एकजना घाइते भएका छन् । मृत्यु हुनेमा हिमा गाउँपालिका–१ बस्ने अटो चालक ४५ वर्षीया पदम शाही र सोही वडाका ४२ वर्षीया बली रोकायाको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सुचना अधिकारी उमेश चन्दले जानकारी दिनुभयो ।

भे १ ह ३१९७ नम्बरको अटो नाग्मबाट हिमा गाउँपालिका – १ देवारगाउँ जाँदै गरेको अटो गएराती नै बड्कीमा दुर्घटना भएको रहेको छ । प्रहरीलाई आईतबार बिहान ६ः०० बजेको समयमा जानकारी आएको सुचना अधिकारी चन्दको भनाइ छ ।

दुर्घटनामा परी सोही ठाउँका अन्दाजी ४१ वर्षका नन्द रोकाया घाइते भएका छन् । घाइतेलाई थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?