![महिलामा पिसाब संक्रमणः केही महत्वपूर्ण पक्षहरू](https://ehimalayatimes.com/wp-content/uploads/2022/10/Prof.-Dr.-Arjundev-Bhatt.jpg)
काठमाडौं । महिला सुरक्षा दबाब समूहले जाजरकोटमा गएको विनाशकारी भूकम्पप्रति दुःख व्यक्त गरेको छ । आइतबार समूहकी अध्यक्ष कल्याणी शाहले एक विज्ञप्ति जारी गर्दै भूकम्पमा परी सयौँ जनाको मृत्यु भएको, सयौँ घाइते भएको र घरबारविहीन भएको अप्रत्याशित, दुःखद खबरले समूह अत्यन्त दुखित एवं मर्माहत भएको बताउनुभएको छ । यस त्रासदिपूर्ण प्राकृतिक प्रकोपमा परि ज्यान गुमाउनुहुने सम्पूर्ण जनता प्रति समूहले श्रद्धाञ्जलीसमेत अर्पण गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘हामी यस भूकम्पमा परि ज्यान गुमाएका परिवारहरू घाइतेहरूले भोग्नु परेको प्राकृतिक विपद्को घडिमा सम्पूर्ण आमा–बुवाहरू, दाजुभाईहरू दिदि बहिनीहरू तथा बालबालिकाहरू प्रति गहिरो समवेदना प्रकट गर्दछौं ।’
यसैगरी समूहले राहत सामाग्रीदेखि घाइतेहरूको उपचार, पीडितलाई गासबासको व्यवस्था, औषधीसहितको स्वास्थ्यकर्मी, सामाजिक मनोपरामर्ससमेत तत्काल व्यवस्था गर्न तीनै तहका सरकार, विभिन्न राजनैतिक पार्टीहरू र सामाजिक संघ संस्थाहरूसँग अपिल गरेको छ । भूकम्पले धेरै जन–धनको क्षति पु¥याएको हुँदा ज्येष्ठ नागरिक, महिला तथा बालबालिकाहरूसमेत खुल्ला आकाशमुनी बस्न बाध्य भएको भन्दै यसतर्फ विशेष ध्यान दिन समूहले सरकारको ध्यानाकर्षण गराएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘प्राकृतिक प्रकोपबाट ज्येष्ठ नागरिक, महिला तथा बालबालिकाहरू बढी जोखिममा पर्ने हुनाले हामी सबै महिला मानव अधिकाकर्मीहरू एकबद्ध भई उद्धार एवं राहत कार्यमा जुट्नको लागि आहृवान गर्दछौँ । सम्पूर्ण घाइतेजनहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच