काठमाडौं । लोकगायिका तीर्थकुमारी थापाको पहिलो एकल सांगीतिक साँझ हुनेभएको छ । मंसिर ८ गते राष्ट्रिय नाचघर जमलमा ‘तीर्थकुमारी स्वर्णिम साँझ-२०८०’ हुनेभएको हो ।
पाँच दशकभन्दा लामो समयदेखि नेपाली लोकगीत समर्पित लोकगायिका थापाको पहिलोपटक एकल सांगीतिक साँझ हुनलागेको आयोजक अन्नपूर्ण चेम्बर अर्केष्टाले जनाएको छ ।
कार्यक्रमा गायिका थापाले ‘म त खाँदिन कुवाँको पानी हो’, ‘ढुंगे बगर माया’, ‘झम्के फूली नाकैमा बुलाकी’, ‘उकालीमा पनि हजुर मोटर जाँदो रैछ’, ‘बारीको डिलमा ओखरबोट’, ‘माछी मार न हे दाइ हो’ लगायत दुई दर्जन गीत प्रस्तुत गर्ने जनाइएको छ । कार्यक्रममा प्रवेशका लागि एक हजार, १५ सय र दुई हजार रुपैयाँको टिकट राखिएको छ ।
२०२८ सालमा रेडियो नेपालमा गीत रेकर्डिङ गरेर गायन र संगीत यात्राको प्रारम्भ गर्नुभएकी थापाका एक हजारभन्दा बढी गीत रेकर्ड छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच