गठबन्धनका शीर्ष नेता निजगढमा, अन्तर्राष्ट्रिय विमानस्थल बनाउने घोषणा

हिमालय टाइम्स
Read Time = 1 min

बारा । गठबन्धनका शीर्ष नेताहरू बाराको निजगढमा पुग्नुभएको छ । प्रस्तावित अन्तर्राष्ट्रिय निजगढ विमानस्थलको स्थलगत अध्ययनका लागि उहाँहरु शनिवार निजगढ पुग्नुभएको हो । सो क्रममा उहाँहरूले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने घोषाणा गर्नुभएको छ ।

निजगढ पुग्नेमा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, अर्थमन्त्री जनार्दन शर्मा, खानेपानीमन्त्री उमाकान्त चौधरी, पर्यटनमन्त्री जीवनराम श्रेष्ठलगायत हुनुहुन्छ ।

कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले अहिले कम्तिमा दुई लेनको मात्रै भए पनि विमानस्थल बनाउनु पर्ने बताउनुभयो । यसमा अरूले अवरोध गर्नुको कुनै अर्थ नभएको पनि उहाँले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?