कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पपीडितका लागि यस गाउँपालिकाले प्रधानमन्त्री राहत कोषमा पाँच लाख रुपियाँ जम्मा गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिनुभयो ।
भूकम्पको कारण घाईते हुनुभएका नागरिकको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै घरवारविहिनलाई तत्काल राहत उपलब्ध गराउन पाँच लाख रुपियाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले बताउनुभयो ।
उहाँले मृत्यु भएका जनप्रतिनिधि कर्मचारी र आम नागरिकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना समेत व्यक्त गर्नुभयो ।
भूकम्पको कारण स्थानीय सरकार विपदमा परेको हुँदा रुरुक्षेत्र गाउँपालिका परिवारबाट राहत स्वरुप सो रकम प्रदान गरिएको उपाध्यक्ष मिनादेवी गौतमले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच