चीनले नेपालका भूकम्प प्रभावित क्षेत्रका लागि आपत्कालीन सहयोग पठायो

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । चीनले नेपालका भूकम्प प्रभावित क्षेत्रका लागि आपत्कालीन सहयोग पठाएको छ । पश्चिम नेपालका भूकम्प प्रभावित क्षेत्रका लागि चिनियाँ आपत्कालीन राहत सामग्री बुधवार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा लगिएको हो । ५० लाख आरएमबी युआन (६९०,००० अमेरिकी डलर) मूल्यका ६०० कपास टेन्ट र ४ हजार ६ सय कम्बल लिएर दुईवटा चिनियाँ कार्गो विमान विमानस्थलमा अवतरण गरेका थिए ।

हस्तान्तरण समारोहमा नेपालका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदुत चेन सोङको उपस्थिति थियो । श्रेष्ठले नेपालको आर्थिक विकासमा चीनले सँधै सहयोग गरेको र २०१५ को भूकम्प र कोभिड–१९ महामारी जस्ता संकट र आवश्यकताको समयमा सहयोग गरेको उल्लेख गर्नुभयो । चेन सोङले राहत सामग्रीले मानवजातिको साझा भविष्यसहितको समुदाय निर्माण गर्ने चीनको प्रतिवद्धताको प्रतिक भएको बताउनुभयो ।

६.४ म्याग्निच्युडको भूकम्पपछि चीन सरकारले तत्कालै चीन–दक्षिण एशियाली मुलुक आपत्कालीन आपूर्ति आरक्षबाट ५० लाख युआन बराबरको राहत सामग्री नेपाललाई उपलब्ध गराएको थियो । केरुङ–रसुवागढी नाकाबाट सो सामग्री सोमवार भित्रिएको नेपालस्थित चिनियाँ दुतावासले जनाएको छ । चाइना इन्टरनेशनल डेभलपमेण्ट कोअपरेसन एजेन्सीले नेपाललाई १ करोड ५० लाख आरएमबी युआन (२.०७ मिलियन डलर) बराबरको आपतकालीन मानवीय सहायताको थप ब्याच घोषणा गरेको छ ।

जसमध्ये ६०० कपासको पाल र ४ हजार ६ कम्बल बुधवार पोखरा लगिएको छ । चीनले बाँकी एक करोड आरएमबी युआन (१.३७ मिलियन डलर) नेपालको आवश्यकताअनुसार भूकम्पपछिको पुनर्निर्माणमा खर्च गर्नेछ भने चीनको रेडक्रस सोसाइटीले भूकम्प पीडितको उद्धार तथा राहत कार्यमा नेपाललाई आपतकालीन नगद सहयोग स्वरुप १ लाख अमेरिकी डलर उपलब्ध गराउनेछ । न्युज एजेन्सी नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?