टोल बस्तीबाट प्रशासनिक सेवा वितरण गर्दै चम्पादेवी गाउँपालिका

हिमालय टाइम्स
Read Time = 4 mins

-राजकुमार कार्की

ओखलढुंगा । जिल्लाको चम्पादेवी गाउँपालिकाले टोलबस्तीबाट सेवा वितरण गर्न घुम्ती सेवा कार्यक्रम गरिरहको छ । कार्तिक १९ गते देखी वडा नं १० रानीवनबाट सेवा वितरण गर्न सुरु गरेको हो ।

स्थानिय सरकार हरेक बेला नागरिकसँगै हुन्छ भन्ने अनुभूती गराउन र जनताका हरेक समस्याको समाधान जनताकै घरदैलो बाट समाधान गर्ने उदेश्यले गाउँ बस्तीबाटै प्रशासनिक सेवा वितरण गरिएको पालिका प्रमुख नवराज केसीले बताउनु भयो । योजना सम्झौता, अपाङ्ग, ज्येष्ठ नागरिक परिचय पत्र दर्ता तथा नविकरण, कृषी-पशु फर्म दर्ता तथा नविकरण लगायतका सम्पुर्ण प्रशासनिक कामहरुको सेवा प्रवाह गरिरहेका छन् । काम गर्नको लागी अनिवर्य पालिका केन्द्रमा पुग्नैपर्ने कामहरु बस्तीबाटै वितरण गर्दा नागरिकले सर्वसुलभ सेवा पाउने र योजनामा हुने भ्रष्टचारमा न्युनीकरण गर्न गराउनको लागी वार्षिक रुपमा टोल बस्तीबाटै प्रशासनिक सेवा वितरण गर्ने गरेको पालिका प्रमुख केसीले बताउनु भयो ।
शिविर बाट गाउँपालिकाले दिनुपर्ने सम्पुर्ण सेवाहरु वितरण गरेको छ । उक्त वडामा भएका योजना सम्झौता, अपाङ्ग परिचयपत्र, कृषी÷पशु फर्म दर्ता तथा नविकरण ज्येष्ठ नागरिक÷अपाङ्ग कार्ड, जस्ता गाउँपालिकाले दिने समपुर्ण प्रशासनिक सेवा दिईरहेको गाउँपालिका प्रवक्ता एवं वडा नं ९ का वडा अध्यक्ष सुजन पौडेलले बताउनु भयो ।

वडानं. १० बाट सुरु गरिएको सेवा वितरण कार्यक्रम ५ वटा वडामा वितरण भईसकेको छ । बाँकी रहेका वडाहरुमा तिहार पछी लगतै निरन्तर गर्ने गाउँपालिकाले जनाएको छ । पालिका प्रमुख नबराज केसी उपप्रमुख डिलामाया मगर, प्रमुख प्रशासकिय अधिकृत प्रेम प्रसाद सुवेदी, शाखाका प्रमुख हरुको उपस्थितिमा सेवा वितरण गरिरहेको बताएका छन् । स्वास्थ्य शिविर भने यो भन्दा अगाडी नै विभिन्न ठाउँमा सन्चालन गरीसकिएको पालिकाले जनाएको छ ।
आवश्यक्ताको आधारमा वडामा कामको चापअनुसार सेवा वितरण गरिने बताएका छन् । नागरिकलाई सहज र सुलभ सेवा वितरण गर्न हरेक वर्ष पालिकाले घुम्ती शिविर सन्चालन गर्दै आएको छ । पालिका सम्म धाएर गर्नु पर्ने काम आफ्नै ठाउँबाट गर्न पाएपछी स्थानिय नागरिकहरु खुशी भएका छन् । पालिका पुगेर ३/४ दिन लाग्ने काम आफ्नै ठाउँमा एकै छिनमा काम सम्पन्न भएकाले पालिका प्रमुख लगायत सम्पुर्ण पालिकाका टिमलाई स्थानिय नागरिकले धन्यबाद दिएका छन् ।

जहाँ गुनासो, त्यहाँ सम्बोधन, भन्दै पालिका अध्यक्ष केसी प्रत्येक कार्यक्रममा सहभागी भई नागरिकका अन्य गुनासो न्युनिकरण तथा सम्बोधन गरिरहेको बताएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?