![यसकारण सिदार्थ भगवान गौतम बुद्ध बने](https://ehimalayatimes.com/wp-content/uploads/2022/11/gautam-buddha-hita-1.jpg)
‘मैले लक्ष्मीप्रसाद देवकोटालाई बुुद्धपछिको सबैभन्दा ठूूलो मानव अवतारमा लिएको छुु । भारतका विख्यात तीन कविहरू पन्त, प्रसाद र निराला (जयशङ्कर प्रसाद, सुमित्रानन्द पन्त तथा सूूर्यकान्त त्रिपाठी निराला) बराबर एकजना देवकोटा हुनुुहुुन्छ’ । यो उद्गार भारतीय हिन्दी यात्रा साहित्यका भीष्मपितामह भनेर चिनिएका जो विश्वका छत्तीस भाषामा पोख्त भएर कलम चलाउने हुती राख्थे, जसको असीम ज्ञानभण्डार देखेर काशीका विद्वान्हरूले ‘महापण्डित’ को उपाधि पनि दिएका थिए । तिनै महापण्डित राहुुल सांकृत्यायनको हृदयको अन्तरध्वनिको सटिक अभिव्यक्ति हो । देवकोटा साहित्यका बहुु विधामा कलम चलाउने सामथ्र्य राख्थे जो दर्जनभन्दा बढी भाषाका ज्ञाता पनि थिए र बोल्थे : ‘राष्ट्र भाषा’ हाम्रो सार्वजनिक सम्पत्ति हो, सबैले सुरक्षित राख्नुुपर्छ, यो सबैको हृदयको ध्वनि हो’ ।
उनको स्वच्छन्दतवादी कलमभित्र राष्ट्रप्रेम, अतीतप्रतिको मोह, प्रकृतिचित्रण, प्रणयचेत, क्रान्तिकारिता, मानवतावादी चिन्तन, दार्शनिकता, निजात्मकता र निर्भीकता सिर्जनाहरूमा छङछङाएर दौडन्थे । ‘के नेपाल सानो छ ?’ भन्ने निबन्धको एक अंशको प्रस्तुतिबाट छर्लङ्ग हुन्छ : ‘चाहे स्वर्ग होस् चाहे नरक, अरू देशका गौरव मलाई नबताऊ, मेरो हृदय जान्दछ मेरो हीरा कहाँ छ ? र उसको झलक कस्तो छ ? हँस्सी उडाउने हँस्सी उडाऊन् तर म भन्दछु कि मेरो मातृभूमिमा त्यो आर्य सभ्यता छ, जसले संसारलाई एक विशाल युुगसम्म आध्यात्मिक पोषण पुुर्याउन सक्दछ । अरूका श्रीपेच शिरमा रहून्, मेरो स्वदेशको श्रीपेच हृदयमा रहन्छ’ ।
फ्रान्सिस बेकन र मोन्तेनको निबन्धधारालाई डुुब्न सफल उनी नेपाली निबन्धलाई आधुनिक दिशा दिन र मौलिकतामा सजाउन खप्पिस भएकैले ‘लक्ष्मी निबन्ध संग्रह, र दाडिमको रूखनेर’ जस्ता उम्दा कृतिबाट नेपाली निबन्ध संसारका मानक व्यक्तित्वको रूपमा छन् ।
त्यसै गरी तलका कविताका पाउहरूले पनि देवकोटाको देशप्रेम र झल्काएको छ । विश्वसाहित्यमा नेपालका काव्यदूत भएका यिनीमातृभूूमि र राष्ट्रभाषाप्रति उच्च अनुराग राख्थे । कथा, उपन्यास, नाटक निबन्ध र लघुतमदेखि बृहत्तमसम्मका तीनै काव्यआयामलाई अँगालो मार्दथे । उनका केही श्लोक:-
मीठो लाग्छ मलाई ता प्रिय कथा प्राचीन संसारको ।
हाम्रो भारत वर्षको उदयको हैम-प्रभा सारको ।।
जाडामा पनि कोयली कुसुमका बास्नाहरू सम्झिँदै ।
फर्केलान् दिन फेरि उत्तर भनी बस्छे अकेली रुँदै ।।
कति जीवन्त र चित्रात्मक छन् स्वभावोक्तिमा सिँगारिएका तलका पद्यावली :
ध्वनित पवनले छन् बाँस बाजा वनैया ।
चिरविर चुुँचुुँ चुुच्चो चारु चल्छन् गवैया ।।
महल छ लहराको क्या हरा ! पूmलदार ।
मृदुल हरित तन्ना फूलबुुट्टा हजार ।।
उनका चर्चित छ सय स्फुट कवितामध्ये ‘पागल’ कविता अत्यन्त चर्चित र लोकप्रिय हुन पुुग्यो जसका केही पङ्तिहरू :
जरुर साथी म पागल !
यस्तै छ मेरो हाल,
मैले नबाफको शराबलाई खुन भनेको छुु ।
छिपेकी रण्डीलाई लास भनेको छुु ।
महात्मा भनाउँदाहरूको निन्दा गरेको छुु ।
जरुर साथी म पागल छुु !
म शब्दलाई देख्दछुु ।
दृश्यलाई सुन्दछुु ।
वासनालाई स्वाद लिन्छुु ।
आकाशभन्दा पातालका कुरा सुन्छुु ।
ती कुरा-
जसको अस्तित्व लोक मान्दैन ।
जसको आकार संसार जान्दैन ।
यसरी उनको साहित्यिक जटिलता र दर्शनका घनत्वमा ठेलीका ठेली ग्रन्थहरू प्रसूत हुन्थे । उनका लागि लेखन कान्छी औँलाको खेल थियो । राणाशासनको एकछत्र पारिवारिक निरंकुशताप्रति भारतको प्रवाशमा रहँदा ‘युुगवाणी’ पत्रिकाको सम्पादक भएर जनतामा क्रान्तिचेत कसरी छरेका थिए तलका पङ्तिहरू :
ज्यानै पो जाआृस् प्राणै पो जाओस् पर्बाह गर्दैनौँ ।
मानिसलाई चाहिने हक नलिई छाड्दैनौँ ।।
फ्रान्सिस बेकन र मोन्तेनको निबन्धधारालाई डुुब्न सफल उनी नेपाली निबन्धलाई आधुनिक दिशा दिन र मौलिकतामा सजाउन खप्पिस भएकैले ‘लक्ष्मी निबन्ध संग्रह, र दाडिमको रुखनेर’ जस्ता उम्दा कृतिबाट नेपाली निबन्ध संसारका मानक व्यक्तित्वको रूपमा छन् । उनको ‘वीरहरू’ भन्ने निबन्धका केही पंक्तिले पाठकको मनमस्तिष्कमा क्या मीठो झस्का दिएर खुुराक पस्किएका छन् उदाहरणका लागि केही अंश :
‘सच्चा वीरमा विश्वासको जादुु हुन्छ । ऊ एक झिलिकमा पुुर्खा देख्दछ । दुुस्मनको हाँकभन्दा अमरत्वको सहज विश्वासमा वीरको सच्चा टुना हुन्छ, ऊ ! आत्मा उचालियो ! खुुट्टा पृथ्वीबाट उठे । समुुच्च जीवन झल्कियो, उसले सत्य देख्यो । एकै निमेषभर पनि अनन्तको अमृत चाख्यो । अनि हेर दुुई सय करोडका आँखा आश्चर्यमा टुुल्टुलाए ! ऊ मान्छेभन्दा कति माथि एक निमेषको पखेटामा उड्दछ’ । पहाडी टाकुराबाट झरेका झर्नाझैँ शारदीय वागका स्वाभाविक रूपमा झुुलेका पुुष्पबल्ली भान हुने उनका शब्दजमघट र गम्भीर भावहरूमा पाठक संसार मख्ख हुँदै निमज्जित हुुन इप्सित गर्दछ ।
आध्यात्मिक संसारलाई मानवतावादसित एकाकार गर्न यात्री कविताको माध्यमबाट उनी सफल भएका छन् ।
कुुन मन्दिरमा जान्छौ यात्री ? कुन मन्दिरमा जाने हो ?
कुन सामग्री पूूजा गर्ने साथ कसोरी लाने हो ?
हाडहरूका सुुन्दर खम्बा मांसपिण्डका दिवार ।
मस्तिष्कको यो सुनको छाना, इन्द्रियहरूका द्वार ।
नशा नदीका तरल तरङ्ग मन्दिर आपूूm अपार ।
कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरको द्वार ??
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच