बालबालिकाको मुद्धालाई प्राथमिकता दिनुपर्नेमा जोड

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । बालबालिकाको मुद्धालाई प्राथमिकताका साथ ठाउँं दिएर मिडियाले प्रकाशन प्रशारण गर्नुपर्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् ।

बालबालिकालाई सचेत र संगठित बनाउन सके मात्रै भोलिको देशको भविष्य राम्रो हुने भन्दै सहभागीहरुले बालबालिकासँंग सम्वन्धित समाचारले ठाउँं पाउनुपर्ने बताए ।
आमसञ्चारमाध्यममा बालबालिकाको संवेदनशिलताका विषयमा विभिन्न सञ्चारमाध्यममा कार्यरत समाचारदाताहरुसँंगको राजधानीमा भएको अन्तरक्रियामा सहभागी डा. कुन्दन अर्यालले गैर राजनैतिकको दायरा जबसम्म फराकिलो हुँदैन, तबसम्म बाल संवेदनशीलतामा परिवर्तन आउन नसक्ने बताउनु भयो ।

कार्यक्रमको बाल अभियन्ता तारक धितालले विभिन्न नेपाली सञ्चार माध्यमका संवाददाताहरूसंग बाल संवेदनशीलता सम्बन्धी अभिमुखीकरण गर्नुभएको थियो । उहाँले सञ्चार माध्यममा बालबालिकाको बिषय किन र बालबालिकाको विचार र भावनाको कदर, बालबालिकाको समस्या र मुद्दा उठान, बालबालिकाको सहभागितामा समावेसीलगायतका बिषयका अभिमुखीकरण गर्नुभयो।

कार्यक्रमका अध्यक्ष तथा चाइल्ड नेपालका कार्यकारी निर्देशक मोहन दँगालले बालबालिकाको समाचार सम्प्रेशन गर्दा तथ्यमा अधारित सामग्रीहरू माथि सम्बोधन गर्न, बालबालिकाको विषयबस्तुलाई निरन्तर प्रकृयाको रूपमा प्रयोग गरिदिन अनुरोध गर्नुभयो। उहाँले समाचारमा बालबालिकाको विषयबस्तुमा प्रभावकारी ढंगले सम्प्रेशन गर्न पनि सुझाव दिनुभयो । यसकारण बालबालिका सम्वन्धीका समाचारको लेखनमा विशेष गाम्भीर्यता अपाउनुपर्ने उहाँले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?