काठमाडौं । सूचना तथा प्रविधि क्षेत्रमा क्रियाशील कम्पनी आइडिया जार डिजिटल कम्पनीले टिकटकजस्तै ‘रमाइलो’ एप सार्वजनिक गरेको छ । एपमा भिडियो हेर्ने तथा अपलोड गर्ने, भिडियो एक्सप्लोर गर्ने, लाइक, कमेन्ट र सेयर, लाइभ गर्न मिल्ने सुविधासमेत रहेको कम्पनीले जनाएको छ । कम्पनीले कन्टेन क्रियटरलाई केही समयपछि कन्टेन र लोकप्रियताअनुसार निश्चित रकम दिँदै जाने योजना बनाएको छ ।
टिकटक, फेसबुकजस्ता सामाजिक सञ्जाललाई नियमन दायरामा ल्याउन कठिन भएको सरकारले बताइरहेका बेला नेपालकै कम्पनीले यस्तो एप विकास गर्दा नियमनमा पनि सहज हुने कम्पनीको दाबी छ ।
सरकारले सामाजिक सद्भावमा खलल पुर्याउन सक्ने भन्दै टिकटक प्रतिबन्ध गर्दा नेपाली प्रयोगकर्ताका लागि ‘रमाइलो’ उपयोगी हुन सक्ने कम्पनीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । एपमा भिडियो निर्माणका क्रममा उच्छृंखल गतिविधि भएमा वा गैरकानुनी तथा अमर्यादित हर्कत भएमा त्यसलाई कानुनी दायरामा ल्याउन सरकारलाई सहयोग गर्ने प्रतिबद्धता पनि कम्पनीले जनाएको छ ।
गलत नियतका सामग्री प्रयोगकर्ताले अपलोड गरेमा एपको ‘कम्युनिटी गाइडलाइन्स’ अन्तर्गत भिडियो हटाउने, एकाउन्ट सस्पेन्डदेखि एकाउन्ट नै सधँैका लागि बन्द गराउनेसमेत कम्पनीले जनाएको छ । रमाइलो एपमा १३ वर्ष उमेरभन्दा माथिका नागरिकले पहुँच राख्न सक्ने बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच