प्रतिनिधि सभाअन्तर्गत १० वटा विषयगत समिति गठन (सूचीसहित)

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । प्रतिनिधि सभाले १० वटा विषयगत समिति गठन गरेको छ । सभामुख देवराज घिमिरेले संसदीय विषयगत समितिमा रहने सदस्यहरूको नाम आज शुक्रबार संसदमा प्रस्तुत गर्नुभयो ।

विषयगत समितिमा रहने सदस्यहरूको नाम पढेर सभामुखले सदनसमक्ष राखेको प्रस्ताव सर्वसम्मतरूपमा अनुमोदन भएको छ । योसँगै प्रतिनिधि सभाको चुनाव भएको पाँच महिनापछि संसदीय विषयगत समिति गठन भएको छ । गएको मङ्सिर ४ गते सम्पन्न चुनावपछिको प्रतिनिधि सभाको अधिवेशन भने पुस २५ गतेदेखि सुरु भएको थियो ।

यस्ता समितिहरूले अब नियमावलीअनुसार पहिलो बैठक बसेको १५ दिनभित्र समिति सभापति चयन गर्नेछन् ।

प्रतिनिधि सभा नियमावलीअनुसार प्रतिनिधि सभामा १० वटा विषयगत समिति र राष्ट्रिय सभाको समेत गरी दुई वटा संयुक्त समिति रहेका छन् । संयुक्त समितिअन्तर्गत रहेका संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति भने अझै गठन भएको छैन ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?