-नृपेन्द्रबहादुर मल्ल
मुगु । एमाले महासचिव शंकर पोख्रेलले प्रचण्ड नेतृत्व वर्तमान सरकार जनताको हितमा नभई विदेशीहरुको कम्फर्टेबल भएको आरोप लगाउनु भएको छ ।
नेकपा एमाले मुगु जिल्लाको नवौं जिल्ला अधिबेशनको उद्घाटन गर्न शनिवार मुगु आउनु भएकाे महासचिव पोखरेलले वर्तमान प्रचण्ड नेतृत्व सरकार जनताको लागि कम्फरटेवल नभई बिदेशी, दलाल पुजीपतिहरुको लागि कम्फरटेवल भएको बताउनु भएको हो।
प्रचण्डले भारत भ्रमण जाँदा नेपालको हितमा हुने सम्झौता गरेर आउन, चुच्चे नक्साको बारे बोल्न नेकपा एमालेले सल्लाह सुझाव दिएको बताउँदै उहाँले तर भारत रिसाउने डरले प्रधानमन्त्री प्रचण्डले नक्साको कुरा नउठाएको बताउनु भयो।
राष्ट्रिय पोषाकमा भारत भ्रमणमा गएका प्रचण्ड राष्ट्रिय पोशाक खोलेर भारत खुसी पार्न गेरुबस्त्र धारण गरी १ सय ८ किलो रुदाक्ष चढाएको उहाँले बताउनु भयो । उहाँले भन्नुभयो, ‘भारत भ्रमण जाँदा नेपालको हितमा कुनै काम नगरी भारतलाई रिझाउन उनले नेपालका हितमा कुनै काम नगरेको आरोप लगाउँदै १५ वटा मुर्रा राँगा ल्याएर फर्किए ।’
महासचिव पोख्रेलले नेपाली राष्ट्रिय राजनीतिमा नेपाली काँग्रेस लामो ईतिहास भएको पार्टी भएपनि अहिले दुई बर्षमा प्रधानमन्त्री नेतृत्वका लागि माओबादीको पुच्छर समाउँदै साना दलहरुसँग घुडा टेकेको आरोप लगाउनु भयो ।
‘वर्तमान सरकारको चालामाल ठिक नभएकोले गठबन्धनको नाममा अदालत–अदालत जस्तो छैन । ब्यवस्थापिका– ब्यस्थापिका जस्तो छैन, उहाँले भन्नुभयो, आम नेपाली जनताले महसुस गरेकाले यो प्रचण्ड नेतृत्वको सरकारबाट जनताले कुनै भरोसा गरेका छैनन् ।’
झण्डै अढाई सय वर्ष राज गरेको राजसंस्था नेपालको लागि कुनै नयाँ नभएको बताउँदै उहाँले राजसंस्था फर्काउन भन्दै अहिले देशमा केही राजावादीहरुले नौटकीपारामा सल्बलाउँदै गरेको बताउनु भयो । देशमा राजसंस्था फर्काउन कुनै सम्भावना नभएको उहाँले बताउनु भयो ।
देशको बिग्रदो अर्थतन्त्र मुख्य कारक बर्तमान सरकारनै भएकाे उहाँकाे आराेप थियाे । माओबादी नेतृत्व सरकारकै कारण नेपाल दक्षिण एसियाकै सबै भन्दा गरिव मुलुक बनेको बताउँदै महासचिव पोख्रेलले देश बिग्रनमा प्रचण्डकै हात भएको बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच