एकीकृत समाजवादीका वडा सदस्यको उम्मेदवारी मनोनयन खारेज

Read Time = 1 min

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ का वडा सदस्यका उम्मेदवार पवन थोकरको उम्मेदवारी मनोनयन खारेज भएको छ ।

नेकपा एकीकृत समाजवादीबाट खुल्ला सदस्यको रूपमा उम्मेदवारी दिनुभएको थोकरको मनोनयन पत्र जाँच गर्ने क्रममा उक्त दलबाट पहिला नै दुई जनाको नाममा दर्ता भइसकेका कारण उम्मेदवारी मनोनयन खारेज भएको निर्वाचन अधिकृतको कार्यालय हेटौंडाका सहायक निर्वाचन अधिकृत सागर शर्माले जानकारी दिनुभयो ।

खुल्ला सदस्यमा एउटै दलका दुई जनाले मात्रै उम्मेदवारी दिन पाउने भएकाले थोकरको उम्मेदवारी मनोनयन खारेज भएको शर्माले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?