पाल्पा । साहित्यकार विनोद नेपालको नियात्राकृति ‘ससुरालीदेखि सुस्तासम्म’ विमोचन गरिएको छ । शनिबार पाल्पास्थित धवल पुस्तकालयको आयोजनामा एक कार्यक्रमबीच उत्त कृतिको विमोचन गरिएको हो । कृतिको विमोचन गर्दै साहित्यकार चोलेश्वर शर्माले नेपालको लेखनीको चर्चा गर्नुभएको थियो । विमोचित कृतिमाथि समीक्षा गर्दै डा.शंकरप्रसाद गैरेले कृतिमा निहित विषयवस्तु र लेखहरूको प्रकृतिबारे प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा विशेष अतिथि क्याम्पस प्रमुख तथा साहित्यकार टंकप्रसाद भट्टराई, साहित्यकार नारायण अधिकारी, प्राध्यापक जीवनबहादुर थापा, पत्रकार गोविन्दप्रसाद भट्टराई, साहित्यकार मन गहिरे, साहित्यकार खगेन्द्रप्रसाद बस्याल, साहित्यकार पुष्करराज रेग्मी, पत्रकार सोमनाथ अर्यालले बधाई तथा शुभकामना दिँदै आ-आफ्ना भनाइ राख्नुभएको थियो ।
युवराज पौड्यालको अध्यक्षतामा, डा.टंक पन्थको स्वागत, कृतिकार विनोद नेपालको धन्यवाद, पत्रकार महासंघका पूर्वअध्यक्ष राजेशकुमार अर्यालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच