परासी । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नवलपरासीमा पार्टी भित्र देखिएको विवाद समाधान गर्न आफू तयार भएको बताउनु भएको छ ।
शुक्रबार परासीमा संस्थापन पक्षका नेताहरुसँगको छलफलमा उहाँले नवलपरासीको विवादका बारेमा पार्टीको पदाधिकारी तहमा गम्भीर छलफल भएको बताउनु भयो ।
नवलपरासीमा एकलौटी रुपमा आयोजना गरिएको जिल्ला सम्मेलन संस्थापन पक्षसहित अधिकांश नेता कार्यकर्ताहरुले बहिष्कार गरेपछि नेता कोइरालाले उनीहरुसँग छलफल गर्नुभयो । पार्टी विधान अनुसार तल्लो तहबाट सम्मेलन गर्दै जिल्ला सम्मेलन गर्नुपर्ने भएपनि नवलपरासीमा जिल्ला सभापतिले एकपक्षीय रुपमा जिल्ला सम्मेलनको आह्वान गरेपछि अधिकांश नेता कार्यकर्ताहरु रुष्ट बनेका छन् ।
जिल्ला सम्मेलनको उद्घाटन गर्न जानुभएका कोइरालाले परासीमा संस्थापन पक्षका नेताहरुसँग छलफल गर्नुभयो । उहाँले भन्नुभयो, ‘नवलपरासीको विषयमा पदाधिकारी बैठकमा गहन छलफल भएको छ । यी कुराहरु म केन्द्रमा पनि राख्छु । कांग्रेस एउटै पार्टी हो । मासबेस पार्टी भएकाले यस्ता समस्याहरु आउँछन् । केन्द्रले केन्द्रीय सदस्यहरुलाई विवाद समाधानका लागि पठाउने प्रचलन थियो । यसपटक पनि यो विषयमा केन्द्रले कोही पदाधिकारी साथीलाई पठाउला । कोहि नआए म आफैँ आएर पनि समस्या सल्टाउँछु ।’
नेता कोइरालाले असन्तुष्ट नेता कार्यकर्ताहरुलाई जिल्ला सम्मेलनमा सहभागी हुन र पार्टी एकढिक्का भएको सन्देश जिल्लामा दिन आग्रह गर्नुभयो। ‘मेरो आग्रह छ कि तपाईहरु पनि हिड्नुस् । सम्मेलनमा सहभागी हुनुस् । पार्टी एक ढिक्का भएको सन्देश पनि जान्छ,’ उनले भने, ‘जिल्लामा पार्टी एक ढिक्का भएको महसुस तपाईहरुले गराउनुपर्यो । निर्वाचन ८४ मै हुन्छ । ८४ बाट ८५ मा सर्दैन । मध्यावधिको पनि चर्चा सुरु भएको छ। तर त्यो सम्भावना छैन । हल्ला मात्रै हो । ८४ मै निर्वाचन हुन्छ । त्यसको तयारी पनि जिल्ला सम्मेलनले नै गर्छ ।’
उहाँले सम्मेलनमा सहभागी भएर आफ्ना कुरा राख्न नेताहरुलाई आग्रह गर्नुभयो । तर नेताहरुले एकपक्षीय र विधानविपरीत आयोजना गरिएको सम्मेलनमा सहभागी हुन नसकिने प्रष्ट पार्दै सम्मलेन बहिष्कार गरे। छलफलमा केन्द्रीय सदस्य एवं नपलपरासीका पूर्व जिल्ला सभापति देवेन्द्रराज कँडेल, संविधान सभा सदस्य एवं प्रदेशसभा सदस्य देवकरण कलवार, प्रदेश सभा सदस्य एवं महाधिवेशन प्रतिनिधि बैजनाथ कलवार, प्रतिनिधिसभा क्षेत्र नं १ का क्षेत्रीय सभापति मुकुल आचार्य, प्रतिनिधिसभा क्षेत्र न. २ क्षेत्रीय सभापति माधवप्रसाद पाण्डे, प्रतिनिधिसभा क्षेत्र नं। २ को प्रदेशसभा खका सभापति रामचन्द्र साहनी, तरुण दल जिल्ला सभापति, महिला संघ, मुस्लिम संघलगायत विभिन्न पालिका सभापतिहरु सहभागी थिए ।
उनीहरुले जिल्ला सम्मेलन पार्टीको विधान सम्मत नभएको, सम्मेलनका सम्बन्धमा मातहतका क्षेत्रीय, नगर, गाउँ समितिसँग छलफल र परामर्श नगरी एकलौटी आयोजना गरिएको दावी गरेका छन् ।
साथै तल्लो तहबाट अधिवेशन नगराई एकै पटक कुनै छलफल बिनै जिल्ला सम्मेलन आयोजना गरिएको, जिल्लाबाट प्रतिनिधित्व गर्ने पार्टी केन्द्रीय सदस्य देवेन्द्र कँडेल र केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीसँग सल्लाह, सुझाव, परामर्श र निमन्त्रणा नगरेको उनीहरुको भनाई छ ।
साथै जिल्लास्थित पार्टीको भ्रातृसंस्थाहरुलाई पनि निमन्त्रणा नगरेको भन्दै जिल्लाका नेताहरुले पार्टी सभापतिलाई लिखित जानकारी गराएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच