कृषि र निर्यात व्यापारमा टेवा पुर्याउँदै करेन्ट चाउचाउ

Read Time = 2 mins

काठमाडौं । यशोदा फुड्सले सकेसम्म देशभित्रकै सामग्री र खाद्यान्न प्रयोग गरेर देशलाई अन्तर्राष्ट्रिय चाउचाउ बजारमा चिनाउन सफल करेन्ट चाउचाउले विदेशी मुद्रा भिœयाएर देशको आर्थिक विकासमा समेत टेवा पुर्याउँदै आएको छ ।

स्वदेशमै अन्तर्राष्ट्रियस्तरको पिरो चाउचाउ उत्पादन सम्भव छ भन्दै करेन्ट नामबाट चाउचाउ उत्पादन गरेको केही वर्षमै करेन्ट नेपाली बजारका साथै भारत, अष्ट्रेलिया र अमेरिकासमेत निर्यात हुन थालेको छ । विदेशी बजारमा रहेको करेन्टको लोकप्रियतालाई यसको प्रतिवर्ष एक करोड अमेरिकी डलर बराबरको निर्यातले पुष्टि हुने कम्पनीले जनाएको छ ।

देशभर प्रत्यक्ष र अप्रत्यक्ष १५ हजारलाई रोजगारीका साथै करेन्टले देशका पाँच जिल्लाका १० हजार किसानलाई पनि बजार दिँदै आएको छ । सन् २०१७ मे ७ मा रूपन्देहीको तिलोत्तमाबाट आफ्नो उत्पादन सुरु गरेको कम्पनीले करेन्ट चाउचाउ उत्पादनका लागि पाँच जिल्लाका १० हजारभन्दा बढी कृषकमार्फत् अकबरे खुर्सानीलगायत कृषि उत्पादन खरिद गर्दै आएको छ ।

किसानलाई खुर्सानी उत्पादनका लागि प्रोत्साहन पनि गर्दै आएको छ । करेन्ट उत्पादनसँगै नेपाली बजारमा हुने पिरो चाउचाउ आयात पनि १५ प्रतिशतले घटेको कम्पनीको दाबी छ । यशोदा फुड्सका अनुसार नेपालबाट करेन्ट चाउचाउ प्रतिवर्ष एक करोड अमेरिकी डलर अर्थात् करिब एक अर्ब ३० करोड बराबरको निर्यात हुने गरेको छ ।

कम्पनीकै मागअनुसार मकवानपुरमा स्थानीय कृषकले ३० हेक्टरभन्दा बढी बाँझो जमिनमा अकबरे खुर्सानी उत्पादन सुरु गरेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?