१६ वर्षीय फोटोग्राफरको पहिलो दुर्लभ रेड पाण्डाको तस्विर कथा

हिमालय टाइम्स
Read Time = 11 mins

काठमाडौं । १६ बर्षिय दिपतान्शु श्रेष्ठ आफ्नो वाईल्ड लाइफ फोटोग्राफी गर्ने बुवा दशरथ श्रेष्ठको पद पच्छ्याउदै गत बर्ष देखि फोटोग्राफीमा आफ्नो रुची बढाउँदै चराहरुको तस्विर लिन शुरु गरेका थिए । गत दशैँ बिदाको समय सदुपयोग गर्दै बुवा र बुवाका साथीहरुसँग ईलाम जिल्लाको जमुना झङ्ग्लमा रेड पाण्डा, हाब्रेको तस्वीर लिन पुगेका थिए दिपतान्शु श्रेष्ठ ।

करिब १ हप्ता बसाईमा उक्त क्षेत्रमा पाण्डा नभेटी पनि केही नयाँ चराहरुको तस्विर लिन सफल भएको दिपतान्शु श्रेष्ठले धेरै नयाँ कुुरा सिकेका छन । बुुवा र अगस्ट रस सिंह लामा दाइले गत वर्ष पनि इलामको उक्त क्षेत्रमा ५ दिनको बसाईमा अन्तिम दिन मात्र रेड पाण्डा भेट्नु भएको थियो । तर, खराब मौसम र पानी परिरहेको समयमा लिएको तस्विर राम्रो नभएको कारणले नै पुन ईलाममा जाने निधो गर्नु भएको रहेछ ।

वाईल्ड लाइफ फोटोग्राफी कै लागि भनेर क्यामेरा बोकेर काठमाडौँ उपत्यका बाहिर बुुवासँग दिपतान्शुको यात्रा प्हिलो थियो । ईलाम यात्रा लगत्तै पाण्डाको लागि हेलम्बुको यात्रा गर्ने भनेर अगष्ट रस सिंह लामा,अमर राज लिम्बु दाईहरुसँग सल्लाह गर्नु भएपछि तिहार र छठसम्म दिपतान्शुको बिदा भएकोले उनी पनि सँगै गए ।

दिपतान्शुको यात्रा कथा

भाइटिकाको दिन टिका लगाएर काठमाडौँबाट करिव २ बजे सिन्धुपाल्चोक जिल्ला हेलम्बु –७ मा रहेको माङ्ग्जिङ्गगोठ तिर लागियो । बेलुका ४ः३० बजे तिर हामी कूटुमसाङ्गमा रहेको लाङ्टाङ्ग राष्ट्रिय निकुन्जको प्रवेशद्वारमा बाइक राखि आफ्नो गन्तव्यतर्फ लाग्यौं । करिब ३ घण्टा ४० मिनटको कठिन उकालो पश्चात ३२५० मिटरमा माङ्गजिम गोठमा रहेको ग्रीन भिउ लज पुग्यौ । र, त्यही नै हाम्रो क्याम्प रहेको थियो । उक्त क्षेत्र हेलम्बु पदमार्गले (हेलम्बु ट्रेकिङ ट्रेल) परिचित छ । साथै, काठमाडौँबाट चिसापानी,हैबुंग, कूटुमसाङ्ग, माङ्ग्जिङ्ग गोठ हुँदै गोसाइकुण्ड पुग्ने मुख्य मार्गको रुपले पनि परिचित रहेको छ ।

पहिलो रात बाबा (दसरथ श्रेष्ठ ) अगष्ट रस सिंह लामा,अमर राज लिम्बु दाईहरु रेड पाण्डाको बास स्थानबारे स्थानीय एव होटल संचालक कालु लामा सँग छलफल गरेर म्यापिंग गर्दै गर्दा म भने चाहिँ ताराहरुको तस्बिर लिन चिसोमा बाहिर निस्किए । होटलमा केही बिदेशीहरु पनि थिए । कोही गोसाईकुण्डबाट फर्केका थिए भने कोही गोसाईकुण्ड हुँदै लाङ्ग्टाङ्ग सम्मको यात्रा लागि आएका थिए ।

दोश्रो दिन राष्ट्रिय चरा डाँफेका लागि ३५०० मिटरमा रहेको भ्यु प्वाइन्टतर्फ लाग्यौं जहाँबाट सगरमाथाको एक भाग देख्न सकिन्छ भनेर हामीलाई होटलका संचालक कालु लामाले जानकारी दिनुभएको थियो । थुप्रै चराहरु हामीले भ्यु प्वाइन्टमा देख्यौ । तर, डाँफे चाहिँ भेट्यौ तर निक्कै पर उडेपछि मात्र थाहा पायौं । लज फर्केर खाना खाएपछि म बाबा अनि दाईहरु सँगै रेड पाण्डाको बासस्थानतर्फ लाग्यौं । बेलुका सम्म जँगल घुम्दा पनि रेड पाण्डा नदेखेपछि हतास भएर फर्कियौं । बेलुका खाना खाने समयमा अर्को बास्थान प्रयास गर्ने निधो गरेर हामी सुत्न गयौं ।

तेश्रो दिन बिहानै माङ्ग्जिङ्ग गोठ भन्दा तल अर्को बासस्थान गयौं । बासस्थान वरपरी कस्तुरी र मुनाल पनि हुन सक्ने अनुमान लगाउँदै तस्विर लिन कुरेर बस्यौं । तरm अबेर बेलुकासम्म केही ननिस्किेपछि त्यो दिन पनि हामी निरास भएर फर्किनु पर्यो । बेलुका पुनः लजमा फर्केर भोली पनि रेड पाण्डा देखिएन भने काठमाडौँ फर्किनु पर्ला भनेर बाबा दाइहरु सल्लाह गर्दै गर्दा लज संचालक कालु लामाले पहिले पहिले धेरै नै पाण्डा देखिने बताए । उनले अहिले पनि रेड पान्डा देखिने गरेको बताए । भोलि बिहानसम्म लेकको गोठको साहु आउँछ । उसले तपाईहरुलाई पाण्डाको नयाँ बास–स्थान लैजान्छ अनि भाग्यमा रहेछ भने पक्कै देख्नुहुन्छ भन्दै हाँस्दै थिए ।

चौथो दिन बिहानै सबै जना उठेर गोठ तल्लो भेक तिर लाग्दै थियौं । त्यति नै बेला गोठको साहुसँग बाटोमा भेट भयो र उनको कुरा सुन्दा रेड पाण्डा भेटिन्छ कि भन्ने मनमा आस पलायो । र, उनको पछि पछि लाग्दै जंगल भित्र तिर लाग्यौं । पर भिर देखिएको ठाउँसम्म पुग्ने भन्दै हिड्दै गर्दा गोठको साहुले अमर राज लिम्बु दाइलाइ रेड पाण्डाले खाने खुराक भन्दै निङ्गालोको बोट देखाउँदै थिए ।

त्यति नै बेला अगष्ट रस सिंह लामाले रेड पाण्डा रुखमा नै छ जस्तो भन्दै ४–५ सट क्लिक गर्नुभयो ।मन निक्कै उत्साहित भइहेको थियो । चिडियाखाना र टीभीमा मात्र देखेको रेड पाण्डा उसैको बासस्थानमा हेर्न पाउनु र तस्विर लिन पाउनु मेरो ‘लक्की ड’ भनुँम या अहोभाग्य भनँु । जब मैले रुखको बीचमा पाण्डाको अनुहार देखँ ।े त्यतिबेला म यति खुसी थिए र धेरै एक्साइटेड भए । ‘डिस्टर्ब’ नगरी यसको याक्टिभिटि हेर्नु पर्छ भन्दै थिए अगस्ट दाई । तर, मेरो लागि त पहिलो चोटी थियो मन लाई थामेर भए पनि करिब २ घण्टा हामीले उक्त रेड पाण्डालाई हल्ला नगरि ‘अब्जर्ब’ गरिरह्यौं । उसले गर्ने क्रियाकलापलाई नियाल्दै बस्यौं । रेड पाण्डा लजालु स्वभावको जनवार भएको धेरै विज्ञहरुले भनेका थिए । उहाँहरुले भने जस्तै रेड पाण्डा हामीहरुलाई मतलब नै नगरि आनन्दले रुखमा सुतिरह्यो । विश्वको दुर्लभ जनावर रेड पाण्डाको करिव १५०० वटा फोटो मात्र खिचेको छु । सबै राम्रा तस्विर आएका छन् भनेर म भन्दिन । तर, केही चाहिँ पक्कै राम्रो आएको छ । वाईल्ड लाइफ फोटोग्राफीको मेरो यो यात्रामा रेड पाण्डाको तस्विर लिन पाउनु वाईल्डमा प्रत्यक्ष हेर्न पाउनु म आफुले आफुलाई भाग्यमानी ठान्दछु । तस्विर लिने मात्र हैन भविष्यमा प्रकृति संरक्षण र दुर्लभ बन्यजन्तु संरक्षण म आफ्नोतर्फ र वाईल्ड लाइफ फोटोग्राफीको तर्फबाट केहि योगदान दिन सकुँ ।

एसईई पश्चात केही समय फोटोग्राफीमा समय दिएका १६ वर्षीय दिपतान्शु श्रेष्ठ रीलायन्स इन्टरनेशनल कक्षा ११ मा अध्यनरत छन । आफ्नो बिदा र खाली समयमा बुवा दशरथ श्रेष्ठ सँग काठमाडौँ उपत्यकाका गोदावरी, फुलचोकी, टौदह, शिवपुरी लगायत क्षेत्रमा वाईल्ड लाइफ फोटोग्राफीको लागि जाने गर्दछन दिपतान्शु श्रेष्ठ । बुवा दशरथ श्रेष्ठको फोटोग्राफीबाट आफु प्रभावित भएर नै फोटोग्राफीमा लागेको दिपतान्शु श्रेष्ठ बताउछन ।

                                                                                                                                                                  सबै तस्वीरहरु दिपतान्शु श्रेष्ठ/नेपाल फोटो लाइब्रेरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?