बार्सिलोना । स्पेनिस ला लिगामा आइतबार बार्सिलोनाले एथ्लेटिको म्याड्रिडलाई पराजित गरेको छ । बार्सिलोनाको घरेलु मैदान सेन्ट मोन्टजुइक स्टेडियममा भएको खेलमा बार्सिलोनाले एथ्लेटिकोलाई एक-शून्यले पराजित गरेको हो ।
यो सिजन एथ्लेटिकोबाट लोनमा बार्सिलोना आउनुभएका जोआओ फेलिक्स खेलको निर्णायक बन्नुभयो । खेलमा बार्सिलोनाले गोल गर्ने धेरै अवसर खेर फालेको थियो । दोस्रो मिनेटमा राफिन्हाले पेड्रिसँग वान-तु खेल्नुभयो र डे पल र हर्मोसोलाई पछाडि पार्नुभयो तर एथ्लेटिकोका गोलकिपर जान ओब्लाकमाथि गोल गर्न सक्नुभएन ।
२८औँ मिनेटमा जोआओ फेलिक्सले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाउनुभयो । उहाँले राफिन्हाबाट पास प्राप्त गर्दै गोल गर्नुभएको हो । ४४औँ मिनेटमा ओब्लाकले जोआओ फेलिक्सको प्रहारलाई नजिकबाट बचाउनुभयो ।
८१औँ मिनेटमा मेम्फिस डिपेको फ्रिकिकलाई इनाकी पेनाले उत्कृष्ट ढंगले बचाउनुभएको थियो । ८६औँ मिनेटमा इल्के गुन्डोगानको पासमा लेवान्डोस्कीले अर्को मौका खेर फाल्नुभयो ।
जितसँगै बार्सिलोना तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । बार्सिलोनाको १५ खेलबाट ३४ अंक छ भने चौथो स्थानमा रहेको एथ्लेटिकोको १४ खेलबाट ३१ अंक छ । समान ३८ अंकका साथ रियल म्याड्रिड र पहिलो जिरोना दोस्रो स्थानमा छ । एजेन्सी ।
कृतज्ञतासहित शुभकामना
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच