भन्छन् बा-जननी नि किन्न सकिने छोरा र छोरी सबै ।
स्वास्नी किन्न सकिन्छ दौतर सखा पैसा हुँदामा अझै ।।
पैसा नै बलबुुद्धि शुुद्धि सुखको सोपान हो आखिर ।
मन्त्री सांसद दूूत मिल्दछ यहाँ पैसा भए जागिर ।।
१
पैसाले जनभावना मत कयौँ मोडिन्छ तोडिन्छ रे ।
पैसामै नवसिर्जना र रचना जोडिन्छ फोडिन्छ रे ।।
द्रोही दुुष्ट र रुष्ट पुुष्ट जति छन् सन्तुुष्ट पैसा दिए ।
पापी हिंस्रक भ्रष्ट नीच खतुवा, पैसासितै चोखिए ।।
२
मान्छन् शक्ति अचम्म जादुु धन यो संसारकै तेज हो ।
मक्किन्छन् कति ‘वाद-दर्शन’ यहाँ पैसा ठुुलो क्रेज हो ।।
लत्रिन्छन् धनमै कयौँ चहकिला ‘सिद्धान्त-आन्दोलन ।
कत्रिन्छन् ‘नव दूूर चिन्तन’ हरे ! पैसा पिलाइकन ।।
३
यस्तै बुुद्धि र वृत्तिले घर गरी, बेचिन्छ आफ्नै जन ।
स्वार्थी नग्न कृतघ्न भग्न मनका बढ्दै गए दुुर्जन ।।
मुुर्छा छन् धनसञ्चयी मन यहाँ पैसा बटुुल्नै तिर ।
भर्दैछन् परदेश बैंक अहिले, प्रज्ञा भयो निष्ठुर ।।
४
नाच्छन् स्वर्गपरी कयौँ नभचरी पैसा फिँजाए यहाँ ।
ठूला विज्ञ विशिष्ट शासक कयौँ डुुब्दै गए द्रव्यमा ।।
गद्दी स्वागत गर्छ गर्छ जनता चर्का प्रशंसा अहा !
यस्तै चिन्तन व्याप्त भो अवनिमा, पैसा कमाऊँ मजा !!
५
समाप्त ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच