राउटेको भेषभूषा र कला झल्काउँदै विद्यार्थी

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 5 mins

नवलपरासी । झट्ट हेर्दा मनै लोभ्याउने मञ्च । करिव ५ सय जना दर्सक त्यसमा पनि सबै विद्यार्थी र शिक्षक । नेपालमा नै लोपउन्मुख रहेको जातजातिहरुको कला र संस्कृति अनुसारका भेेेषभुसामा सजिएका विद्यार्थी र उनीहरुकाे प्रस्तुतिले नेपालको विविधता झल्काउने स्वरुप शुक्रबार पश्चिम नवलपरासीको एक कार्यक्रममा देेेखियो ।

लोप उन्मुख जातीमा रहेको राउटेको भेषभुसामा सजिएका विद्यार्थीले राउटे जातिको संस्कृति अनुसारको नाच प्रस्तुत गरे । पश्चिम नवलपरासीमा रहेका नीजि विद्यालयहरुको संस्था शैक्षिक एक्वद्ता समूह (जिसन) नवलपरासीले सांस्कृतिक नाच प्रतियोगितामा विभिन्न जात जातीको नाच प्रस्तुत गर्दै एक दिने नाच प्रतियोगिता शुक्रबार गरेको थियाे ।

नेपालको लोप उन्मुख जाति राउरेसहित गुरुङ, मगर नेवार, क्षेत्री लगायतका पोसाकहरुमा सजिएर विद्यार्थीले विभिन्न आदिवासी र जनजातिहरु कला र सस्कृतिलाइ प्रस्तुत गरेका छन । राउटे जातिको नाच, लाखे नाच, सालैजो नाच, मारुनी नाच विद्यार्थीहरुके प्रस्तुत गरेका छन् ।

निजि विद्यालयले नेपाली भाषा र कला सस्कृतीको जगेर्ना गर्ने प्रमुख ध्येयका राखेर सांस्कृतिक नाचको प्रतियोगिता गरिएको जिसन नवलपरासीका अध्यक्ष डम्बर बहादुर गुरुङले बताउनु भयो । जिसनले स्थापनदेखि नै हालसम्म नाच गान प्रतियोगिता गर्दै आएको बताउँदै अध्यक्ष गुरुङ संस्कृतिको सम्मान र जगेर्ना आदिवासी जनजातिमा प्रचलित नाच प्रस्तुत गरि सस्कृतिको जगेर्ना गर्न खोजिएको बताउनु भयो ।

जिसनमा आवद्ध १२ विद्यालयका करिव १ सय १० जना विद्यार्थीहरुले टिम गत रुपैमा सहभागी रहेको अन्तर माध्यमिक विद्यालय स्तरीय नाच प्रतियोगितामा बिशुद्द नेपाली संस्कृतिलाई महत्व दिएको प्याब्सन नवलपरासीका सचिव यज्ञ प्रसाद न्यौपानेले बताउनु भयो । विद्यार्थी केन्द्रिय सिकाइ नाच र गानका मध्यमबाट पनि गर्ने सकिने बताउादै विभिन्न जात जातीयका भेषाभुषा र संस्कृति नाच मार्फत विद्यार्थीको सिकाइ बढ्ने न्यौपानेको भनाइ छ ।

बिगतदेखि नै गर्दै आइरहेको नाच र गान प्रतियोगितालाई यस पटक सांस्कृतिक जगेर्नामा जोड गरिएको कार्यक्रम संयोजक पदम बहादुर ठकुरीले बताउनु भयो । विद्यार्थीलाई पश्चिमेली संस्कृति भन्दा पनि नेपाली लोप उन्मुख कला संस्कृति र भेषभुषाको सरक्षण गर्न सहयोग पुग्ने ठकुरीको भनाइ छ । अन्य नाचगानमा भन्दा कला संस्कृतिको नाचगानमा लागत बढीलाग्ने भएपनि जिसनले कला र संस्कृतिको जगेर्ना गर्ने कार्यक्रम गरिएको ठकुरीले बताउनु भयो ।

जिसन नवलपरासीमा करिब ४६ विद्यालय बाट नाच र गान गरि करिव २ सय विद्यार्थी सहभागी रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?