काठमाडौं । लालीगुराँस नेसनल एकेडेमीले दोस्रो तार्केश्वर मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि जितेको छ । लालीगुराँस २३ स्वर्ण, नौ रजत र सात कांस्य जित्दै ४९ विद्यालय सहभागी प्रतियोगितामा समग्रमा टिम च्याम्पियन बन्यो ।
तार्केश्वर नगरपालिकाद्वारा आयोजित प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन हिमरश्मी १४ स्वर्ण, २१ रजत र १२ कांस्यसाथ दोस्रो भयो । तेस्रो स्थानको किन्डर गार्टेनले १० स्वर्ण र दुई रजत हात पार्यो । ६ स्वर्ण, पाँच रजत र दुई कांस्यसाथ कौशल इंलिस बोर्डिङ स्कुल चौथो भयो । टिम च्याम्पियनले १ लाख, दोस्रोले ६० हजार, तेस्रोले ४० हजार र चौथोले २० हजार नगद पुरस्कार प्राप्त गरे ।
विजेतालाई तार्केश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जन, उपमेयर सिर्जना बुर्लाकोटी अर्याललगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो । प्रतियोगितामा टेबलटेनिस, एथलेटिक्स, भलिबल, बास्केटबल, उसु, कराँते, तेक्वान्दो र ब्याडमिन्टनमा प्रतिस्पर्धा भएको थियो । यस संस्करणदेखि टेबलटेनिस, बास्केटबल र ब्याडमिन्टन समावेश गरिएको थियो ।
मंसिर १५ गतेदेखि सुरु प्रतियोगितामा दुई हजार २५४ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । जम्मा ७२ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो ।
यता आयोजक ज्ञानोदय र रेडियन्ट पब्लिक २९औँ ज्ञान कार्निभलअन्तर्गत अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजको फाइनलमा प्रवेश गरेका छन् । बुङमतिस्थित घरेलु कोर्टमा ज्ञानोदयले पुष्प सदनलाई ४४-३० ले पराजित ग¥यो । ज्ञानोदयको जितमा रिजन अधिकारीले १८ अंक योगदान गर्नुभयो । लमिक योञ्जनको १९ अंक सहयोगमा रेडियन्टले ओएसिसलाई ४८-३४ ले हरायो ।
गल्र्समा पनि रेडियन्ट पब्लिक उपाधिनजिक पुगेको छ । रेडियन्टले त्रियोगलाई २७-२४ ले पाखा लगाउँदै रातो बंगलासँग फाइनल भेट पक्का ग¥यो । रेडियन्टकी दिब्यान्शा कार्कीले १८ स्कोर गर्नुभयो । अर्को सेमिफाइनलमा रातो बंगलाले बुढानीलकण्ठलाई ३८-२४ ले पन्छाएको थियो । रातो बंगलाकी अन्शु उरावले महत्वपूर्ण २६ अंक जोड्नुभयो । फाइनल आइतबार हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच