काठमाडौं । बायाँ हाते युवा ब्याटर राजमति ऐरीको उत्कृष्ट ब्याटिङमा नेपाल एपीएफ क्लबले दोस्रो टी-२० खेलमा बागमती प्रदेशलाई ६२ रनले हराएको छ । योसँगै तीन खेलको सिरिज एक खेल अगावै जितेको छ । जितको लागि १४४ रनको विजयी लक्ष्य पछ्याएको बागमतीले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ८१ रन बनायो । बागमतीका लागि सलिना सिलवालले ३६ बलमा एक चौकासहित सर्वाधिक २१ रन बनाउनुभयो । यशु पाण्डे १६ बलमा दुई चौकासहित २० रनमा नट आउट रहनुभयो ।
ओपनर हेसिला गुरुङ ११, कन्चन श्रेष्ठ चार, अस्मिता खरेल पाँच, सुजिता थापा तीन, एली यादव आठ र खुशी डंगोल एक रनमा आउट हुनुभयो । विपिशा शाही चार रनमा नट आउट रहनुभयो । एपीएफकी स्पिनर निशा भट्टले चार ओभरमा १६ रन खर्चेर दुई विकेट लिनुभयो । तीव्र गतिकी बलर रेखा रावलले तीन ओभरमा २० रन खर्चेर दुई विकेट लिनुभयो । सोनु खड्का र करुणा भण्डारीले एक-एक विकेट लिनुभयो ।
त्यसअघि तल्लो मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल एपिएफ क्लबले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै १४३ रन बनाएको थियो । ओपनर राजमति ऐरी ६३ बलमा पाँच चौका र दुई छक्कासहित ६९ रनमा नट आउट रहनुभयो । ममता चौधरी ४२ बलमा पाँच चौकासहित ४६ रनमा आउट हुनुभयो ।
एपिएफलाई ओपनर राजमति र ममताले पहिलो विकेटका लागि १५.१ ओभरमा १०२ रनको शतकीय साझेदारी गर्नुभएको थियो । रोमा थापा तीन र सरिता मगर १० रनमा आउट हुनुभयो ।
बागमतीको लागि युवा तीव्र गतिकी बलर कृष्मा गुरुङले चार ओभरमा २६ रन खर्चेर दुई विकेट लिनुभएको थियो । खुशी डंगोलले एक विकेट लिनुभयो । पहिलो खेलमा बागमती ७२ रनले पराजित भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच