दृष्टिविहीनका लागि मोटिभेसनल गीत

Read Time = 2 mins

काठमाडौं । दृष्टिविहीनहरूका लागि मोटिभेसनल प्रोजेक्टको रूपमा पहिलो अडियो डिस्क्रेप्टिभ म्युजिक भिडियो सार्वजनिक गरिएको छ । राजधानी काठमाडौंमा एक कार्यक्रमबीच उक्त भिडियो सार्वजनिक गरिएको हो । क्यानेडियन गायिका गिथिया बर्मनको शब्द, संगीत तथा स्वर रहेको गीतको भिडियोलाई एनोदर वल्र्डको रूपमा प्रस्तुत गरिएको छ ।

सृष्टि केसी र सुदेव सुरेश फिचर्ड भिडियो रिलिज कार्यक्रममा थुप्रै अतिथिहरूको उपस्थिति थियो । सृष्टि केसी र गिथिया बर्मनको कन्सेप्ट रहेको भिडियोको निर्देशन गिथिया बर्मनले गर्नुभएको हो । आमोश पुठियाटिलको डिओपी रहेको भिडियोको कोरियोग्राफी सदिक ज्याकीले गर्नुभएको छ । अडियोको डिस्क्रिप्सन र लेखनको कार्य सारदाको रहेको छ । सन्नी विश्वनाथ र टिफानी ब्रार प्रोजेक्ट कोर्डिनेटर रहनु भएको छ ।

कार्यक्रममा काठमाडौं महानगर पालिकाको उपमेयर सुनिता डंगोल, युरोपियन युनियन एम्बासडर नोना, अभिनेता राजेश हमाल, अभिनेत्री मिथिला शर्मा, गायक रामकृष्ण ढकाल, गायिका अञ्जु पन्त, अभिनेता प्रशान्त ताम्राकार, अभिनेत्री सुरक्षा पन्त, मिस नेपाल उषा खड्गी, सृष्टिको गुरुलगाएत अन्य थुप्रैको उपस्थिति थियो । कार्यक्रमको सुरुवातमा मिस्टर एण्ड मिस्टर ब्लाइण्ड रक्सका विजेता समिना लावतीले स्वागत मन्तव्य र अर्का किरणले गीत गाउनु भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?