धनगढी । छैटौं फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिताको मिति दोस्रो पटक सरेको छ । पहिलो पटक एक साता सारिएको प्रतियोगिता आजदेखि हुने भनिएकोमा फेरि एक साता सरेको हो । आयोजक फारवेष्ट पशुपति युवा क्लबले यसअघि प्रतियोगिता मंसिर २२ गतेदेखि आयोजना गर्ने तयारी गरेकोमा प्रतियोगिता मंसिर २९ गतेका लागि सारेको थियो । फेरि एक साताका लागि प्राविधिक कारणले प्रतियोगिता सार्दै आज पुस ६ गतेदेखि आयोजना गर्ने आयोजक फारवेष्ट पशुपति युवा क्लबका अध्यक्ष खेम रावतले जानकारी दिनुभयो ।
प्रतियोगिता एक सातका लागि सरे पनि आयोजकले खेल तालिका भने सार्वजनिक गरेको छ । प्रतियोगितामा सहभागी १५ टिमलाई दुई समूहमा विभाजन गर्दै प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको हो । प्रतियोगिताको उद्घाटन खेलमा पुस ६ गते स्टार सिटी युवा क्लब र पुनर्वास नगरपालिका खेलकुद विकास समिति खेल्नेछन् ।
समूह ‘ए’मा स्टार सिटी र पुनर्वास नगरपालिका खेलकुद विकास समितिसँगै टेकबहादुर चोखाल फाउण्डेशन, घोडाघोडी युवा क्लब, विएस १५ फुटबल एकेडेमी, एपीएफ ७ नम्बर वाहिनी, सिएफसी क्लब कोलकोत्ता र सुदूरपश्चिम ११ स्पोर्टस क्लब रहेका छन् । समूह ‘बी’मा इलाइट युवा क्लब, अल स्टार्स एकेडेमी, वाइज युनियन लम्की, नेपाल प्रहरी सुदूरपश्चिम प्रदेश, पुनर्वास युनाइटेड क्लब, ग्रीन सिटी क्लब र आयोजक फारवेष्ट पशुपति युवा क्लब छन् ।
प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले दुई लाख पाउनेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २५ हजार तथा विभिन्न विधाका उत्कृष्टले १५-१५ हजार रुपैयाँ पुरस्कार पाउने आयोजक फारवेष्ट पशुपति युवा क्लबका अध्यक्ष खेम रावतले बताउनुभयो ।
प्रत्येक खेलको म्यान अफ द म्याचले पाँच हजार नगद पाउनेछन् । सबै धनराशी जोडेर आठ लाख ७० हजार नगद पुरस्कार दिइने आयोजक फारवेष्ट पशुपति युवा क्लबले जनाएको छ । प्रतियोगिता सञ्चालनमा झण्डै ४९ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच