काठमाडौं । स्वीकारोक्ति विश्व यात्रा-२०२३ महाअभियानको काठमाडौंमा समापन गरिएको छ । स्वीकारोक्ति फाउण्डेशनको आयोजनामा सञ्चालन भएको महाअभियानको शुक्रबार काठमाडौंमा साहित्यिक तथा युवा शैक्षिक शिखर सम्मेलनको आयोजना गर्दै समापन गरिएको हो । नेपाल र भारतका विभिन्न स्थानमा कार्यक्रम गरिएको महाअभियानको गत मंसिर ७ गते काठमाडौंबाटै अनौपचारिक शुभारम्भ गरिएको थियोे ।
प्रज्ञा प्रतिष्ठानको सभा हल काठमाडौंमा भएको यात्राको अन्तिम कार्यक्रममा विभिन्न विद्यालयका करिब १३ सय विद्यार्थीहरूको सहभागिता रहेको स्वीकारोक्ति दर्शन अभियानका अभियान्ता तथा काठमाडौं कार्यक्रम संयोजक दयाराम घिमिरेले जानकारी दिनुभयो ।
सिक्किम विश्व विद्यालय नेपाली विभागकी प्राध्यापक डाक्टर पुष्पा शर्माको प्रमुख आतिथ्य र स्वीकारोक्ति दर्शनका प्रवर्तक डेन्जोम साम्पाङ राईको अध्यक्षतामा भएको कार्यक्रममा महाअभियानको समापन भएको थियो । कार्यक्रममा स्वीकारोक्ति दर्शन सम्बन्धि स्वीकारोक्ति दर्शनका प्रवर्तक डेन्जोम साम्पाङ राई र मोटिभेटर राजाबाबु शाहले विद्यार्थीहरूको व्यक्तित्वको विकासका उपाय सुझाउनुभएको थियो ।
स्वीकारोक्ति फाउन्डेशन अन्तर्राष्ट्रिय सम्पर्क, समन्वय तथा कार्यक्रम आयोजना प्रमुख कर्ण गुरुङले यस विश्व यात्रा सकारात्मक भावसहित खुशी, शान्ति र सद्भाव फैलाउने विशेष उद्देश्यका साथ आयोजना गरिएको बताउनुभयो । स्वीकारोक्ति विश्व यात्रा–२०२३ मा नेपाल र भारतका विभिन्न स्थानमा स्वीकारोक्ति दर्शनसम्बन्धी कार्यक्रमसहित सम्पन्न भएको उहाँले बताउनुभयो । साथै अन्य वर्षमा अन्य देशहरूमा यो यात्रा जारी रहने गुरुङको भनाइ थियो । कार्यक्रममा स्वीकारोक्ति फाउण्डेशन अन्तर्राष्ट्रिय सम्पर्क, समन्वय तथा कार्यक्रम आयोजना प्रमुख कर्ण गुरुङको चेतनाको बाटो विचारसंग्रह, मानव म्युजिक भिडियो र गोपाल पौडेलको ‘स्टोरी हृवीथइन दी स्टोरी’ कथा संग्रहको विमोचनसमेत गरिएको थियो ।
कार्यक्रममा स्वीकारोक्ति दर्शनकी अभियान्ता तथा कलाकार शिला उप्रेतीको विशेष प्रस्तुति रहेको थियो भने सिक्किमका गायक तथा संगीतकार डा.मनोज राई, गायक तथा संगीतकार सिडी विजय अधिकारी, गायक यम बराल र यस कुमारले गायन प्रस्तुति दिनुभएको थियो ।
कार्यक्रममा प्राडा.टंकप्रसाद न्यौपाने, साहित्यकार राधेश्याम लेकाली, संगीतकार दीपक जंगम, कवि विप्लव प्रतीक, डा.गोविन्द रिजाल, गीतकार डा.कृष्णहरि बराल, काठमाडौं प्याप्सन अध्यक्ष प्रेम राई परिक्षित, कलाकार मनोज गजुरेल, सिक्किमका समाजसेवी जि.यस शर्माको विशेष उपस्थिति थियो ।
कार्यक्रममा स्वीकारोक्ति फाउण्डेशनका अभियान्ताहरू पातलो अन्तरे, शेखर कोइराला, दियालो शुसन माझी, नेत्र आचार्य, गजलकार दीलिप घिमिरे, विवश बलिभद्र कोइराला, खगिन्द्रा खुशी, कवि नवराज पराजुली, कविता पौडेल, उत्तम तुम्सा लिम्बूलगायत स्रष्टाहरूले आ-आफ्नो सिर्जना प्रस्तुत गर्नुभएको थियो । जिविएओका उपाध्यक्ष तथा अभियान्ता आभास रिखम मगरले स्वागत गरेको कार्यक्रमको सञ्चालन दिनेश डिसी र पूर्वमिस नेपाल सुगारिका केसीले संयुक्त रूपमा गर्नुभएको थियो ।
https://ehimalayatimes.com/2023/12/180494/
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच