कालीकोट । कालीकोट जिल्लाका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीले प्रजनन् स्वास्थ्यमा चाँसो दिन थालेका छन् । बिद्यालयमा पढाई हुने बिषयमा खासै नियमित नहुने यहाँका विद्यार्थी बालबिवाह, प्रजनन् स्वास्थ्यका बिषय जान्न भने बिद्यालयमा नियमित हुन थालेका हुन् ।
पछिल्लो समयमा जिल्लाका केही सामुदायिक बिद्यालयमा अध्ययनरत विद्यार्थी बिद्यालयमा भर्ना भएकै संख्यामा सहभागी हुन थालेका छन् । प्लान इन्टरनेश्नल नेपालको आर्थिक सहयोग तथा मानव अधिकार तथा वातावरण विकास केन्द्र हुरेन्डेक नेपालको साझेदारीमा सञ्चालित बालबिवाह, छिटो विवाह, जवरजस्ती विवाह न्यूनिकरण परियोजनाले बिद्यालयमा प्रजनन् स्वास्थ्य र बालबिवाह गर्दाका नकारात्मक असरका बारेमा सचेतिकरण गराइरहेको छ ।
कालीकोटको सान्नी त्रिवेणी डाँफे माबि मुम्राका शिक्षक नहकुल न्यौपानेले स्वास्थ्यका बिषयमा दैनिक बिद्यालयमा छलफल हुन सुरु भएदेखि विद्यार्थी नियमित हुन थालेको बताउनुभयो । बालबिवाह र प्रजनन् स्वास्थ्यका कुरा विद्यालयमा पढाउन सुरु भएको सूचनापछि बिद्यालय छोडेका छात्रा २१ जना र छात्र नौ जना गरि जम्मा ३० जना विद्यार्थि नयाँ भर्ना भएको न्यौपानेले हिमालय टाइम्सलाई जानकारी दिनुभयो ।
शिक्षक न्यौपानेले यहाँ विद्यार्थीलाई नियमित गराउने राम्रो सचेतीकरण भइरहेको छ । यो सफलता हुनुको मुख्य कारण गैरसरकारी निकायका कारण हो, तर विद्यार्थीका लागि चाहिने अति आवश्यक ज्ञानसँगै विषेश गरेर स्वास्थ्यका कुरामा कक्षा सञ्चालन हुँदा विद्यार्थी नियमित हुन थालेको आफूले महसुस गरेको बताउनुभयो ।
यो उमेर पनि स्वास्थ्य प्रति बढी चासो हुने उमेर हो, यहीँ बेला बिद्यालय स्तरमा यो कार्यक्रम सञ्चालन हुँदा जिल्लाका धेरै सामुदायिक बिद्यालयमा अध्ययनरत विद्यार्थीले लाभ लिने अवसर पाएको कालासिल्ला माध्यमिक, बिद्यालयका प्रधानाध्यापक आशा केसीले जानकारी दिनुभयो ।
प्रअ केसीले आफू पढ्ने समयमा यस्ता अवसर हुन्थे भने हामी धेरै अगाडी बढ्ने थियौँ । उ बेलाको बिद्यालय पढ्दाको समस्या बारेमा जानकारी दिँदै प्रअ केसीले भन्नुभयो, महिनावारी हुँदा पनि सँगै पढ्ने केटा साथीले जिस्काएर बिद्यालय आउने वातावरण हुँदैन थियो । अहिले स्वास्थ्यमा आउने परिवर्तनका बारेमा कक्षा कोठामै जान्न पाउनु बिद्यार्थीका लागि सुनौलो अवसर भएको सुनाउनुभयो ।
बिद्यालयसँगै गैरसरकारी संस्थाहरूले टोलटोलमा विभिन्न जनचेतना दिन थालेपछि विद्यार्थीहरूको आकर्षण बढेको नागरिकको बुझाई छ । सरकार पनि सामुदायिक बिद्यालयमा विद्यार्थी आकर्षित गर्न निःशुल्क भर्नादेखि निःशुल्क पाठ्यपुस्तक, छात्रवृत्ति, दिवा खाजा लगायतका कार्यक्रममा बर्षेनि ठूलो रकम लगानी गर्दै आएको छ ।
शिक्षामा सबै बालबालिकाको पहुँच सुनिश्चित गर्ने र माध्यमिक तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क गर्न सरकारले अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन २०७५ कार्यान्वयनमा ल्याउँदा बृद्धि भइरहेको बिद्यालय भर्ना दर अहिले थप विकास भएको छ । परिवर्तनका सम्वाहक कक्षा सञ्चालनले बिद्यालय छोडेकाहरूको पनि आक्रर्षण बढेको अबिभावकको पनि बुझाई छ । अबिभावक धुर्वप्रसाद उपाध्यायले डाँफे माविमा विद्यार्थीको आकर्षणमा बृद्धि भएको आफूले पाएको सुनाउनुभयो ।
विद्यालय शिक्षाको रेखदेख गर्ने जिम्मा स्थानीय तहले पाए पनि शिक्षामा सुधार र विद्यार्थी संख्या बढाउनेतर्फ ध्यानै नदिएका कारणले पछिल्लो समय बिद्यालय छोड्नेको दर वढिरहेको थियो । बालबिवाह, छिटो बिवाह, जवरजस्ती विवाह न्यूनिकरण परियोजनाले सञ्चालन गरेदेखि सामुदायिक बिद्यालयमा शिक्षा प्रति चासो बढेको देखिन्छ । सरकारी तथा गैरसरकारी निकायको पहलमा नितिगत तथा प्रत्साहन मुलक कार्यक्रमहरूले गर्दा अहिले विद्यालय बाहिर रहेको विद्यार्थीहरू नियमित विद्यालय जाने गरेको पछिल्लो तथ्यांकले पनि देखाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच