नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका १० मा रहेको संसारकोट हरियाली सामुदायिक वनको २० औं साधारण सभामा वन पैदावरको नीति उपभोक्ता मैत्री नभएको बताउँदै वन निति उपभोक्ता मैत्री बनाउन पहल गर्नु पर्ने आवश्यकता औल्याइएको छ । कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका सदस्य विश्वप्रेम पाठकले उपभोक्तालाई दिने बन पैदवारको हकमा २५ प्रतिशत कर लगाउनु गलत रहेको बताउनु भयो ।
उहाँ भन्नुहुन्छ, 'उपभोक्तालाई बिक्री गर्ने बन पैदवारमा २५ प्रतिशत कर लगाउने निति गलत छ । यो सच्याइनु पर्छ । वनको सरक्षण र सम्बर्द्धन गर्ने उपभोक्तालाई करको मारमा पार्नु हुँदैन । उपभोक्ताले वन र चुरे बचाउनु पर्ने बताउँदै उहाँले वन र चुरे बचाएनौ भने आज उर्वर रहेका जमिन भोलि मरुभूमिमा परिणत हुने उहाँको भनाइ छ ।
बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले वनलाई उत्पादनमा जोड्नु पर्ने आजको आवस्यकता रहेको बताउँदै उहाँले वनमा जडिबुटी र फलफूलको अवधारणा अनुसार बर्दघाट नगरले ५ हजार फलफुलका बोट बिरुवा लगाएको बताउनु भयो । वन भित्र फलफुलको बगैंचा, सिमसारको अवधारणा र सहिद पार्कलाई बनभोजको स्थालका रुपमा बिकास गरि आन्तरिक पर्यटनको केन्द्र बिन्दु बनाउन नगर अगाडी बढेको श्रेष्ठको भनाइ छ ।
डिभिजन बन कार्यालय नवलपरासीका प्रमुख महेन्द्र वाग्ले वन ऎन अनुसार बनको सरक्षण र सम्बर्द्धन गर्नु पर्ने बताउनु भयो । बन ऎन अनुसार बनले गरेको आम्दानीको कम्तीमा २५ प्रतिशत बन बिकास र बाकी रहेकोमा १०० प्रतिशत मानेर ५० प्रतिशत महिला र रोजगारी सिर्जना र कार्य सक्षता बिकास र बाकी ५० प्रतिशत स्थानीय तहसंग मिलेर विभिन्न योजनाहरु बनाउने र ती योजनामा खर्च गर्न सकिने वाग्लेले बताउनु भयो । वन सम्बर्द्धन प्रणाली अनुसार बनको सहि रुपमा प्रयोग व्यवस्थापन, सरक्षण र सम्बर्द्धन गरि प्रणाली हो राम्रो हो भनेर प्रमाणित गर्ने चुनौती रहेको वाग्लेको भनाइ छ ।
बैज्ञानिक वन महासङ्ग लुम्बिनी प्रदेशका महासचिव होम बहादुर गुरुङ्गले बैज्ञानिक बन ब्यवस्थापनको बुझाइ गलत रहेको बताउनु भयो । 'कतिपय बनले गल्ती गर्दा माननीय मन्त्रीले काठ दाउरा जहा जस्तो अवस्थामा छन तेहि राख्नु भन्ने आदेश दिनु भयो । हामीले आन्दोलन गर्यौ र अहिले उपभोक्तालाई काठ दाउरा दिन पाएका छौँ।' गुरुङ्गले भन्नुभयो । बैज्ञानिक वन ब्यवस्थापनको प्रमुख उद्देश्य बन सरक्षण गर्नु रहेको बताउँदै उहाँले बन सरक्षण गर्ने नक्दा राज्यलाई करोडौं राजस्व घाटलागेको गुरुङ्गको भनाइ छ ।
बैज्ञानिक बन व्यवस्थापन समुह नवलपरासीका जिल्ला अध्यक्ष यज्ञ प्रसाद पाण्डेय वन मानव जिवनमा अत्यावश्यक रहेको बताउँदै भाबी पुस्ताले यसको प्रयोग गर्ने सकिने गरि सरक्षण गर्नु पर्ने बताउनु भयो । उहाँ भन्नुहुन्छ 'वनको सरक्षण र सम्बर्द्धनमा संघीय र प्रदेश ऎन बाझिएका छन । ऎनको कार्यन्वनमा समस्या आएको छ ।' राज्यले नितिगत रुपमा सहजीकरण गरी बनको सरक्षण र सम्बर्द्धन गर्नु पर्ने आजको आवश्यकता रहेको पाण्डेको भनाइ छ ।
बार्षिक कार्ययोजना बनाइ काम गरिरहेको बताउदै अध्यक्ष कमल प्रसाद पराजुलीले एक करोड ४ लाख रुपैयाँ बराबरको बार्षिक कार्ययोजना पेस गर्नु भयो । सांस्कृतिक तथा जनचेतना मुलक कार्यक्रमकाका साथै गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई ड्रेस र स्टेसनरी उपलब्ध बनाइएको र बनको कार्ययोजना र नक्सा भित्र रहेको सिमसार र सहिद पार्कलाई थप आकर्षक बनाउँदै अगाडि बढ्ने पराजुलीको भनाइ छ ।
संस्थाका अध्यक्ष कमल प्रसाद पराजुलीले अध्यक्षको प्रतिबेदन, सचिव कमला सुवेदी र कोषाध्यक्ष अर्जुन कुमार मल्ल, लेखा समिती सयोजक शंकर प्रसाद पाण्डेयलगायत प्रतिबेदन प्रस्तुत गर्नु भएको छ । कार्यक्रममा बर्दघाट वडा नम्बर १० वडा अध्यक्ष राजु मिश्र, बर्दघाट सरावल सबडिभिजन कार्यालयका प्रमुख रबिन्द्र चौधरी, सस्थाका सल्लाहकार बालिन्द्र बिक्रम शाही, नेपाल रेडक्रम सोसाइटी पन्चनगर उपशाखाकि अध्यक्ष बिजुला जोशी, यज्ञ खनाललगायतले बोल्दै बनको सरक्षणमा आजको आवश्यकता रहेको बताउनु भयो ।
स्वागत संस्थाका अध्यक्ष कमल प्रसाद पराजुलीको अध्यक्षता रहेको कार्यक्रममा उपाध्यक्ष चन्द्र कुमारी चौधरी स्वागत र सचिव कमला सुबेदीको संचालन गर्नु भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच