काठमाडौं । नेपाली बजारमा गुडइयर ब्राण्डको लुब्रिकेन्ट भित्रिएको छ । विभिन्न ब्राण्डको कारोबारमा संलग्न रहेको डेल्टा डिस्ट्रिब्युटर्स प्रालिले गुडइयर लुब्रिकेन्टको बिक्री सुरु गरेको हो ।
कम्पनीले भारतमा उत्पादित गुडइयर लुब्रिकेन्टको आइतबार एक कार्यक्रमबीच बिक्री सुरु गरेको छ । दुईपांग्रे तथा चारपांग्रे सवारीसाधन, ट्याक्टर, हेभी इक्विपमेन्ट तथा औद्योगिक क्षेत्रमा प्रयोग हुने सबै किसिमका ल्युब तथा ग्रिज उपलब्ध हुने कम्पनीले जनाएको छ ।
गुडइयर अमेरिकाको प्रतिष्ठित र पुरानो अटोमोटिभ कम्पनी हो, जसको विश्वभर २१ देशमा ४६ उत्पादन युनिट रहेको छ । सन् २०२० देखि गुडइयरले भारतमा लुब्रिकेन्टको प्लान्ट स्थापना गरी एसियाका १६ देशमा बिक्री गर्दैै आएको छ ।
गुडइयरले गुणस्तरसम्बन्धी सबै अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरी आइएसओ ९००१ः२०१५, आइएसओ १४००ः२०१५ र आइएसओ ४५००ः२०१८ प्रमाणपत्र प्राप्त गरेको छ । विशेषगरी टायर, ट्युब तथा पार्ट्स बिक्री गर्दै आएको डेल्टा डिस्ट्रिब्युटर्सले पहिलोपटक लुब्रिकेन्ट भिœयाएको डेल्टा डिस्ट्रिब्युटर्सका निर्देशक विक्रम सिंघानियाले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच