नेपाल बैंकको ब्राण्ड दूतमा महावीरको निरन्तरता

Read Time = 2 mins

काठमाडौं । नेपाल बैंकले ब्राण्ड एम्बेसडरमा फेरि पनि डा. महावीर पुनलाई नियुक्त गरेको छ । २०७६ सालदेखि नेपाल बैंकको ब्राण्ड एम्बेडरमा नियुक्त राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. पुनको नियुक्ति पुनः एक वर्ष थप गरिएको हो ।

मंगलबार बैंकको प्रधान कार्यालयमा आयोजित एक समारोहबीच बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र पुनले ब्राण्ड एम्बेसडर नवीकरणसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो । सो अवसरमा पुनले नेपाल बैंकजस्तो नेपालको बैंकिङ क्षेत्रको गौरवमय इतिहास बोकेको संस्थामा ब्राण्ड एम्बेसडरमा पुनः नियुक्त हुन पाएकोमा खुसी व्यक्त गर्दै नेपाल बैंकको श्रीवृद्धिमा सक्दो योगदान रहने बताउनुभयो ।

प्रमुख कार्यकारी अधिकृत अधिकारीले डा. पुनजस्ता विशिष्ट व्यक्तित्व साथै आमनेपालीको प्रेरणाको स्रोतलाई बैंकको ब्राण्ड एम्बेसडरमा निरन्तरता दिन पाउनु आफंैमा गर्वको विषय भएको बताउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?