माओवादी बिद्यार्थी संगठन फुट्याे, पवन कार्कीको नेतृत्वमा आयोजक समिति

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । लामो विवादमा फसेको पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी अन्ततः बिभाजन भएको छ ।

अध्यक्ष पञ्चा सिंहले संगठनमा एकलौटी गरेको भन्दै उपाध्यक्ष पवन कार्कीको नेतृत्वमा अलग्गै समानान्तर समिति घोषणा गरेसँगै सो संगठन बिभाजन भएको हो ।

‘अध्यक्षज्यूको समुहले बिधान बिपरित पदाधिकारी तथा केन्द्रिय समितिको संख्या थपे पछि हामीले आपत्ति जनाउँदै आएका थियौं तर उहाँले कुनै अनुरोध मान्नु भएन्,’ असन्तुष्ट समुहका उपदेश यादवले भन्नुभयो, ‘संगठनलाई बिधान बमोजिम अघि बढाउनका लागि हामीले १ सय ९९ सदस्यीय आयोजक समिति निर्माण गरेका हौं ।’

उहाँका अनुसार सो आयोजक समितिले संगठनलाई बिधान बमोजिम काम कारवाही गराउन र सम्मेलनको तयारी गर्नेछ । वानेश्वरस्थित नेपाल कमर्श क्याम्पसवाट घोषणा हुने उक्त नयाँ कमिटीमा असन्तुष्ट पक्षका देशैभरीका बिद्यार्थी नेताहरुको समर्थन रहेको यादवले दावी गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?