माओवादी पदाधिकारी बैठक आज बस्दै, यी विषयमा हुनेछ छलफल 

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज बस्ने भएको छ । बैठक दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको हो ।

बैठकमा माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचन, पार्टीको रुपान्तरण अभियानलगायत समसामयिक विषयमा छलफल हुने छ । भदौ १६ गतेदेखि सुरु भएको माओवादीको अभियान पुस १६ मा सकिँदैछ । त्यसलगत्तै केन्द्रीय समिति बैठक बोलाउने माओवादीले तयारी गरेको छ । केन्द्रीय समिति बैठकले विधान सम्मेलनको  मिति तय गर्ने माओवादीले जनाएको छ ।

आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरु आन्तरिक तयारीमा जुटेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?