दिल्ली । इण्डियन प्रिमियर लिग (आइपिएल)को बोलकबोल (अक्सन)मा खेलाडीहरूमाथि धन वर्षा भएको छ । सनराइजर्स हैदराबादले अष्ट्रेलियाका तीव्रगतिका बलर प्याट कमिन्सलाई इण्डियन प्रिमियर लिग (आइपिएल) इतिहासकै सर्वाधिक मूल्य २० करोड ५० लाख भारु (झण्डै ३३ करोड) नेपाली रुपैयाँमा किनेको छ ।
प्याट कमिन्सले आफ्नो मूल्य न्यूनतम दुई करोड भारु राख्नुभएको थियो । उहाँलाई किन्न चेन्नई र मुम्बईबीच प्रतिस्पर्धा भएको थियो । पाँच करोडमा आएर बेंगलोरले पनि मूल्य लगाएको थियो । चेन्नाईले ६ करोड ८० लाखमा पुगेर प्याट कमिन्सलाई छाडेको थियो ।
त्यसपछि अक्सनमा आएको हैदराबाद र बेंगलोरबीच कडा प्रतिस्पर्धा भयो । अन्त्यमा हैदराबादले २० करोड ५० लाख रुपैयाँमा कमिन्सलाई भित्र्यायो । यो आइपिएल अक्सनमा पाएको सर्वाधिक मूल्य हो । यसअघि गत वर्ष पञ्जाब किंग्सले साम करनलाई १८ करोड ५० लाख भारुमा किनेको थियो । त्यस्तै गत वर्ष क्यामरन ग्रिनलाई मुम्बईले १७ करोड ५० लाख भारुमा किनेको थियो ।
कमिन्सले तीव्रगतिमा बलिङसँगै तल्लोक्रममा आक्रामक ब्याटिङ पनि गर्ने गर्नुहुन्छ । त्यस्तै अष्ट्रेलियालाई यसपटक विश्वकप उपाधि जिताउँदा कप्तानको भूमिकामा हुनुहुन्थ्यो ।
यस्तै चेन्नाई सुपर किंग्सले न्युजिल्याण्डका युवा ब्याटिङ अलराउण्डर रचिन रविन्द्रमाथि एक करोड ८० लाख भारतीय रुपैयाँ खर्चियो । उहाँले न्यूनतम ५० लाख भारु मूल्य राख्नुभएको थियो । उहाँलाई किन्न चेन्नाई, पञ्जाब र दिल्लीबीच प्रतिस्पर्धा भएको थियो । चेन्नाईले एक करोड ८० लाखमा पाएको छ ।
यस्तै वानिन्दु हसरंगालाई हैदराबादले न्यूनतम एक करोड ५० लाखमा खरिद ग¥यो । हसरंगाले स्पिनसँगै मध्य र तल्लोक्रममा राम्रो ब्याटिङ गर्ने गर्नुहुन्छ ।
ट्रविस हेड ६ करोड ८० लाख भारुमा सनराइजर्स हैदराबाद पुग्नुभयो । उहाँले अक्सनमा न्यूनतम दुई करोड राख्नुभएको थियो । चेन्नाई र हैदराबादले अक्सनमा निरन्तर प्रतिस्पर्धा गरे । ६ करोड ८० लाखमा गएर चेन्नाईले छाडेको थियो । हैदराबादले उक्त मूल्यमा पाएको हो ।
वेस्ट इण्डिजका आक्रामक ब्याटर रोभम्यान पावेललाई राजस्थान रोयल्सले सात करोड ४० लाख भारुमा किनेको छ । उहाँले न्यूनतम मूल्य एक करोड राख्नुभएको थियो । कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्सबीच सुरुवातमा प्रतिस्पर्धा भएको थियो । यी दुई टोलीको निरन्तर प्रतिस्पर्धाले उहाँले महँगो मूल्य पाउनुभएको हो ।
वेस्ट इण्डिजका आक्रामक ब्याटर रोभम्यान पावेललाई राजस्थान रोयल्सले सात करोड ४० लाख भारुमा किनेको छ । उहाँले न्यूनतम मूल्य एक करोड राख्नुभएको थियो । कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्सबीच सुरुवातमा प्रतिस्पर्धा भएको थियो ।
इंग्लयाण्डका युवा ब्याटर हृयारी ब्रुक चार करोड भारुमा दिल्ली पुग्नुभएको छ । उहाँले न्यूनतम दुई करोड मूल्य राख्नुभएको थियो । दिल्लीले सुरुवातमा र त्यसपछि राजस्थानले मूल्य लगाएको थियो ।
सनराइजर्स हैदराबादले अष्ट्रेलियाका आक्रामक ब्याटर ट्रविस हेडलाई ६ करोड ८० लाख भारु (१० करोड ८५ लाख रुपैयाँ) मा किनेको छ । ट्रविस हेडले न्यूनतम दुई करोड राख्नुभएको थियो । उहाँलाई किन्न सनराइजर्स हैदराबादले मूल्य लगाएको थियो । चेन्नाईले मूल्य लगाएपछि मूल्य बढेको थियो । चेन्नाई र हैदराबादले अक्सनमा निरन्तर प्रतिस्पर्धा गरेका थिए । ६ करोड ८० लाखमा गएर चेन्नाईले छाडेको थियो । हैदराबादले उक्त मूल्यमा पाएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच