![स्वास्थ्यका लागि फर्सी खानुका फाइदै फाइदा](https://ehimalayatimes.com/wp-content/uploads/2023/09/Fersi-for-health.jpg)
काठमाडौं । नेपाल सुपर लिग-२ मा प्लेअफ समीकरणबाट बाहिरिसकेको स्पोर्टिङ इलाम एफसीले ललितपुर सिटी एफसीलाई स्तब्ध पारेको छ । दशरथ रंगशालामा मंगलबार इलामले ललितपुरलाई एक-शून्यले पराजित गरेको हो । दोस्रो हाफमा फोडे कामाराले इलामका लागि निर्णायक गोल गर्नुभयो । ललितपुरको भने यो सिजनको पहिलो हार हो । अब लिगमा एकमात्रै अपराजित टोलीका रूपमा धनगढी रहेको छ ।
इलाम यस जितसँगै आठ खेलमा आठ अंक जोड्दै अंक तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । ललितपुर भने सात खेलमा १० अंकका साथ तेस्रो स्थानमा छ । यस हारले ललितपुरको प्लेअफ पुग्ने सम्भावनामा धक्का लागेको छ ।
खेलको सुरुवातमै इलामका गोलरक्षक विकेश कुथु पोजिसनबाहिर रहेको अवस्थामा सेसेहाङ आङदेम्बेले झण्डै २५ यार्ड टाढाबाट गरेको प्रहार डिफेन्डर विमल पाण्डेले छेक्दै गोल हुन नसकेपछि ललितपुरले अग्रता पाएन ।
खेलको २३औँ मिनेटमा कप्तान विकेशले दिनेश हेन्जनले पेनाल्टी क्षेत्रभित्रबाट गरेको प्रहारमा दायाँतर्फ डाइभ दिँदै बाहिर पठाउनुभयो । ३७औँ मिनेटमा ललितपुरको अग्रतासामु क्रसबार बाधक बन्यो । दोस्रो हाफको सुरुवातमै अनिल महर्जनको प्रहार ब्लक हुन पुग्यो ।
५३औँ मिनेटमा इलामका नवीन लामाको कर्नर फोडे कमाराले पोस्टमाथि हेड गर्नुभयो । लगातार ललितपुरले आक्रमण बुनिरहेका बेलामा ५९औँ मिनेटमा इलामले ललितपुरको गल्तीकै कारण खेलमा अग्रता लियो । ओमोलाजा करिमको खुट्टाबाट बल खोसेर फोडे कमाराले बाल्टुसको खुट्टामुनिबाट गोल गर्दै खेलमा अग्रता दिलाउनुभयो ।
८०औँ मिनेटमा करिमसँग पुनः हेडर जित्न नसकेपछि कमारालाई पुनः वान अन वान अवसर थियो । तर, उहाँको खुट्टामा लागेर बल सिधै बाल्टुसको हातमा पुग्यो । ९०औँ मिनेटमा पापाको क्रसमा इमोहको हेडर विकेश बिट भइसकेपछि आशिष गुरुङले क्लियर गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच