स्वास्थ्यका लागि फर्सी खानुका फाइदै फाइदा

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । हाम्रो भान्सामा हामीले सेवन गर्ने खाद्यान्न कुनै न कुनै रूपमा औषधीय गुण भएका हुन्छन् । यसको सही प्रयोगले हाम्रो शरीरलाई धेरै फाइदा पुग्न सक्छ । आउनुहोस् यहाँ यस्तैमध्ये हामी धेरैको भान्सामा प्रयोग भएको तरकारीका बारेमा जानौँ । हो आज हामी चर्चा गर्दै छौँ फर्सीको । यो विशेष गरी तरकारी पकाउने गरिन्छ । फर्सीमात्र नभएर यसको बियाँ र मुन्टा पनि पोषक तत्वका हिसाबले उत्कृष्ट मानिन्छ । बच्चादेखि वृद्धसम्म सबैले रुचाउने फर्सीमा प्रशस्तमात्रामा पाइने खनिज र भिटामिनले हाम्रो शरीरलाई स्वस्थ र तन्दुरुस्त राख्न मद्दत गर्छ । यसमा प्रशस्तमात्रामा भिटामिन ‘ए’, फलाम, फाइबरलगायत विभिन्न पौष्टिक तत्वहरू पाउन सकिन्छ । यसको नियमित सेवनले शरीरलाई स्वस्थ राख्नमा लाभदायी हुन्छ ।

फर्सीमात्र नभएर यसको बियाँ र मुन्टा पनि पोषक तत्वका हिसाबले उत्कृष्ट मानिन्छ । बच्चादेखि वृद्धसम्म सबैले रुचाउने फर्सीमा प्रशस्तमात्रामा पाइने खनिज र भिटामिनले हाम्रो शरीरलाई स्वस्थ र तन्दुरुस्त राख्न मद्दत गर्छ ।

फर्सीको मुन्टा भिटामिन ई, ‘सी, ए, बी-६, पोेटासियम, फोलिक एसिड, क्याल्सियम, कपर, प्रोटिन, म्याग्नेसियम, आइरन, फाइबर, फस्फोरसजस्ता खनिज पदार्थको राम्रो स्रोत हो । मानव स्वास्थ्यलाई स्वस्थ राख्नका लागि शरीरमा यी सबै खनिज तथा पौष्टिक तत्वको आवश्यकता पर्दछ ।

युएसडिए नेसनल न्युट्रिएन्टको अध्ययनअनुसार फर्सीको पातमा यति धेरै गुणहरू हुन्छ कि जसले खतरनाक रोगबाट जोगिन मद्दत गर्छ । फर्सीको साग आफ्नो नियमित भोजनमा खानुहुन्छ भने उच्च रक्तचाप, कोलेस्ट्रोल, क्यान्सरजस्ता खतरनाक रोगबाट सुरक्षित बन्न सकिने विज्ञहरूको भनाइ छ । २५० ग्राम फर्सीमा मात्र ४९ क्यालोरी पाइन्छ । फर्सीमा कार्बोहाइड्रेटको मात्रा निकै कम हुन्छ भने यसले शरीरमा रहेको कोलस्टेरोलको मात्रालाई समेत कम गर्ने काममा मद्दत पुग्छ ।

विज्ञहरूका अनुसार पहेंलो भएर पाकेको फर्सी झन् फाइदाजनक हुन्छ । यसमा हुने बेटा क्यारोटिन, एन्टिअक्सिडेन्टले हाम्रो शरीरमा क्यान्सरको सम्भावनालाई समेत कम गर्छ भने मुटु रोगमा समेत फाइदा गर्छ । फर्सीको बियाँ पनि उत्तिकै फाइदाजनक हुन्छ । यसको बियाँबाट मनग्यमात्रामा प्रोटिन, भिटामिन, फ्याटी एसिडहरू पाइन्छ । यसले शरीरमा चाहिने पौष्टिक पदार्थको आवश्यकतालाई पूरा गर्नसमेत मद्दत गर्दछ । यसको बियाँमा पाइने म्याग्नेसियम, पोटासियम, जिन्कले शरीरलाई स्वस्थ, स्मरण शक्तिको विकास, हाडलाई बलियो बनाउनसमेत मद्दत पु¥याउने बताइन्छ । फर्सीले कार्डियोभास्कुलर रोगहरूमा समेत फाइदा पुर्‍याउने तथा तनावलाई पनि कम गर्ने विभिन्न अध्ययनबाट पुष्टि भएको विज्ञहरूको राय छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?