बिराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अहिलेको सरकारको नेतृत्व परिवर्तन नभई आर्थिक मन्दी अन्त्य नहुने बताउनु भएको छ ।
नेता डा. कोइरालाले आर्थिक मन्दी अन्त्य गर्न र जनतामा आशा जगाउन आवश्यक रहेकाले सरकारको अहिलेको नेतृत्वले जनतामा आशा जगाउन नसक्ने जिकिर समेत गर्नु भयो । बुधबार विराटनगर विमानस्थलमा संचारकर्मीहरुसँग कुराकानी गर्दे कोइरालाले जनतामा आशा जगाउन सरकारको नेतृत्व परिवर्तन अपरिहार्य रहेको बताउनु भएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहालले वार्षिक रिपोर्ट सार्वजनिक गर्नु पर्ने बताउँदै डा. कोइरालाले भन्नुभयो, “बहुदलीय व्यवस्थामा प्रधानमन्त्री कार्यकारी हुन्छन् । मन्त्रीहरुले रिपोर्ट कार्ड सार्वजनिक गर्नुको अर्थ छैन्,” उहाँले भन्नुभयो, “एक वर्षमा प्रधानमन्त्रीले के–के काम गर्नुभयो म जस्तै नेपाली जनताले चाहेका छन् । उहाँले तत्कालै रिपोर्ट कार्ड सार्वजनिक गर्नुपर्छ ।”
राष्ट्रियसभा निर्वाचनको तयारीका लागि कांग्रेसको महासमिति बैठक सरेको बताउँदै नेता कोइरालाले अब भने तोकिएकै मितिमा महासमिति बैठक हुने दावी गर्नु भयो । उहाँले राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेस एक्लै लड्नु पर्ने समेत धारणा राख्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच