
काठमाडौं । नेपाली सेनाका प्रफुल महर्जन र एपिएफका प्रिन्स दाहाल दोस्रो ललितपुर मेयरकप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको प्रि-क्वाटरफाइनल प्रवेश गर्नुभएको छ । पुरुष एकल प्रतियोगितामा तेस्रो प्रधानमन्त्री कपका विजेता सेनाका प्रफुलले पुलिसका अभिक श्रेष्ठलाई २१-५, २१-१० ले पराजित गर्दै प्रि-क्वाटरमा स्थान बनाउनुभएको हो । यस्तै प्रिन्सले कैलालीका शिशिर रानालाई २१-९, २१-६ को सोझो सेटमा पराजित गर्दै प्रि-क्वाटर प्रवेश गर्नुभएको हो । ललितपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा बालकुमारी रिमिक्स क्लबको सहआयोजनामा भएको प्रतियोगितामा पुलिसका विष्णु कटुवाल पनि प्रि-क्वाटरमा प्रवेश गर्न सफल हुनुभएको हो ।
यस्तै प्रि-क्वाटर प्रवेश गर्ने क्रममा एपिएफका क्षितिज खनालले देवीनगर क्लबका बबिश थापालाई २१-११, २१-६, सेनाका अभय महर्जनले एपिएफका प्रदीप सोतीलाई २१-१८, २१-१९, एपिएफका अमन महर्जनले चितवनका अलिश महर्जनलाई १९-२१, २१-६, २१-१२, एपिएफका देवराज रानाले सेनाका लक्ष्मण रानालाई २१-१७, २१-८, एपिएफकै अरुण अधिकारीले भक्तपुरका सुशन श्रेष्ठलाई २२-२०, २१-१८ ले पराजित गर्नुभयो । यसैगरी एपिएफका सुजन थापाले दार्चुलाका कविकुमार धामीबाट वाकओभर प्राप्त गर्नुभयो ।
ललितपुर महानगरपालिकाको मुख्य प्रायोजनमा भएको प्रतियोगितामा सेनाका सुविन श्रेष्ठ (बी) ले पुलिसका हिरा राईलाई २१-१८, २१-२३, २१-१६, एपिएफका रोशन साउदले सेनाका सन्तोष पनेरुलाई २१-१९, २१-१७ ले, एपिएफका भोजबहादुर गुरुङले सेनाका पविन लिनथेपलाई २१-१५, १३-२१ र २१-१४, एपिएफका अनिल मल्लले २-१८, २१-१८ र युनिटी ब्याडमिन्टन एकेडेमीका सुनिल कार्कीले सेनाका सुविन श्रेष्ठ (ए) लाई २१-१४, १४-२१, २१-११ ले पराजित गर्दै प्रि-क्वाटरमा स्थान पक्का गर्नुभएको हो ।
बालकुमारी रिमिक्सको कभर्डहलमा भएको प्रतियोगिताको पुरुष यू-१७ तर्फ सेनाका अभय महरा, पुलिस स्कुल काभ्रेका इशान गिरी, एपिएफका प्रदीप सोती, सेनाका सुप्रिम पन्थ, सुर्खेतका रमेश कामी, सेनाका सुविन श्रेष्ठ, नेपालगञ्जका राजेश विक, सेनाका सुदेश राजकोटी, गुल्मीका जेनिस शेरचन, देवीनगरका सक्षम ढकाल, सुर्खेतका हिमाल थापा मगर, सेनाका सुविन श्रेष्ठ (ए), सेनाका सौर्य महर्जन, एपिएफका अरुण अधिकारी, दीपक ब्याडमिन्टन एकेडेमीका दियोन भण्डारी र सेनाका कविर केसी पनि आ-आफ्ना प्रतिद्वन्द्वीलाई पराजित गर्दै प्रि–क्वाटरमा प्रवेश गर्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच