✍️ नारायणबहादुर गुरुङ
मेरी पत्नी ममता सानी छँदा आफ्ना बुवा-आमासँग भारतको राजधानी दिल्ली घुम्न गएको कुरा गरिरहन्थिन् । दिल्लीमा लोधी होटेलमा बसेको सम्झना उनलाई ताजै छ । कहिले कहिले कुरैकुरामा एक पटक दिल्ली जाने कुरा पनि गरिरहन्थिन । म आफैं पहिलो पटक १९७९ जुलाईमा दिल्ली घुमेको थिएँ । त्यस बखत दिल्लीको लालकिल्ला, कुतुब मिनार सँगसँगै आग्राको ताजमहल पनि घुमेको थिएँ । त्यस पटक चीनमा अध्यन पूरा गरेर पाँच वर्षपछि एकैचोटि मेरा अरू तीनजना सहपाठीहरूसँगै चीनको राजधानी बैजिङबाट बम्बै दिल्ली हुँदै नेपाल फर्कने क्रममा थियौं । अन्तर्राष्ट्रिय उडानहरु सिमित थिए ।
हामी नेपालीहरू चीन जानुपरेमा तत्कालीन पूर्वपाकिस्तान, हालको बंगलादेशको राजधानी ढाकाबाट पाकिस्तानी अन्तर्राष्ट्रिय हवाई सेवाबाट या बर्माको राजधानी रंगुन भएर जानुपथ्र्यो । काठमाडौंबाट रंगुन जान बर्मेली हवाई सेवा थियो । चीन जाँदा त्यही मार्ग भएर गएका थियौं । त्यसैले फर्कने बेला उपल्ब्ध भएमा अर्कै मार्ग भएर आउने हाम्रो सोच थियो । त्यस बेला बैजिङबाट इथोपियाको राजधानी अदिसअबाबा बीच इथोपिया हवाई सेवाले उडान गथ्र्यो । बम्बैमा रोकिने हुँदा नेपाल पुग्नुअघि बम्बै, दिल्ली घुम्ने योजनानुसार दिल्ली घुमिएको थियो ।
त्यस पटकपछि १९८६ जनबरीमा तालिमका लागि स्वीटजरल्याण्ड जाँदा स्विस भिसाका लागि दिल्ली भएर गएको थिएँ । मेरो भारतको पछिल्लो यात्रा १९९१ मेतिर व्यावसायिक कामले चीनको सांघाईदेखि हङ्कङ हुँदै कलकत्ता गएको थिएँ । कलकत्ता र ढाकाबीच आवतजावत गर्दै करिब ३ हप्ता बिताएको थिएँ । त्यो अन्तिम भ्रमणपछि भारतले निकै विकास गरेको सुन्दै आएको थिएँ र एकपटक घुम्न जाने मेरो इच्छा थियो । हामी दुवै पतिपत्नीको दिल्ली घुम्न जाने इच्छा हुँदाहुँदै समय जुरेको थिएन ।
अक्टोबर १४ शुक्रबारको दिन जयपुरबाट दिल्ली आइपुग्दा दिनको दुई बजेको थियो । यस पल्ट हाम्रा लागि नेहरू प्लेसको चारतारे सेरवानी होटेल बुक गरिएको थियो । यो साथीहरूको घरदेखि नजिकै रहेछ । दिउँसोको खाना उहाँहरूले तयार गरेर राख्नुभएको रहेछ, त्यही खायौं ।
दिल्लीमा हाम्रो अति राम्रो पारिवारिक सम्बन्ध भएको अशोक जैन, उहाँकी पत्नी सुषमा जैन र छोरी आसिमा जैन साथी हुनुहुन्छ । अशोक जैन म्यारिन इन्जिनियर हुनुहुन्छ । उहाँहरूले सर्वेक्षण गरेर सर्टिफाई नगरेसम्म कुनै पनि मर्मत गरिएका, नयाँ मालबाहक वा यात्रुबाहक पानीजहाजहरू समुद्र तथा महासमुन्द्रमा चलाउन योग्य हुँदैनन् । उहाँ बेलायती कम्पनी लोयडको पानीजहाजको सर्भेएर पदबाट लामो सेवापछि सेवानिवृत्त भइसक्नु भयो । हामी दुई परिवारबीच २५ वर्षदेखि एकदमै राम्रो आत्मीय सम्बन्ध छ । हाम्रो भौतिकरूपमा भेटघाट १० वर्षअघि हाम्री छोरी दिप्तीको विवाहमा काठमाडौं आउनुहुँदा भएको थियो ।
त्यसपछि नभेटिए पनि इमेल र हृवाट्स अपबाट हामी जोडिरहेकै थियौं । पोहोर साल नियमित स्वास्थ्य परीक्षणमा साथी अशोक जैनलाई प्रोस्ट्रेट र हड्डीको क्यान्सर लागेको देखिएछ । त्यस कारण एउटा मित्रको नाताले उहाँलाई भेट्न जानुपर्ने जरुरी ठानेका थियौं । छोरा बिक्की पनि सांघाईबाट घर आएको मौका पारेर सपरिवार, थाती राखिराखेको दिल्ली घुम्ने इच्छा पनि पूरा हुने र क्यान्सरपीडित मित्र र उहाँको परिवारलाई पनि भेट्ने कार्यक्रम दशैंको बेला अपर्झट बन्यो ।
मैले एकदुईवटा ट्राभल एजेन्सीमार्फत दिल्ली, आग्रा र जयपुर राजस्थानको एक हप्ते प्याकेजको लागि सम्पर्क गरेँ । भरपर्दो लागेन । भारत घुम्न र उहाँहरूलाई भेट्न आउने जानकारी गराउँदा उहाँहरूले चिनेको भरपर्दो सात सिटे टोयोटा ट्याक्सी भएको ड्राइभर पूरै यात्रा समयका लागि उपलब्ध गराउन सकिने बताउनुभयो । त्यसपछि यी तीनै ठाउँहरूमा बस्ने होटेल बुक गर्न पनि उहाँलाई नै जिम्मा दिइयो । दिल्लीमा पहिलो दुई रात, आग्रामा एक रात, जयपुरमा दुई रात र जयपुरबाट फर्केपछि दिल्लीमा एक रात बस्ने गरी भ्रमण तालिका बन्यो ।
अक्टोबर ९ गते कोजाग्रत पूर्णिमाको बिहानै नेपाल वायुसेवाबाट दिल्ली पुगियो । सधैं घण्टौं ढिलो गरी उड्ने नेपाली जहाज भने समय अगावै उड्यो । दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको इमिग्रेसनको करिब करिब दुई घण्टाको प्रतीक्षापछि भित्र पस्न पाइयो । सुरुमै भारतीय स्पिडको अनुभव गर्न पाइयो । कार्यरत हाकिमहरू हेर्दा र उनीहरूको कार्यशैली हेर्दा जनसुविधा क्षेत्रमा कार्यरत भारतीय बाबुहरूको स्मरण गरायो । मेरो पालो आउँदा मेरो पासपोर्ट र कोभिड भ्याकसिनको प्रमाणपत्र देखाउन मोबाइल दिए । एक छिनपछि मलाई बोर्डिङ कार्ड मागे । मैले कहाँ राखे सम्झना भएन र त्यसै भनेँ । उसले त रिसाएर जहिले भेटिन्छ त्यही बेला आउनू भनेर पासपोर्ट र मोबाइल फिर्ता ग¥यो ।
त्यसपछि ब्याकप्याकमा खोजेर पासपोर्ट र मोबाइलसहित दिएपछि बल्ल भित्र पस्ने अनुमति दियो । हामीभन्दा अगाडिका पर्यटकलाई दशैवटा औंलाको छाप लिएको देखेका थियौं तर हाम्रो भने लिएन । नेपालबाट जाँदा अरूको दुईवटा भारतीय सिमकार्ड पनि लगेका थियौं । दिल्ली पुगेपछि मित्र अशोक जैनलाई सम्पर्क गर्न खोजेको सिमकार्डले काम दिएन । खोइ नजानेर हो कि विमानस्थलको फ्रि वाइफाई पनि जोड्न सकिएन । पछि गेटबाट बाहिर निस्केको त साथी घण्टौंदेखि कुरिराख्नुभएको रहेछ । दिल्ली विमानस्थल म १९८६ मा जाँदाभन्दा धेरै ठूलो, सुविधाजनक, आधुनिक र भव्य भएको पाएँ । उहाँले भन्नुभएको जस्तै हाम्रो यात्राअवधिभित्र प्रयोग गरिने ट्याक्सी र ड्राइभर राम्रो पायौं ।
उहाँको पूर्वानुबन्धित कार्यक्रममा जान विमानस्थल छेउकै रेडिसन होटेलमा उहाँलाई छोडेर हामी ग्रेटर कैलाशको उहाँको घरबाट नजिक पर्ने होटलमा गयौं । तीन तारे भनिएको गुडविल होटलमा चेकइन भएपछि म्याकडोनाल्डमा दिउँसोको खाना खाएर घुम्न निस्क्यौं । राति साढे सात बजे हामी उहाँहरूको घर गयौं । उहाँहरूले प्रशस्त स्न्याकहरू र विभिन्न थरी पेयपदार्थ तयार गरी राख्नुभएको रहेछ । करिब डेढ घण्टासम्म भलाकुसारी गरेपछि रातिको खाना उहाँहरूको क्लबमा खायौं । दश वर्षपछि हाम्रो अति प्रेमपूर्वक पुनर्मिलन भयो । हामी सबै निकै खुशी भयौं । उहाँहरूको छोराबुहारी नातिनतिनीहरु अमेरिकामा बसेका र छोरी कामको सिलसिलामा गुडगाउँमा बस्ने भएकाले हामी जयपुरबाट फर्केर आउनुअघि साथी जैन दम्पतीसँग मात्र भेटघाट भइरहृयो । भोलिपल्ट साँझको खाना पनि उहाँहरूकै घरमा भयो ।
अक्टोबर १४ शुक्रबारको दिन जयपुरबाट दिल्ली आइपुग्दा दिनको दुई बजेको थियो । यस पल्ट हाम्रो होटेल नेहरू प्लेसको चारतारे भनिएको सेरवानी होटेल बुक गरिएको थियो । यो पनि उहाँहरूको घरदेखि नजिकै छ । दिउँसोको खाना उहाँहरूले तयार गरेर राख्नुभएको रहेछ, त्यही खायौं । छोरी आशिमा पनि गुडगाउँबाट आएकी रहिछिन् । भेट हुँदा खुब खुशी भयौं । मेरी पत्नी ममता, साथी अशोक जैनकी पत्नी सुषमा जैन, छोरी आशिमा र हाम्री बुहारी महिमा र दुई नातिनीहरू यशस्वी र याशनालाई किनमेल गर्न सिटिवाल्क आधुनिक मलमा छोडेर म र मेरो छोरा बिक्की दिल्लीको प्रख्यात चाँदनीचोक र जामा मस्जिद हेर्न गयौँ ।
त्यहाँको भिडभाड देखेर हामी आत्तियौं । हाम्रो ट्याक्सी ड्राइभरले मिलाएको रिक्सामा चढेर एक फन्को घुमेर आयौं । जामा मस्जिदमा यस्तै १० मिनेट बितायौं । पार्किङबाट ट्याक्सी निस्कन आधा घण्टाभन्दा बढी लाग्छ भनेर हाम्रो रिक्सावालाले भनेपछि ड्राइभरलाई फोन गरेका थियौं, साँच्चै लाग्दोरहेछ हामीले आधा घण्टाभन्दा बढी कुर्नुपर्यो । त्यस दिन हाम्रोतर्फबाट बिक्कीले रात्रिखानाको प्रबन्ध ग¥यो । खाना खाएपछि उहाँहरुको घर आउँदा १० बजेको थियो । फेरि एक घण्टाभन्दा बढी उहाँहरूसँगै बिताएपछि साथी अशोकले हामीलाई आफैं गाडी हाँकेर होटलमा छोड्नुभयो ।
हामी दिल्लीमा उत्रेपछि फर्कने दिनसम्म गाडी प्रबन्ध गरेको हुनाले स्थलमार्गबाट नोयडा हुँदै बृन्दावन, आग्रा, जयपुर र फर्कदा गुडगाउँ भएर दिल्ली आयौँ । हामीले घुमेका दर्शनीय ठाउँहरू र बाटामा देखिएका दृश्यहरूबाट आधुनिक भारतलाई चिन्ने केही मौका पायौं । त्यो अनुभव संक्षेपमा तल वर्णन गइरहेको छु । मेरो यस वर्णनमा जनसुविधा, बाटोघाटो, अर्थिक औद्यौगिक विकास आदिबारेमा मेरो निजी बुझाइ राख्ने प्रयास गरेको छु ।
दिल्लीमा घुमिएका स्थलहरू :
सर्वप्रथम दिल्लीबाट सुरु गरौं । हाम्रो पहिलो दुई रात यतै बिताउने कार्यक्रमानुसार पहिलो दिन होटलमा बस्ने व्यवस्था भएपछि होटलदेखि गाडीमा करिब १० मिनट पर रहेको म्याकडोनाल्डमा दिउँसो खाना खाएर घुम्न निस्क्यौं । सिमसिम पानी परिरहेको थियो । पहिलो घुमाइ लोटस टेम्पलमा भयो । यो ठाउँ हाम्रो होटलबाट त्यति टाढा रहेनछ । सुरक्षा जाँचपछि भित्र पस्यौं । फराकिलो र सुन्दर बगैंचाको अर्को छेउमा सेतो कमलको पूmलको आकारको सुन्दर मन्दिर रहेछ ।
पूरै मन्दिर एउटा खुला हल थियो जहाँ काठका बेन्चहरू राखिएका थिए । जुता खोलेर मन्दिरभित्र पसी आफू खुशी जता बसेर शान्त रूपमा जजसले जे धर्म माने पनि आआफ्नै तरिकाले प्रार्थना गरे हुने रहेछ । वास्तवमा भन्ने हो भने ‘बसुधैव कुटुम्बकम’ भनिने संस्कृतको त्यो वाक्यको विशुद्ध प्रतिनिधित्व गरेको अनुभूति भयो । त्यहाँ कुनै किसिमको विभेद थिएन ।
अक्टोबर १० मा बिहानको नास्ता गरेपछि साढे ९ बजे घुम्न निस्कियौं । गुरुद्वारा, बिडला मन्दिर, इण्डिया गेट, हुमायूको समाधी, कुतुब मिनार घुम्ने तालिका बनायौं । कुतुब मिनार जाँदा एउटा जैनमन्दिर हेरियो । भारतमा मुगलहरूको शासन सुरु गर्ने सम्राट हुमायूको समाधि भने गइएन ।
त्यसपछि पवित्र नदी यमुनापारिपट्टि रहेको सत्यनारायण मन्दिर गयौं । त्यस मन्दिरको आफ्नै ठूलो व्यवस्थित पार्किङ रहेछ । झोला आदि सबै बाहिरै छोड्नुपर्ने रहेछ । कडा सुरक्षा जाँचपछि ममता र म भित्र गयौं । नातिनीहरू निदाएकाले बिक्की र महिमा गाडीमै बसे । भव्य र धेरै जग्गामा फिँजिएको एकदमै ठूलो रहेछ त्यो ठाउँ । जुता राख्ने ठाउँ व्यवस्थित थियो । मुख्य मन्दिर देवताको ठाउँमा सत्यनारायण नामकै हिन्दु गुरुको ठूलो मूर्ति रहेछ । महादेवपार्वती, विष्णुलक्ष्मी, राधाकृष्णका मूर्तिहरू भने छेउछाउमा रहेछन् । धुप, बत्ती बाल्ने र फलफूल चढाउने गरेको देखिएन ।
त्यसपछि प्रसिद्ध चाँदनीचोक, जामा मस्जिद र लाल किल्ला जाने तालिका भए पनि लालकिल्लमात्र घुम्यौं, धेरै हिँड्नुपर्ने र नातिनीहरूका कारण म र छोरामात्र गयौं । यहाँ टिकट काट्नुपर्ने रहेछ । जता लाइन थियो म त्यतै लागेँ । त्यो झ्याल भारतीय पर्यटकका लागि रहेछ । मान्छे धेरै थिएनन् । मेरो पालो आएपछि हिन्दीमा दुईवटा टिकट मागेँ । खुरुक्क भारु ५० को दुईवटा टिकट दियो । पछि बिक्किले भनेनुसार हामी सार्क देशकाहरूलाई प्रतिटिकट भारु ६०० लाग्ने भन्यो । लालकिल्ला छिटो छिटो हिँडेर हेरियो । भव्य ठूलो भए पनि भित्र-बाहिर राम्रोसँग संभार नगरेको देखियो । साँझ हाम्रा साथीहरूलाई भेट्न गयौं रातिको खाना उहाँहरूको क्लबमा भयो ।
दोस्रो दिन अक्टोबर १० गते बिहानको नास्ता गरेपछि साढे ९ बजे घुम्न निस्कियौं । आज गुरुद्वारा, बिडला मन्दिर, इण्डिया गेट, हुमायूको समाधि, कुतुब मिनार घुम्ने तालिका बनायौं । कुतुब मिनार जाँदा जैन मन्दिर हेर्ने इच्छा भएकाले एउटा जैनमन्दिर हेरियो । भारतमा मुगलहरूको शासन सुरु गर्ने सम्राट हुमायूको समाधि भने गइएन । गुरुद्वारा निकै ठूलो र भव्य रहेछ । आफ्नै विशाल भूमिगत पार्किङबाट मन्दिर प्रवेश ग¥यौं । पुरुष तथा महिला सरदार सरदार्नी स्वयंसेवकहरूद्वारा जुता राख्ने राम्रो व्यवस्था रहेछ । त्यही राखिएको ठूलो टोकरीमा रहेको कपाल छोप्ने टालोले कपाल छोपेरभित्र पस्यौं ।
जीवनमा गुरुद्वारा प्रवेश गरेको यो दोस्रो थियो । मार्बल छापेको विशाल प्रांगण पार मूल मन्दिरमा छि¥र्यौं । वेदीमा गुरुवाणीलाई पंख हम्किरहेको र त्यसभन्दा मुनि तीनजना सर्दारहरुले भजन गाइरहेका थिए । भुइँमा सफा कार्पेटमा भक्तजन बसेर भजन सुनिरहेका थिए । भित्र एकदम शान्त । हामी पनि एकछिन बसेर निस्क्यौं । वेदीको वरिपरिका विशाल खम्बाहरूलाई सुनको पाताले मोडिएको रहेछ । यहाँ खाना खान चाहनेहरूलाई चौबीसै घण्टा निःशुल्क शाकाहारी भोजन गराउने लंगर रहेछ । यहाँ जो कोही पनि विनासोधपुछ प्रवेश पाउने रहेछन् । यहाँको आर्थिक स्रोत सिख समुदायको दान दक्षिणाबाट चल्ने रहेछ । यो ठाउँ पनि विवेदरहित भएको लाग्यो । हाम्रो ड्राइभर पनि सिख धर्म मान्ने तर दारीजुँगा नपाल्ने, फेटा नबाँध्ने पञ्जावी रहेछन् । निकै भलादमी थिए ।
गुरुद्वारापछि बिडला मन्दिर भनेर चिनिने लक्ष्मीनारायण मन्दिर गयौं । मूलबाटैमा परे पनि पार्किङस्थल र बगैंचाको राम्रो संभार नभएको देखियो । जुता, पेटी, झोला, मोबाइल पूरा बाहिरै छाड्नुपर्ने रहेछ । सुरक्षा जाँचपछि मन्दिर प्रवेश गरियो । लक्ष्मी र नारायाणका सुन्दर मूर्तिसँगै अरू देवीदेवताहरूको मूर्तिहरू गीतासम्बन्धी थुप्रै विषयहरू झल्कने प्रशस्तै रहेछन् । फूल चढाउन पाए पनि धुप बत्ती गरेको देखिएन । त्यहाँबाट निस्केपछि नजिकै हनुमानको मन्दिर रहेछ । गाडीबाटै प्रणाम गरेर दिउँसोको खानाका लागि पन्डरा रोड मार्केटमा ड्राइभरले लग्यो ।
यहाँ यस्तै पाँच-छवटा शाकाहारी र मांसाहारी रेष्टुराहरू रहेछन् । त्यसमध्ये हामी पिन्डी मांसाहारी रेष्टुरा छि¥र्यौं । सफा सुग्घर राम्रै थियो तर खाना खानेहरू थोरै थियौं । पछि पर्यटकहरूले भरियो । दिल्लीका रेष्टुराहरूमा केटी वेटरहरू देखिएनन् । सबै केटा नै थिए । सबै व्यस्त भएर दौडिरहेको देखिए पनि सेवा चाहिँ सुस्त नै देखियो । यो दृश्य भारत बसाइको क्रममा सबै शहरमा देखियो । बसेको होटेलको फ्रन्ट अफिस, हाउस किपर सबै पुरुषमात्र देखिए ।
खाना खाएपछि नजिकै इण्डिया गेट हेर्न गयौं । राजा त्रिभुवन राणाको पञ्जाबाट फुत्किएर शरण लिएको हैदरावाद हाउस नजिकै रहेछ । त्यो भवन भारत सरकारको पाहुनाघर रहेछ । भारत सरकारको पाहुनाघर हुनुअघि बेलायती आर्टिटेक्टबाट डिजाइन गरिएको अन्तिम हैदरावादका निजामको निवास रहेछ । बेलायती शासकहरूबाट डिजाइन गरिएको यो गेट वरिपरिको क्षेत्र भव्य तथा सुन्दर रहेछ । यसैको वरिपरि भारतको राजनीतिक केन्द्र तथा शक्तिकेन्द्र रहेछ । त्यसपछि कुतुब मिनार हेर्न गयौं । बाटामा एउटा जैनमन्दिर पनि हेर्यौं । मार्बलै मार्बलबाट बनेको त्यस मन्दिरमा भएको सुन्दर कालिगरीको राम्रो नमुना पाइयो । क्रमशः
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच