रहस्यमय देश उत्तर कोरियाबाट चीन फर्कंदा

हिमालय टाइम्स
Read Time = 34 mins

✍️ नारायणबहादुर गुरुङ

हामी धेरैजसो नेपालीहरूको लागि उत्तर कोरिया एउटा रहस्यमय देश हो । विश्वको एउटामात्र महाशक्ति अमेरिकासँग टक्कर लिने र न्युक्लियर क्षेप्यास्त्रहरू परीक्षण गरी दक्षिण कोरिया र जापानको निद्रा हराम गरिरहने देशका रूपमा बेलाबेलामा संसारभरि चर्चित भइरहन्छ । क्षेत्रफलको हिसाबले यो देश हाम्रो देशको ८१.७ प्रतिशत छ भने जनसंख्या पनि हाम्रो जनसंख्याको ८९.४ प्रतिशत मात्र छ । अर्थात् हामीभन्दा सानो र थोरै जनसंख्या भएको देश हो । सन १९५० जुनदेखि १९५३ जुलाईसम्म अमेरिकाले नेतृत्व गरेको बहुराष्ट्रिय सेनासँग भएको युद्धमा युद्धविराम भएपछि कोरिया उत्तर र दक्षिण दुई देशमा विभक्त रहिरहृयो ।

उत्तरमा किम इल सुङ्गको नेतृत्वमा जनवादी प्रजातन्त्रिक गणतन्त्र कोरिया बन्यो भने दक्षिणमा अमेरिकाको सैनिक सुरक्षामा रहने गरी गणतन्त्र कोरिया बन्यो । त्यस बेलादेखि अहिलेसम्म एउटै जाति, एउटै भाषा, एउटै भेषभूषा र एउटै भाषा संस्कृति भएका यी देशहरू एकाआपसमा प्राविधिक रूपले युद्धरत अवस्थामा छन् । दुवै देशलाई ३६ प्यारलल नर्थमा असैनीकृत क्षेत्रले छुट्याएको छ । उत्तरतर्फ उत्तर कोरियाको सैनिकले र दक्षिणतर्फ दक्षिण कोरिया र अमेरिकाको संयुक्त सैनिक टोली तैनाथ छन् ।

त्यो युद्धपछि लाखौं परिवार उत्तर र दक्षिणमा तितरबितर भए । कैयौं मानिसहरूले आफ्ना प्रियजनहरूसंग भेटघाट नहुँदै संसार त्यागे । त्यस्तै तितरबितर भएका एक प्रशिद्ध व्यक्ति भने दक्षिण कोरियाका नामुद कम्पनी हृयुन्दाईका मालिक चुङ्ग जुयुङ्ग हुन् । उनी उत्तर कोरियाको एक गरिब किसानका जेठा छोरा कोरिया युद्धमा दक्षिणतिर परेछन् । १५ वर्षको उमेरमा गरिबीबाट उन्मुक्ति पाउनका लागि कैयौं पटक घरबाट भागेको रहेछन् । एकपटक त आफ्नै एउटा गाई चोरेर बेचेछन् र त्यही पैसा लिएर भागे छन् ।

युद्धको कारण परिवारसँग विछोडिएका उनले आफ्ना बाबुआमालाई कहिल्यै भेटन पाएनन् । गाई चोरी गरेर बेचेको अपराधले सधैं मन घोचिरहेको हुन्थ्यो । त्यो क्षतिपुर्ति गर्न १९९८ मा १००१ वटा गाई लिएर त्यो बन्द रहेको असैनीकृत क्षेत्रबाट उत्तर कोरिया प्रवेश गरे । त्यो बाटो दक्षिण कोरियाको नागरिक प्रवेश गर्नेमा उनी पहिलो व्यक्ति भए । उत्तर दक्षिणको बीचमा सम्बन्धलाई सहजीकरण गर्न पनि निकै योगदान दिए ।

लोइड टेक्स्टाइलले चीन र उत्तर कोरियाबाट तयारी लुगा बनाएर युरोप पठाउँछ । जर्मनी सबभन्दा ठूलो निर्यात गरिने मुलुक हो । कम्पनीमा जर्मनहरूको पनि लगानी भएकोले उनीहरूले पनि जर्मन, डच कर्मचारी नियुक्ति गरेर पठाउने गर्दछन् ।

चीनको दोस्रो गृहयुद्धको परिणाम स्वरूप १९४९ अक्टोबर १ मा माओ च तुङ्गको नेतृत्वमा जनवादी गणतन्त्र चीनको स्थापना भयो । युद्ध हारेका गणतन्त्र चीनका नेता च्याङग काई सेक आफ्नो दलबलसहित चीनको ताइवान टापुमा भागे र त्यहीँ नै गणतन्त्र चीनलाई निरन्तरता दिँदै सम्पूर्ण चीनलाई अमेरिकाको सहयोगमा आफ्नो मातहात ल्याउने तानाबाना बुनिरहे । संयुक्त राष्ट्र संघले च्याङ्ग काई सेकले नेतृत्व गरेको गणतन्त्र चीनलाई नै सम्पूर्ण चीनको वैधानिक राज्य मानिरहृयो ।

त्यो स्थिति २५ अक्टोबर १९७१ मा परिवर्तन भयो । त्यो दिनमा हाम्रो देश नेपालसहित यशिया, अफ्रिका, दक्षिण अमेरिका र युरोपेली देशहरूको सहयोगमा संयुक्त राष्ट्र संघले गणतन्त्र चीनलाई विस्तापित गरेर जनवादी गणतन्त्र चीनलाई ताईवान लगायत सम्पूर्ण चीनको एकमात्र वैधानिक देशको रूपमा मान्यता दियो । संयुक्त राष्ट्र अमेरिकासहित जुनसुकै देशले चीनसँग दौत्यसम्बन्ध स्थापना गर्दा ताइवानसहित एक चीनको समर्थन गर्दै आएको छ ।

च्याङ काई सेकसँग साथ लागेर भागेका मुलभूमिबासी चिनियाँँहरू पनि आफ्ना परिवारहरूबाट छुट्टिए । शत्रुतापूर्ण स्थिति भएकाले दुवैतर्फ कुनै किसिमको आवतजावत थिएन । १९८७ देखि मात्र पारिवारिक भेटघाटको वातावरण बन्यो र दुवै पक्षबीच वार्ता सुरु भयो । त्यतिबेला सोझै आगमन सम्भव थिएन । हङकङ वा तेस्रो मुलुक भएर आवतजावत हुन्थ्यो । २००८ देखिमात्र सोझै हवाईसेवा, पानीजहाज र हुलाकसेवा स्थापना भयो । युद्ध कतिको भयानक र हृदयविदारक हुँदोरहेछ भन्ने उदाहरणका लागि यी तथ्यहरू प्रस्तुत गरिएको हो । हाम्रै देशमा पनि १० वर्षे माओवादी द्वन्द्वकालमा १७ हजार नागरिकले ज्यान गुमाए भने हजारौं घाइते र विस्तापित हुनुपरेको पीडा भोगिरहेका दारुण कथा सुन्दै आएका छौं ।

मैले धेरै पटक उत्तर कोरिया जाने सौभाग्य पाएको छु । म कम्पनीको कामको सिलसिलामा गएको हुँ । म टेक्सटायल इन्जिनियर हुँ । मेरो यो शैक्षिक योग्यता र अनुभवले संसारकै सबैभन्दा ठूलो ट्रेडिङ कम्पनी लि एण्ड फङ हङकङको भगिनी कम्पनी लोयड टेक्सटायल ट्रेडिङ कम्पनीको उत्तरपूर्व चीनको ताल्यहन शहरमा भएको प्रतिनिधि अफिसमा (शाखा कार्यलय) प्रमुख प्रतिनिधि नियुक्त भएको थिएँ । यो पद लि एण्ड फङ कम्पनीमा विभागीय प्रमुख सरहको पद हो । मेरो कार्यक्षेत्र उत्तरपूर्व चीन, पैचिङ र उत्तर कोरिया पर्दथ्यो ।

सम्बन्धित चिनियाँँ सरकारी कार्यालय, व्यापरिक साझेदार, कारखाना र अन्तर्राष्ट्रिय मालसामन ओसारपसार गर्ने कम्पनीहरूसँग वार्ता गर्ने, समन्वय गर्ने, उत्पादान र गुणस्तर निगरानी गर्ने, समयमै गुणस्तरीय वस्तुको निर्यात प्रबन्ध गर्ने, निकासी पैठारीका लागि चाहिने आवश्यक कागजपत्र तयार गर्ने हेर्ने, स्थानीय कर्मचारीहरूको नियुक्ति, खारेजी सेवासुविधा तोक्ने, हङ्कङको मुख्यालय र जर्मानबाट नियुक्त गरिएका कर्मचारीलाई खटनपटन गर्ने र मुख्यालयसँग यी सबै काम कारबाहीको जानकारी दिने, मुख्यालय र शाखाको समन्वय गर्ने र मुख्यलयले तोकेको काम सफलतापूर्वक सम्पन्न गर्ने मेरो कार्यक्षेत्रभित्र पर्दथ्यो । यी जिम्मेवारी सम्पन्न गर्नका लागि प्रशासकीय, व्यवस्थापकीय, अन्तर्राष्ट्रिय वाणिज्य र कूटनीतिक दक्षता आवश्यकता पर्दछ ।

लोइड टेक्स्टाइलले चीन र उत्तर कोरियाबाट तयारी लुगा बनाएर युरोप पठाउँछ । जर्मनी सबभन्दा ठूलो निर्यात गरिने मुलुक हो । कम्पनीमा जर्मनहरूको पनि लगानी भएकाले उनीहरूले पनि जर्मन, डच कर्मचारी नियुक्ति गरेर पठाउने गर्दछन् । उत्पादन गरिने लुगाको डिजाइन, उत्पादन गरिने लुगाको स्पेसिफिकेसन र कटाइका लागि प्याटर्नहरू गरेर पठाउने गर्दछन् । त्यो डिजाइनको कपडा उत्पादन गर्न चिनियाँँ वा कोरियाका व्यापरिक साझेदारहरू समन्वय गरेर उचित कारखाना खोजेर प्रामाणित गर्नु, अर्डर दिनु पनि मेरो जिम्मेवारी थियो । कतिपय चीनमा उपलब्ध नभएका सामानहरू हङ्कङ, ताइवान्, कोरिया, जापान र केही मात्रमा जर्मनीबाट पठाइन्थ्यो । यो काम हङ्कङ मुख्य कायालयबाट गरिन्थ्यो । त्यसरी आयातीत वस्तुहरू समयमै कारखानामा पुगे नपुगेको, छुटपुट भएको, तिनको गुणस्तरबारे पनि निगारानी गरेर मुख्यालयलाई आवश्यक कारबाहीका लागि यथाशीघ्र खबर गर्नुपथ्र्यो ।

उत्तर कोरियामा लुगा बनाउँदा सियो धागोदेखि प्याकिङमा चाहिने कोरुगेटेड कार्ड बक्सहरू पनि हामीले नै आपूर्ति गर्नु पथ्र्यो । उसले गर्ने भनेको हामीले दिएको प्राविधिक स्पेशिफिकेसन र प्याटर्न अनुसार काटेर सिलाउनुमात्रै हो । 

समयमा विभिन्न सामान आपूर्तिमा ढिलाइ, तिनमा भएको गुणस्तरको समस्या, आयात गर्दा भन्सारलाई चाहिने कागतपत्रमा भएको त्रुटिको कारण समयमा कारखानालाई दिन नसक्दाको समस्या र त्यसले दिने तनाव भनी साध्ये हुँदैनथ्यो । उत्पादनलाई दिनुपर्ने समय यस्तै कुराले खाइदिँदा डेलिभरी दिने समय आइसक्थ्यो र नाघ्न पनि सक्थ्यो । त्यसबाट फेरि नयाँ समस्या थपिन्थ्यो । पानीजहाजबाट पठाउनुपर्ने कुरा हवाईजहाजबाट पठाउनुपर्दा त्यो खर्च कसले व्यहोर्ने भन्ने कुरा निकै तनावपूर्ण हुन्थ्यो । उत्पादन मेसिन र मानवश्रमबाट हुने हुँदा घर्किसकेको समय कसरी मिलाएर सकभर छिटो समयमै सिध्याउन कम तनावपूर्ण हुने थिएन ।

नयाँ खालका बाक्ला पातला चिप्ला कपडा तथा जटिल डिजाइनलाई सिलाउने बारे श्रमिकहरूलाई बुझाउन त्यस्तै गाह्रो पर्दथ्यो । उत्पादनका बेला भएका गुणस्तरको समस्या पनि निकै ठूलो टाउको दुखाउने विषय हुन्थ्यो । यस्ता विषयलाई हल गर्न व्यापरिक साझेदार, कारखानाको मालिकसँग गरमागर्मी बहस पनि हुनेगथ्र्यो । जे जस्तो भए पनि कसरी समयमा गुणस्तरीय तयारी लुगा डेलिभरी गर्ने जिम्मेवारीलाई ध्यान दिएर सबै कुरा चिसो दिमागले हल गर्नुपथ्र्यो ।

प्रायजसो यस्ता समस्या आइपर्दा आफ्नोतर्फ उच्चतम फाइदा लिनका लागि जेसुकै हतकण्ड प्रयोग गर्ने गर्छन् । म भने निष्पक्ष भएर सबैकुराको विश्लेषण गरी सम्स्या समाधान गर्थें । सुरुमा नेपाली भनेर नपत्याउने, वास्ता नगर्नेले मेरो कार्यशैली देखेर सम्मान गर्न थाल्थे । त्यसो गर्दा पछिपछि सम्स्या हल गर्न सजिलो पनि हुँदै गयो ।

म व्यापरी कुलघरनामा जन्मेको मान्छे होइन । मेरा बाबुबाजे र पुर्खाहरूले कहिल्यै व्यापर गर्नुभएको थिएन । हामी किसान थियौँ । एसएलसी पास गर्दासम्म खेती किसानी, घाँस काट्ने, भकारो सोहोर्ने, गाईभैँसीको गोठालो गर्ने गरेको हुँ । मेरो हजुरबा ब्रिटिश भारतको गोर्खा सेनाको सुबेदार मेजर हुनुहुन्थ्यो । दोस्रो विश्वयुद्धमा इटालीमा जर्मनहरूसँग वीरतापूर्वक लड्नुभएकाले उहाँलाई त्यतिबेला ब्रिटिश भारत साम्रज्यको सबभन्दा ठूलो शौर्य पदक आइओएम प्रदान गरिएको थियो । त्यसबापत पाउने भत्ता उहाँको पेन्सनको हाराहरीमा थियो । त्यो भत्ता उहाँको देहासनपछि हजुरआमाले मृत्यपर्यन्त पाउनुभयो । उहाँ पेन्सनपछि सामजिक, राजनीतिमा लागेर सेवा दिनुभयो ।

राजा महेन्द्रसँग पनि बेला-बेला दर्शनभेट पाउनुहुन्थ्यो । राजा महेन्द्रले पनि गोर्खा दक्षिणबाहुबाट आलंकृत गर्नुभएको थियो । मेरा बुबाले देहरादुनमा थमन होस्टेलमा बसेर म्याट्रिक पास गर्नुभयो र त्रिभुवन विश्वविद्यालयबाट आइए गर्नुभएर जीवनपर्यन्त सामाजिक र राजनीतिका कार्यका संलग्न रहनुभयो । थमन होस्टेल दोस्रो विश्वयुद्धमा मारिएका बीस वर्षे युवा थमन गुरुङको सम्झनामा मेरा बाजे र बुवाको अथक मिहिनेतमा स्थापना गरिएको गोर्खा सैनिक छात्रावास हो । उहाँलाई मरणोपरान्त ब्रिटिश सरकारले त्यहाँको सर्वोच्च शौर्य पदक भिक्टोरिया क्रस दिएर सम्मान गरेको थियो । मेरा बुबा त्यहाँको पहिलो विद्यार्थी हुनुका साथैै प्रोकटर हुनुहुन्थ्यो । त्यहाँ बसेर अध्यन गर्नु भएका गोर्खा सैनिकका छोराहरूले नेपाल र भारतका निजामती, सेना र राजनीतिमा उच्चपदमा रहेर सेवा प्रदान गर्नुभएको थियो ।

चीनमै सबैकुराको तारतम्य मिलाउन त्यस्तो चुनौती थियो भने अमेरिकालगायत उसका सहयोगी राष्ट्रहरूले आर्थिक, प्राविधिक, वाणिज्य आदि क्षेत्रमा नाकाबन्दी लगाएर एक्लो पारिएको उत्तर कोरियासँग व्यापार गर्न झनै चुनौतीपूर्ण काम थियो । उत्तर कोरिया-जर्मनीबीच वाणिज्य सम्बन्ध रहेछ । त्यसैको सदुपयोग गर्दै हाम्रो कम्पनीले उत्तर कोरियामा लुगा बनाएर जर्मनी पठाउने व्यापार सुरु गरेको रहेछ । त्यहाँको सबै व्यापर साझेदार र कारखानाहरू सरकारी थिए ।

हाम्रो कोरियाको व्यापारसहयोगी कम्पनी त्यस देशको राजधानी प्योङयाङस्थित उन्हा जनरल ट्रेडिङ कर्पोरेसन हो । यो कम्पनी कोरियाको केही ठूला सरकारी संस्थामध्येको एक हो । यो कम्पनीले अन्तर्राष्ट्रिय जगतमा बन्द व्यापार गर्न पाउँछन् र अमूल्य वैदेशिक मुद्रा आर्जन गर्ने स्रोत पनि हो । हामीसँग कारोबार गर्न र सम्पर्क गर्न किम हान चोल नामक प्रबन्धक खटिएका थिए । उनले किम इल सुङ विश्वविद्यालयाबाट अंग्रेजी पढेको हुनाले उनी राम्रो अंग्रेजी बोल्थे ।

उत्तर कोरियामा लुगा बनाउँदा सियो धागोदेखि प्याकिङमा चाहिने कोरुगेटेड कार्ड बक्सहरू पनि हामीले नै आपूर्ति गर्नु पथ्र्यो । उसले गर्ने भनेको हामीले दिएको प्राविधिक स्पेशिफिकेसन र प्याटर्न अनुसार काटेर सिलाउनुमात्रै हो । धेरैजस्तो सामान हङ्कङ, दक्षिण कोरिया, ताइवानबाट चीनको ताल्य्हान बन्दरगाहमा पठाउनु पर्थो । त्यहाँबाट चिनियाँ भन्सार छुटाएर सिल्ड कन्टेनर चीन कोरिया सीमामा रहेको चिनियाँँ शहर तान्तुङ शहरमा पठाउनु पथ्र्यो । त्यहाँबाट फेरि चिनियाँँ भन्सार छुटाएर हामीले नै उनीहरू पट्टीको सिनयिजु शहरमा ट्रकमा हालेर पठाउनु पथ्र्यो । अधिकांश कारखानाहरू राजधानी प्योङयाङमा भएकोले त्यहाँबाट उता लैजाने र तयारी लुगा त्यहीँसम्म ल्याउने जिम्मा उनीहरूको थियो ।

हामीले तयारी लुगा हाम्रै खर्चमा ताल्य्हान बन्दरगाहमा ल्याएर जर्मनी पठाउनुपथ्र्यो । पछि तेलको अभावले त्यति ढुवानी पनि गर्न नसकेपछि हाम्रै खर्चमा सबै ढुवानी बन्दोबस्त गरेका थियौं । तान्तुङ र सिनयिजु दुई शहरलाई यालुच्याङ नदीले छुट्याएको छ । पश्चिम तटमा चिनियाँ शहर तान्तुङ छ भने पूर्वपट्टि उत्तर कोरिएको सिनयिजु शहर छ । यो नदी दुवै देशको राष्ट्रिय सीमा पनि हो । यहाँ चीनतर्फको भागमा १९५० को युद्धमा अमेरिकाको हवाई आक्रमणबाट ध्वस्त भएको फलामेपुलको अवशेष छ । अहिले चिनियाँँ नागरिकालाई देशभक्तिको शिक्षा दिने पर्यटकीय स्थल बनेको छ । केही पर पछि बनाएको रेल र गाडी चल्ने दुई तले फलामे पुल छ दुई देशको आगमानलाई जोड्न । यो पुल भएर प्योङयाङदेखि पैचिङसम्म रेल चल्छ । अहिले यो पुलको कुरा गरिरहँदा उत्तर कोरियाबाट एकपटक यही पुल भएर चीन फर्कँदा चिनियाँ सीमा सुरक्षाकर्मीको हातमा परेको सम्झना भएर आयो ।

म मेरो हङकङमा भएको हाकिम र मेरो श्रीलंकाको क्वालिटी कन्ट्रोलर म्यानेजर प्योङयाङबाट कोरियाको रेल चढेर सीमा छेउको शहर सिनयिजु शहरमा भएको कारखाना हेरेर त्यही बाटो त्यही दिन चीन फर्केका थियौं । उत्तर कोरियामा झ्यापझ्याप बत्ती गइरहन्छ । कहिलेकाहीँ बत्ती गएर लिफ्टमा अड्केर बस्नुपर्ने हुन्छ । बिजुलीबाट चल्ने रेलको गति त्यही हो । बाटामा बिजुली गएर दुई घण्टा जाति रोकियो । कारखानामा आउँदा साढे चार भइसकेको थियो । एक घण्टापछि फर्कने बेला सीमापारि जाने कुनै साधान भेटिएन । उनीहरूले नै भने उताबाट सामान पु¥याउन आउने ट्रर्क फर्कदैछ त्यसैमा जाऊ केही हुँदैन यतापट्टिको सिमाना चौकीमा हामी भनिदिन्छौं ।

हामी ठीकै होला भनेर ट्रकमा बसेर गयौं । चिनियाँँ सीमामा पुगेपछि गार्डले चेक गर्दोरहेछ । हामीले आआफ्नो पासपोर्ट देखायौँ । त्यसपछि हामीलाई ओराल्यो र भित्र अफिसको बैठकमा लागेर सम्मानपूर्वक राख्यो । हङ्कङको हाकिमलाई भने अर्कै कोठामा लिएर गयो । मैले त्यसरी आउनुपरेको कारण र ताल्हृयनमा विदेशी कम्पनीको प्रमुख प्रतिनिधि भएको कुरा चिनियाँमा भनेँ । मेरो नामकार्ड दिएँ । आफिसबाट कर्मचारीलाई भनेर कम्पनी दर्ताको प्रमाणपत्र फ्याक्सबाट मगाएँ । तान्तुङदेखि सामान ओहोरदोहोर गर्ने भन्सारमा सामान छुटाउने एजेन्ट त्यही शहरमा थियो । मैले हामीलाई सोधपुछ गर्ने मानिसलाई त्यो कुरा पनि भनेँ । उसले त्यो मान्छेलाई बोलाउन भनेपछि मैले तिनीहरूको म्यानेजर स्याओसँग पिङलाई बोलाएँ । उनी आएपछि उनैको जमानतमा हामीलाई आइन्दा त्यसरी नआउनु भनेर छोडिदियो ।

नदीको दुई किनारमा अवस्थित दुई देशका दुई शहरको भिन्नता निकै ठुलो थियो । चीनतर्फको शहर आधुनिक सफा सुघार र सम्पन्न थियो भने पारिपट्टि गरिबीको आभास दिन्थ्यो । उताको किनारामा भएका सैनिक साना जहाज पनि थोत्रा । यतापट्टिकाले त्यो नदीमा पर्यटकलाई स्पिडबोटमा सयर गराउँछ । झर्न नपाए पनि उताको किनारासम्म लग्दा पारिपट्टिको विपन्नता अझै प्रष्ट भएर आउँछ । उत्तर कोरिया जाँदा उताबाट निमन्त्रणा आउनुपर्छ । उनीहरूले त्यो पत्र सोझै उत्तर कोरियाको पैचिङस्थित राजदूतावासमा पठाइदिन्छन् । हामीले खबर पाएपछि राजदूतावासमा गएर भिसा लिनुपर्छ ।

त्यसपछि उत्तर कोरियाको वायुसेवा कोर्यो विमानको टिकट काट्नुपर्छ । सोभियत संघले बनाएको पुरानो हवाईजहाज चढ्दा आँङ नै जिरिङ् हुन्छ । विदेशबाट फर्केका उत्तर कोरियाली यात्रुहरूले बोकेको सामान हामी हङकङबाट नेपाल वायुसेवामा फर्कदाजस्तै बढी तौलको हुने गर्छ । त्यसले गर्दा हवाइजहाजमा अतिरिक्त वजन बढ्नसक्छ । त्यता जाँदा फूलका गुच्छा लिएर आउन भनिन्छ । प्योङयाङ विमानस्थलमा किनेर भएर पनि लानुपर्छ । होटल जाँदा किम इल सुङ र उनका छोरा तत्कालीन सर्वोच्च नेता किम जोङ इलको सालिक भएको मन्सुदे ग्य्राण्ड मोनुमेन्टमा गएर अनिवार्य चढाउनुपर्छ ।

विदेशीहरू तोकिएको होटलमा बस्नुपर्छ । हामीलाई कोर्यो होटेलमा बसाउँथ्यो । दिनको दुई सय अमेरिकी डलर तिर्दा पनि जाडोमा हिटर नभएर रातभरि थरथर काँप्दै सुत्नुपरेको थियो एकपटक । पछि त्यहाँ लामो समय बिताएको विदेशीमार्फत थाहा पाएअनुसार कोरियन इन्टेरनेसनल सेन्टर नाम गरेको एउटा अलि सस्तो होटलमा बस्नेगर्थें । यहाँ दिनको सय डलर तिर्नुपथ्र्यो । यो होटल कोरियाको सबैभन्दा अग्लो १०३ तल्ले पिरामिड आकारको भवन नजिक छ । धेरै वर्ष लगाएर बाहिरी निर्माण सकिए पनि अधुरै भएकोले विदेशीहरूले होटल अफ डुम नामकरण गरेका थिए । अर्को विदेशीहरू बस्ने होटल याङ गाग्दो होटेल हो । प्योङयाङको तेदोङ नदीको टापुमा अवस्थित होटेलमा विदेशीहरूका लागि क्यासिनो खोलिएको छ ।

सबै होटलहरूमा राम्रो रेस्टुरेन्ट छन् । हाम्रो विदेशी मुद्रा साट्दा नीलो रङ्गको कोरियाई वोनको नोट दिने गर्दछन् । यसको मूल्य देशभित्र चलाइने बैजनी रङको भाउभन्दा निकै उच्च छ । त्यहाँ बस्दा खाँदा, ट्याक्सको किराया तिर्न त्यही पैसा चलाउनुपर्छ । यो पैसा आमकोरियाई नागरिकको पहुँचभन्दा बाहिर छ तर ती उच्चकोटीको रेस्टुराँहरू जहाँ आयातीत पेय पदार्थदेखि खानेकुरा पाइन्छ । कोरियाली महिला पुरुषहरू पनि त्यो नीलो रङको नोट खर्चेर खाएको देखेको थिएँ । सायद उनीहरू उच्चपदासिन थिए होलान् ।

यो नामको अर्थ रहस्यमयी बासना आउने पर्वत हो । प्योङ्याङदेखि १५० पूर्व दिशामा पर्दछ । त्यहाँ भएको पाँच प्रसिद्ध पर्वतमध्ये एक हो । माथि चढ्न तीनवटा पदयात्रा मार्ग रहेछन् । उकालोमा निर्मल पानी बगिरहेको खोला र झर्ना रमाइलो ठाउँ रहेछ ।

म जाडो गर्मी दुवै याममा गएको छु । प्रत्येक पटक जाँदा कोरियाली कम्पनीका पदाधिकारीलाई खाना खुवानुपथ्र्यो । मलाई त्यहाँको बुल्गोगी भन्ने कोरियाली बारबाक्यु खुब मनपथ्र्यो । विभिन्न थरिका खाना र विदेशी बियर रक्सी खाएर पनि कोल्ड नुडुल्स खानैपर्ने रहेछ त्यहाँका मानिसलाई । मलाई पनि विस्तारै मन पर्न थाल्यो । प्योङयाङ कोल्ड नुडुल्स त दक्षिण कोरियालीहरूलाई एकदमै मन पर्ने परिकार रहेछ । गीत गाउने बारहरू पनि थिए । त्यहाँ राम्रा-राम्रा युवतीहरू हुन्थे । तिनीहरू ग्राहकसँग गीत गाउने र रक्सी पनि खानेगर्थे । त्यो कुरो चीनमा १९७९ सम्म देखिँदैनथ्यो ।

प्योङयाङ शहरमा ठूल्ठूलो घरहरू फराकिला सडक छन् । उच्च अधिकारी चढ्ने होलान् काला रंगका मर्सिडिज गाडी पनि निकै देखिन्थ्यो । भूमिगत रेल छ । त्यो चिनियाँँहरूले बनाइदिएका रे । भनाइअनुसार किम इल सुङ्ग चीन भ्रमणमा जाँदा पैचिङ्गको भूमिगत रेल देखाएछन् । त्यो देखेपछि उनको देशमा पनि बनाइदिन मनेछन् । त्यो जिद्दीको सामु केही नलागेर चिनियाँहरूले बनाइदिएको रे । शहरको बीचबाट बगेको तेदोङ नदी करिब-करिब हाम्रो नारायणी जतिकै ठूलो र फराकिलो छ । यो नदी पित सागरमा गएर मिसिएको ठाउँ नाम्फु बन्दरगाह हो ।
कोरियाको आयात निर्यात यहाँबाट हुने गर्छ । हाम्रो लुगा बनाउने कारखाना यतापट्टि पनि भएकाले जानुपथ्र्यो । प्योङ्याङबाट निस्केपछि यातायातको दूरावस्ता देख्न पाइन्छ । देखिएका केही गाडी पनि युद्धका बेलाका थोत्रा ट्रकहरू । बाटो बाटोमा बिग्रिएर रोकिएको देखिन्थ्यो । ट्याक्सीको भाडा निकै महँगो हुन्थ्यो तर नतिरी सुख थिएन । एकपल्ट नाम्फुतिरको कारखाना जाँदा बन्दरगाह गएको थिएँ र समुद्रमा पौडी खेलेको थिएँ एक्लै । नाम्फु बन्दरगाह प्योङ्याङदेखि ५५ किलोमिटर दक्षिण पश्चिममा पर्दछ ।

किम ईल सुङको ७०औं जन्म जयन्ती मनाउन दुईवटा ठुल्ठूलो स्मारक बनाएका रहेछन् । एउटा नदीपारि किनारामा १७० मिटर अग्लो जुचे टावर र विजय गेट । झलक्क हेर्दा पेरिसको विजयद्वार जस्तो । त्यो गेट पेरिसको विजय गेटपछि संसारकै दोस्रो अग्लो गेट हो रे । कठयांग्र्रिने जाडोमा कामदारहरूले काम गरेको देख्दा दया लागेर आउँथ्यो । त्यस्तो देख्दादेख्दै चाँडो डेलिबरी देऊ भन्न गाह्रो लाग्थ्यो । त्यसमा पनि गुणस्तरमा यो भएन त्यो भएन भनेर राम्रो गर्न भनेर त्यहाँका प्रबन्धकहरूलाई दबबा दिनुपथ्र्यो । नाकाबन्दी र कहिले खडेरी कहिले बाढीले गर्दा खाद्यान्नको अभावले गर्दा मजदुर बेलाबेला अनुस्पथित हुने कुरा चाल पाएपछि हामीले हाम्रो लुगा बनाउने कारखानाका मजदुरलाई अन्न दिने कुरा गर्दा मकै, खानेतेल र चिनी माग्थे । दिएको चिज उनीहरूमा पुगे नपुगेको थाहा हुँदैनथ्यो । हामीले धेरै पटक हाम्रो रोहबरमा बाँड्ने माग राख्यौं सफल हुन सकिएन ।

कम्पनीको काममा गएका बेला घुमफिर गर्न अनुकूल मिल्दैन तर एक पटक उनीहरूले उत्तर कोरियाको पश्चिम तटस्थित म्योहृयाङ सान घुमाउन लाने प्रस्ताव राखे । यो नामको अर्थ रहस्यमयी बासना आउने पर्वत हो । प्योङ्याङदेखि १५० पूर्व दिशामा पर्दछ । त्यहाँ भएको पाँच प्रसिद्ध पर्वतमध्ये एक हो । माथि चढ्न तीनवटा पदयात्रा मार्ग रहेछन् । उकालोमा निर्मल पानी बगिरहेको खोला र झर्ना रमाइलो ठाउँ रहेछ । म धेरै माथिसम्म पुगेँ । तल उत्रेपछि खोलाको किनारामा कोरियाली बारबाक्यु गरेर रात्रि भोजन गर्‍यौ । त्यो पर्वत चढ्न जानुअघि बाटोमा त्यही पर्वतको फेदमा भएको अन्तर्राष्ट्रिय मैत्री प्रदर्शनी केन्द्र घुमाउन लागेका थिए । त्यहाँ कोरियाली शैलीमा बनेका दुईवटा महल रहेछन् । ठूलो महल किम इल सुङलाई विदेशी नेताले, विदेशी नागरिकले दिएका किसिम किसिमका उपहार संकलन गरेर राखिएको संग्रहालय रहेछ । त्यसमा दक्षिण कोरियाका ठुल्ठूला कम्पनीका मालिकले दिएको कारदेखि नेपालको तत्कालीन नेपाल पत्रकार संघका अध्यक्ष मञ्जुरत्न शाक्यले दिएको उपहार राखिएको रहेछ ।

अर्को अलि सानो किम जोङ इललाई दिएको उपहारहरूको संग्रहालय रहेछ । त्यहाँ अथ्र्याइँदा ती बाबुछोरा संसारका अति आदरणीय र पूजनीय भएकोले चढाएको भनिँदो रहेछ । त्यो देखेपछि उत्तर कोरियामा ती बाबुछोरालाई कतिसम्म व्यक्तिपूजा गरिँदो भन्ने लाग्यो । भोलिपल्ट दिउँसो प्योङयाङ फर्कँदा प्रतिव्यक्ति अमेरिकी दुई सय डलर माग्दा हामी जिल्ल प¥यौं । उत्तर कोरिया रहस्यमयी र अरूभन्दा भिन्न लाग्यो । संघाई, चीन

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?