✍️ कलानिधि दाहाल
अठ्ठाइस बिते वर्ष बेला बैँसालुको वय
चकाचौध बनेको छ यो प्रजातन्त्रआलय !
मानवता उचालेर चुमेका हिमका चुली
गुलाफी भित्र बासना अग्लिएर रहुन् फुली !!
आस्था अटल यो अग्लोस् सधैँ बनी धरोहर
बगैँचाझैँ फुलुन् नित्य जनमन मनोहर !
हिटा ! पर्वतझैँ गाढा शिरमाथि फुली रहोस्
दिई शीतल सौजन्य समुद्रझैँ डुली रहोस् !!
अक्षरका लिई चेत छाल छल्छल छल्किऊन्
प्रजातन्त्र सधैँ आफ्नै मुटुमा मुटु टल्किउन्
हुरीमा नढलून् आस्था भित्री अगाध चाहना
खडेरी शीतमा ओर्ल सुम्पेँ यो शुभकामना !!
(बरिष्ठ कवि दाहाल आख्यानकार तथा चर्चित साहित्यकार हुनुहुन्छ ।)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच