दरबाङ । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६ दुखुबेसीमा रु ४० लाखको लागतमा खेलमैदान निर्माण गरिएको छ ।
स्थानिय मितेरी युवा क्लवको पहलमा निर्माण गरिएको उक्त खेल मैदानको नवनिर्मित एक समारोहका बिच मंगलवार मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले उद्घाटन गर्नुभएको छ ।
मालिका गाउँपालिका र गण्डकी प्रदेश सरकारको समन्वयमा खेलमैदान निर्माण भएको हो ।
खेलमैदानको अभावका कारण स्थानीय सती आधारभुत विद्यालयमा खेल खेल्ने गरिएकोमा अब ब्यवस्थित खेलमैदान निर्माण भएपछि स्थानीय खेलप्रेमी उत्साहित भएका मितेरी क्लवका अध्यक्ष हिमाल गुरुङले बताउनुभयो ।
खेलमैदानको उद्घाटन गदैं गाउँपालिका अध्यक्ष गर्बुजाले खेलमैदानको पूर्णताका लागि गाउँपालिकाले सहयोग गर्ने बताउनुभयो । उहाँले एक वडा, एक खेलमैदानको ब्यवस्ता गर्ने गाउँपालिकाको योजना रहेको बताउनुभयो ।
खेलमैदान उद्घाटन कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी, पूर्व वडा अध्यक्ष सन्तनाथ सुबेदीले मन्तब्य राख्नु्भएको थियो । खेलकुद, सामाजिक एवम् विकास निर्माणको क्षेत्रमा सक्रिय रहेको क्लवले आयोजना गरेको ५ औं मितेरी कप समेत सुरु भएको छ ।
कपमा महिला, पुरुष भलिबल, महिला, पुरुष फुटबल, पौैड भलिबल, ताराखेल लगायतका खेल सञ्चालन भइरहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच