सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ सकियो, फैसलाको तयारी

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा दुवै तर्फको बहस सकिएको छ ।

काठमाडौं जिल्ला अदालतमा भएको सुनुवाइमा प्रतिवादीतर्फको बहसपछि आज वादी पक्षबाट जवाफी बहस भएको थियो । साथै इजलासमा पीडित गौशाला २६ आफैं उपस्थित भएर आफ्ना धारणा समेत राखेकी थिइन् । न्यायाधीश समक्ष उनले बोल्नका लागि समय मागेकी थिइन् ।

उक्त मुद्दा न्यायाधीश शिशिरराज ढकालको बेन्चमा सुनुवाई भएको हो। बहस सकिएपछि न्यायाधीस फैसलाको तयारीमा जुट्नु भएको स्रोतले बतायो ।

यसअघि, नाबालिक बलात्कार मुद्दाको थुनछेक बहसका काठमाडौँले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो भने उच्च अदालत पाटनले रु २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।

सर्वोच्च अदालतले लामिछानेलाई विदेशका प्रतियोगितामा भाग लिन जान पाउने आदेश गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?