सप्तरीका स्थानीय तहको साढे ४ अर्ब बढी बेरुजु रकमको असुल गर्न भएन पहल

अनिल पोखरेल सप्तरी, संवाददाता
Read Time = 10 mins

राजविराज । सप्तरीका १८ वटै पालिकामा ४ अरब भन्दा बढी बेरुजु असुल गर्न बाँकी रहेको पाइएको छ ।

पालिकाले विभिन्न योजना तथा कार्यक्रम सञ्चालन गर्ने उपभोक्ता समिति, फर्म तथा व्यक्तिहरूबाट उक्त बेरुजु रकम चार अर्ब ६३ कारोड ३५ लाख ३४ हजार ४ सय ७६ रुपैयाँ असुल गर्नुपर्ने पाइएको देखिएको महालेखा परीक्षकको प्रतिवेदन २०७९ ले देखाएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८४ मा बेरुजु फछर्यौट गर्ने व्यवस्था छ । सोही ऐनको दफा ८४ ९२० (घ) बमोजिम बेरुजु फछर्यौट गर्ने गराउने कर्तव्य प्रमुख प्रशासकीय अधिकृतको हुने व्यवस्था भएपनि कुनैपनि प्रमुख प्रशासकीय अधिकृतले बेरुजु असुल गर्ने तर्फ तदारुकता नदेखाएको महालेखाको प्रतिवेदनले पुष्टि गरेको छ ।

महालेखा परीक्षकको कार्यालयको प्रारम्भिक लेखापरीक्षण प्रतिवेदन ०७९ अनुसार सबैभन्दा बढी राजविराज नगरपालिकाको ६५ करोड १५ लाख ४ हजार रुपैयाँ बेरुजु छ । साथै दोस्रोमा कञ्चनरूप नगरपालिका रु ४८ करोड ३७ लाख ५८ हजार रुपैयाँ महालेखा परीक्षकको कार्यालयले बेरुजु देखाएको छ ।

धेरैजसो बेरुजु देखिएको रकमको शीर्षकमा प्रमाण कागजात पेस नगरेको, पेस्की बाँकी, असुल गर्नुपर्ने र नियमित गर्नुपर्ने लगायत छन् ।

राजविराज नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ सम्ममा विभिन्न शीर्षकमा गरि ६ करोड ९९ लाख ५६ हजार १ सय ५६ रुपैयाँ बेरुजु भएको महालेखा परीक्षकको प्रतिवेदन २०७९ ले ठहर गरेको छ ।

विगतका वर्षहरूको अद्यावधिक रकम सहित यस २०७८/०७९ सम्ममा ६५ करोड १५ लाख ४ हजार रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

कञ्चनरूप नगरपालिकामा विगतका वर्षहरूको अद्यावधिक रकम सहित यस २०७८÷०७९ सम्ममा ४८ करोड ३७ लाख ५८ हजार रहेको महालेखाको प्रतिवेदनले देखाएको । २०७८/०७९मा मात्रै लेखा परीक्षण बाट ३ करोड २७ लाख ९३ हजार बेरुजु देखिएको उल्लेख छ ।

त्यस्तै सप्तकोसी नगरपालिका २०७८/०७९मा लेखापरीक्षणबाट १ करोड ७४ लाख ८२ हजार बेरुजु देखिएको छ । हालसम्मको अद्यावधिक बेरुजु रकम १२ करोड ९५ लाख ५२ हजार महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

यता हनुमाननगर कंकालिनी नगरपालिका २०७८/०७९मा २ करोड ९३ लाख ८ हजार बेरुजु देखिएको छ । यो वर्ष सम्म अद्यावधिक बेरुजु १९ करोड २४ लाख २६ पुगको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

यसै गरी शम्भुनाथ नगरपालिकामा लेखा परीक्षणबाट रु ६ करोड ७३ लाख ६३ हजार बेरुजु रहेको उल्लेख छ । हालसम्मको अद्यावधिक बेरुजु ४४ करोड ७९ लाख ६५ हजार रहेको महालेखाले जनाएको छ ।

यसै गरी सुरुङ्गा नगरपालिकामा बेरुजु रकम रु ३ करोड ६२ लाख ८७ हजार लेखापरीक्षणबाट देखिएको छ । प्रत्येक वर्षको बेरुजु अद्यावधिक हुँदै १२ करोड ८७ लाख ७४ हजार पुगेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

खडक नगरपालिकाको लेखा परीक्षण प्रतिवेदन केलाउँदा रु ६ करोड ४३ लाख ५७ हजार बेरुजु देखिएको छ भने हाल सम्म अद्यावधिक हुँदै आउँदा २३ करोड २ लाख २३ हजार बेरुजु भएको उल्लेख छ ।

यता डाक्नेश्वरी नगरपालिकाको लेखापरीक्षणबाट रु ७ करोड १८ लाख ६ हजार बेरुजु देखिएको छ । हाल सम्म अद्यावधिक हुँदै आउँदा ३४ करोड १३ लाख १३ हजार पुगेको उल्लेख छ ।

यसै गरी बोदेबरसाईन नगरपालिकाको लेखा परीक्षण केलाउँदा ८ करोड ५३ लाख ७३ हजार बेरुजु देखिएको छ । हाल सम्म अद्यावधिक भएको वेरुजु रकम २७ करोड १८ लाख २१ हजार रहेको छ ।

यर्सै गरी तिरहुत गाउँपालिका पनि ४ करोड ८३ लाख २४ हजार बेरुजु देखिएको देखिएको छ भने विगत वर्ष देखी हाल सम्म अद्यावधिक भएको बेरुजु रकम २६ करोड २३ लाख ४७ हजार रहेको लेखा परीक्षण उल्लेख छ ।

यता तिलाठी कोईलाडी गाउँपालिकामा ११ करोड २९ लाख ५६ हजार बेरुजु देखिएको छ भने हालसम्मको अद्यावधिक बेरुजु ३७ करोड २ लाख २४ हजार रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।
रुपनी गाउँपालिकाको लेखा परीक्षणले २ करोड ७७ लाख ८६ हजार बेरुजु देखिएको छ भने हालसम्मको अद्यावधिक बेरुजु १४ करोड ७६ लाख ८ हजार रहेको छ ।

यसै गरी राजगढ गाउँपालिकाको लेखापरीक्षणले देखाएको बेरुजु रकम रू ८ करोड ७६ लाख ९० हजार रहेको छ । हाल सम्मको अद्यावधिक गर्दा ३६ करोड २२ लाख २९ हजार बेरुजु पुगेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

महादेवा गाउँपालिकामा ३ करोड २८ लाख ४६ हजार बेरुजु देखिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ भने विगत देखी हालसम्मको अद्यावधिक गर्दा १५ करोड ९१ लाख ९५ हजार बेरुजु पुगेको प्रतिवेदनले देखाएको छ ।

यता छिन्नमस्ता गाउँपालिकामा पनि लेखापरीक्षण प्रतिवेदनका अनुसार ५ करोड ८३ लाख ३९ हजार बेरुजु देखिएको छ । साथै हाल सम्मको अद्यावधि बेरुजु २७ करोड ४५ लाख ७ हजार रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

विष्णुपुर गाउँपालिकाको लेखापरीक्षणबाट ५ करोड ३९ लाख ६६ हजार बेरुजु खेदिएका छ भने प्रत्येक वर्ष बेरुजु बढ्दै गएर हालसम्मको अद्यावधिक गर्दा २८ करोड ९१ हजार रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

बलान बिहुल गाउँपालिकामा पनि १४ करोड १७ लाख ७९ हजार बेरुजु रकम देखिएको छ भने हाल सम्मको अद्यावधिक बेरुजु ७ करोड ४७ लाख ८८ हजार रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

अग्नीसाइर कृष्णासिरन गाउँपालिकाको आर्थिक बर्ष २०७८/०७९ सम्म मा मात्र विभिन्न शीर्षकमा गरि ४ करोड २८ लाख २८ हजार बेरुजु ठहर गरेको महालेखा परीक्षकको प्रतिवेदन २०७९ मा उल्लेख छ भने हाल सम्मको अद्यावधिक बेरुजु २२ करोड ६ लाख ३५ हजार रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

फछर्यौट गर्न बाँकी रहेको सम्पूर्ण रकम असुल फछर्यौट गर्नुपर्ने महालेखा परीक्षकको कार्यालयले लेखापरीक्षणको प्रारम्भिक प्रतिवेदनमा उल्लेख गरेको छ ।

सप्तरीको स्थानिय तह                       हाल सम्मको अद्यावधिक बेरुजु

राजविराज नगरपालिका                            ६५ करोड १५ लाख ४ हजार
कञ्चनरूप नगरपालिका                           ४८ करोड ३७ लाख ५८ हजार
हनुमाननगर कंकालिनी                            १९ करोड २४ लाख २६ हजार
खडक नगरपालिकाका                             २३ करोड २ लाख २३ हजार
बोदेबरसाईन नगरपालिका                         २७ करोड १८ लाख २१ हजार
शम्भुनाथ नगरपालिका                               ४४ करोड ७९ लाख ६५ हजार
सप्तकोसी नगरपालिका                             १२ करोड ९५ लाख ५२ हजार

सुरुङ्गा नगरपालिकामा                                १२ करोड ८७ लाख ७४ हजार
डाक्नेश्वरी नगरपालिका                               ३४ करोड १३ लाख १३ हजार
तिलाठी कोईलाडी गाउँपालिका                   ३७ करोड २ लाख २४ हजार
तिरहुत गाउँपालिका                                    २६ करोड २३ लाख ४७ हजार
रुपनी गाउँपालिका                                      १४ करोड ७६ लाख ८ हजार
राजगढ गाउँपालिका                                  ३६ करोड २२ लाख २९ हजार
महादेवा गाउँपालिका                                 १५ करोड ९१ लाख ९५ हजार
छिन्नमस्ता गाउँपालिका                             २७ करोड ४५ लाख ७ हजार
विष्णुपुर गाउँपालिका                                 २८ करोड ९१ हजार
बलान बिहुल गाउँपालिका                         ७ करोड ४७ लाख ८८ हजार
अग्नीसाइर कृष्णासिरन गाउँपालिका            २२ करोड ६ लाख ३५ हजार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?