✍️ नरेन्द्रमान श्रेष्ठ
मंसिर ७ गतेपछि गणतन्त्रको अन्त्य र राजसंस्थाको पुनस्र्थापना हुन्छ भनेर बढी तामझामका साथ दुर्गा प्रसाईले आफ्नो नेतृतवमा गरेको आन्दोलन मत्थर भएको छ । आन्दोलनमा आएकाहरू भोलिपल्ट नै फर्किएका छन् । विभिन्न गाउँ-ठाउँबाट आएका ल्याइएका आन्दोलनकारीहरू पनि कति सोझा-सिधा । दुर्गा प्रसाईले आन्दोलनमा आए बैंकबाट लिएको ऋण मिनाहा गरिदिन्छु । भनेकाले आएको भनेर केही आन्दोलनकारीहरूले बताएको सुनियो । कतिपयलेत आपूmले लिएको ऋणको कागजपत्र समेत लिएर आएको रहेछ ऋण मिनाहा हुन्छ भनेर तर पनि गणतन्त्रको अन्त्य राजतन्त्रको पुनस्र्थापना भनेर गरेको आन्दोलन हात्ती आयो हात्ती फुस्सा भयोभन्दा फरक नपर्ला ।
प्रसाईको आन्दोलनलाई न बिग मिडियाहरूले साथ दिए न राजनीतिक विश्लेषकहरूले नै सहयोग गरे । आन्दोलनलाई न आमनागरिकहरूले साथ दिए न उपत्यकाका रैथानेहरूले साथ दिए न राजनीतिक दलहरूले नै साथ दिए । तर, प्रसाईको आन्दोलनमा राप्रपाको प्र्रवक्ता ज्ञानेन्द्र शाहीले भने आन्दोलनमा गएर भाषणबाजीसमेत गरे । त्यसो त ज्ञानेन्द्र शाहीको काम भनेकै भाषणबाजीमात्र गर्ने हो भनेर पनि मानिसहरूले भन्ने गरेका छन् । राजसंस्था फर्काउने आन्दोलन भनेर भने पनि प्रसाईको आन्दोलनमा राप्रपा दलको समर्थन चाहिँ रहेन । त्यसो त राप्रपामा तीन धार देखिएको थियो ।
राप्रपाको उपाध्यक्ष रवीन्द्र मिश्रको नैतिक समर्थन रहृयो भने प्रवक्ताको भने प्रत्यक्ष संग्लनता रहेको थियो ।
राप्रपा सुरुदेखि नै राजावादी दल हो । विगतमा कमल थापाले नेतृत्व गरिरहँदा पनि राप्रपा राजावादी पार्टी हो । उनले पनि हिन्दु राज्य, राजासहितको प्रजातन्त्र माग्दै आइरहेका थियो । अहिले पनि राप्रपाले त्यस धारलाई छाडेका छैनन् ।
आन्दोलनमा राप्रपाको साथ नरहने तर पार्टीको प्रवक्ता गएर भाषण गरेको भनेर राप्रपाको आलोचनासमेत भएको थियो । कतिले नैतिकताको आवाज उठाएर पनि प्रश्न गरेका छन् । स्वयं पार्टीको अध्यक्षले दुर्गा प्रसाईलाई फटाहा मान्ने गरेका छन् । बैंकको ऋण तिर्नुपर्दैन भनेकोमा राप्रपाको अध्यक्षको असहमति देखिन्छ तर पार्टीको समर्थन नरहेको आन्दोलनमा पार्टीका प्रवक्ता आन्दोलमै गएर भाषण गर्न ठीक हो त ?
त्यसो त राप्रपा सुरुदेखि नै राजावादी दल हो । विगतमा कमल थापाले नेतृत्व गरिरहँदा पनि राप्रपा राजावादी पार्टी हो । उनले पनि हिन्दु राज्य, राजासहितको प्रजातन्त्र माग्दै आइरहेका थियो । अहिले पनि राप्रपाले त्यस धारलाई छाडेका छैनन् । ज्ञानेन्द्र शाहीले अवस्था व्यवस्था सरकार र प्रचण्डलाई मात्र सराप्ने गाली गर्ने गरिरहेका छन् । राप्रपा र ज्ञानेन्द्र शाहीको एजेण्डा एउटै हुनुपर्ने होइन र तर एउटै पार्टीको सदस्य भएर ज्ञानेन्द्र शाहीले प्रसाईको आन्दोलनमा सहभागीसमेत भएका थिए । विगतको पञ्चायती व्यवस्थाको जस्तो राजाको प्रत्यक्ष साशन हो कि संवैधानिक राजतन्त्र वा आलंकारिक राजा ।
मानौँ राजसंस्था पुनस्र्थापना भयो रे राजा कसलाई बनाउने त ज्ञानेन्द्र शाहलाई ? अनि ज्ञानेन्द्र शाहपछि पारस शाहलाई ? के पारश शाहलाई आमनागरिकहरूले राजा स्वीर्काछन् त ? के पारश शाह राजा बन्न लायकका छन् त ? योग्य छन् त ? हो सेरेमोनियल राजा संवैधानिक राजतन्त्र फर्किए पनि सरकार चलाउने दलहरू त यिनीहरूले नै होला । विद्यमान दलहरूको नै नेतृत्वमा सरकार बन्छ होला । नेताहरू यिनीहरू नै होलान् ।
यस कारणले पनि ज्ञानेन्द्र शाहीले अवस्था र व्यवस्था परिवर्तन गर्ने होइन कि अवस्थालाई परिवर्तन गर्नुपर्छ । विभिन्न राजनीतिक दलहरूको नेतृत्व गरिरहेका नेताहरूलाई परिवर्तन गर्नुपर्छ भ्रष्ट नेताहरूलाई परिवर्तन गर्नुपर्छ भ्रष्टाचार अनिमियता अराजकता भ्रष्ट कर्मचारीतन्त्रलाई परिवर्तन गर्नुपर्छ । त्यसो त देशमा भइरहेको भ्रष्टाचार, अनियमितता, विकृति, विसंगतिको कारणले विभिन्न रानीतिक दलहरू र नेताहरूप्रति आमनागरिकहरूको वितृष्णा बढिरहेको छ, व्यवस्थाप्रति होइन । यस कारणले व्यवस्था होइन अवस्थालाई पविर्तन गर्नुपर्छ । के स्वयं जनताले फालेका राजालाई फेरि जनताहरूले स्वीकार्छन् त ? के यो सम्भव छ ?
के शाही र प्रसाईले चाहँदैमा राजसंस्था फर्कन्छ त ? प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रमा दलहरूको महत्व रहेको हुन्छ । अनि के प्रसाईले राजतन्त्र फर्काउन सक्छन् त ? प्रसाईले आमनागरिकहरूको सोझोपनबाट फाइदा लिने प्रयास गरिरहेका छन्, भ्रम फैलाइरहेका छन् । बैंकहरू र माडवारी समुदायलाई गाली गरिरहेका दुर्गा प्रसाईले पछिल्लो समयमा रास्वपाकी सांसद डा.तोसिमा कार्कीलाई समेत निशाना बनाइरहेका छन् । तोसिमा कार्कीले मेडिकल कलेज खोल्न नदिएकाले पछिल्लो समयमा नेपालीहरूले नर्सिङ पढ्नका लागि बाहिर जानुपरिहको छ भनेर डा.तोसिमा कार्कीलाई समेत गाली गरिरहेका छन् ।
आमनागरिकले प्रसाईलाई मुखमा जे आयो त्यही बोल्ने व्यक्तिका रूपमा चित्रण गरिरहेका छन् । कहिले मंसिर ७ गतेपछि र कहिले पुसमा रातन्त्र फर्कन्छ भनेका छन्, कहिले फागुन १ गते वसन्तपुरमा ज्ञानेन्द्र शाहले दियो बालेर हिन्दु राष्ट्र र राजसंस्था फर्काउने भनिरहेका छन् । कहिले गणतन्त्रको अन्त्य भएको भोलिपल्ट नै आमनागरिकहरूले लिइराखेको ऋणबाट मुक्त गरिदिन्छु भनेको छ, कहिले आफू दोस्रो शंखधर साख्वा बन्छु भनेका छन् । पछिल्लो समयमा ज्ञानेन्द्र शाह परिवार आमनागरिक सरह आनन्दले जीवन बिताइरहेको छ । ज्ञानेन्द्र शाह कहिँ कतै गए पनि पूर्वराजा भनेर आमनागरिकहरूले मानसम्मान दिने गरेका छन् ।
त्यसो त आमनागरिकको चाहनानुसार नै उहाँले राजगद्दी त्याग्नुभएको हो नि ! के त अब फेरि ज्ञानेन्द्र शाहलाई राजा बन्ने इच्छा जागेको हो त ? कि शाही र प्रसाईहरूले उक्साएको हो ? प्रसाईले कसको आडमा राजसंस्था फर्काउँछु र ज्ञानेन्द्र शाहलाई नारायणहिटी दरबारमा फर्काउँछु भनेर लागिपरेका हुन् ? केही व्यक्तिले चाहँदैमा राजसंस्था फर्कन्छ त ? यदि देश र जनताका लागि काम गर्ने हो भने राजसंस्था नै किन चाहियो र लोकतान्त्रिक व्यवस्थामा गर्न सकिँदैन र ?
लोकतान्त्रिक व्यवस्था उत्कृष्ट व्यवस्था होइन र आफू सांसद भएर देश र जनताका लागि काम नगर्ने राजसंस्थालाई फर्काउँछु भनेर लागेरमात्र हुन्छ त ? ज्ञानेन्द्र शाहीजस्ता व्यक्तिहरूलाई प्रतिनिधिसभामा पठाएको देश र जनताका लागि काम गर्न हो, देश र जनताका लागि उपयुक्त अनुकूल नीतिनियम बनाउनका लागि हो आममतदाताहरूले जुन उद्देश्यका लागि पठाएको हो त्यसलाई बाइपास गरेर अवस्था र व्यवस्था परिवर्तन गर्ने राजसंस्थालाई फर्काउने भनेर व्यवस्था र सरकारलाई मात्र सराप्ने गरिरहेको छ भन्दा पनि फरक नपर्ला ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच