ललितपुर । नेपाल राष्ट्रिय पाटी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघले पाटी प्यालेस र क्याटरिङ व्यवसाय सञ्चालनमा अवरोध पुर्याउने ऐन कानुनमा सुधारको माग गरेको छ । बिहीबार ललितपुरमा आयोजित महासंघको सातौं वार्षिक साधारणसभा तथा दोस्रो महाधिवेशन उद्घाटन सत्रमा सम्बद्ध व्यवसायीहरुले यस्तो माग गरेका हुन् । अर्थतन्त्र चलायमान बनाउन पनि उक्त सुधार आवश्यक रहेको उनीहरुको भनाइ थियो ।
साधारणसभा उद्घाटन गर्दै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले पाटी प्यालेस व्यवसायसँग सम्बन्धित ऐन, नियम पुनरावलोकन गर्न सरकार तयार रहेको बताउनुभयो । करोडौं लगानी गरेर सञ्चालित व्यवसायको उत्थानका लागि सोही अनुरूप कानुन बनाइने उहाँ प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।
महासंघका अध्यक्ष लीलाबहादुर जिसीले पाटी प्यालेस व्यवसायलाई निर्देशित गर्ने ऐनको खाँचो रहेको भन्दै सो सम्बन्धिको पूर्वाधार, लगानी, रोजगारी, सेवाप्रवाहको आधारमा पाटी प्यालेसको वर्गीकरण गर्नुपर्नेमा जोड दिनुभयो । सामाजिक व्यवहार सुधार ऐन २०३३ पाटी प्यालेसको मुख्य बाधक रहेको उहाँको भनाइ थियो । महासंघका महासचिव उत्तमप्रकाश शर्माले खासगरी पार्टी प्यालेस कृषिजन्य उत्पादनमा आधारित रहेकाले कृषिलाई प्रवद्र्धन गर्ने नीति ल्याउनुपर्ने बताउनुभयो ।
व्यवसायीले घरजग्गा भाडामा लिएर व्यवसाय सञ्चालन गर्दै आएकोमा घरजग्गाको कर पनि व्यवसायीलाई तिर्न लगाउने र सम्झौता अवधि सकिनुअघि विभिन्न बहानामा भाडामा अत्यधिक वृद्धि गर्ने जस्ता समस्याबाट पनि व्यवसायी मर्कामा परेको महासचिव शर्माले गुनासो गर्नुभयो । ललितपुर चेम्बर अफ कमर्शका अध्यक्ष पुष्परत्न शाक्यले व्यवसायीबीच एकता र समन्वय बलियो बनाउँदै लैजानुपर्ने बताउनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच